१४ असार २०८१ शुक्रबार
image/svg+xml

हेलमेट नलगाई ३/३ जना चढेको दुई मोटरसाइकल आपसमा जुध्दा...

सर्लाहीस्थित छुट्टाछुट्टै सवारी दुर्घटनामा तीन जनाको मृत्यु भएको छ भने चार जना घाइते भएका छन्। हरिपुर नगरपालिका–७, चिताईनमा बुधबार राती दुइटा मोटरसाइकल आपसमा जुध्दा दुबै चालकको मृत्यु भएको छ।

मोटरसाइकल दुर्घटनामा वडाध्यक्ष गम्भीर घाइते

बैतडीको पुर्चौडी नगरपालिका वडा नं.४, भटनाका वडाध्यक्ष एवम् नगरपालिकाका प्रवक्ता गौतमप्रसाद भट्ट मोटरसाइकल दुर्घटनामा परी गम्भीर घाइते भएका छन्। बुधबार साँझ नगरपालिकाबाट घर जाने क्रममा  मोटरसाइकल दुर्घटना भएको प्रहरीले जनाएको छ।

दुईवटा मोटरसाइकल एक आपसमा ठोक्किँदा दुबै चालकको मृत्यु

दुबै मोटरसाईकलमा तीनतीनजना चढेको र तीब्र गति रहेकाले दुर्घटना भएको अनुमान गरिएको छ।

विपद्मा गरिने उद्धार कला प्रदर्शन

२०६९ सालमा बंगलादेशमा तालिम लिएका २५ जनामध्ये सशस्त्र प्रहरीमा अहिले १९ जना गोताखोर रहेका छन्।

आप्रवासी चढेको डुंगा दुर्घटना, ३० जना बेपत्ता

भेनेजुएलाको कुराकाओमा डुंगा दुर्घटना हुँदा त्यसमा सवार कम्तीमा ३० जना भेनेजुएली आप्रवासी बेपत्ता भएका छन् । पारिवारिक स्रोत उद्धृत गर्दै एक जना सांसद लुइस स्टेफानेलीले डुंगामा ३० देखि ३५ जना सवार रहेको जानकारी दिएका छन्।उनले बेपत्ता भएका व्यक्ति परिवारको सम्पर्कमा नआएको पनि बताए।सो घटनाका बारेमा सरकारी अधिकारीले भने कुनै टिप्पणी गरेका छैनन् ।

तीर्थयात्री सवार बसमा ट्रक ठोक्कियो, दुई भारतीयको मृत्यु, २१ घाइते

रौतहटको चन्द्रपुर नगरपालिका १ स्थित मंगलपुर जंगलमा रोकिराखेको यात्रुबाहक बसलाई मालबाहक ट्रकले पछाडिबाट सोमबार राति ठक्कर दिँदा २ जना भारतीय नागरिकको मृत्यु भएको छ। दुर्घटनामा २१ जना घाइते भएको प्रहरीले जनाएको छ। ३ जनाको अवस्था गम्भीर छ।

रोकिएको बसलाई ट्रकले ठक्कर दिँदा दुई जनाको मृत्यु, २१ घाइते

घाइते मध्ये ३ जनाको विरगञ्ज र ६ जनाको चन्द्रनिगाहापुरमा उपचार भैरहेको छ।

टिपर दुर्घटनामा चालकको मृत्यु

उदयपुरको कटारीमा गए राति टिपर दुर्टटनामा परी चालकको मृत्यु भएको छ। आईतबार राति ९:३० बजे मिर्चया–कटारी–घुर्मी सिद्धिचरण लोकमार्गको कटारी नगरपालिका ११ स्थित घुर्मीबाट कटारी आउँदै गरेको टिपर दुर्घटना हुँदा चालक सुजन भण्डारीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ।

ट्रयाक्टर दुर्घटनामा २ जनाको मृत्यु, एक घाइते

जिल्लाको मरिण गाउँपालिका–२ स्थित सकौरीमा ट्रयाक्टर दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ। नम्बर प्लेट नै राख्न बाँकी रहेको अनटेष्ट ट्रयाक्टर दुर्घटना हुँदा २ जनाको ज्यान गएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

हवाई दुर्घटनामा दुई जनाको मृत्यु

संयुक्त राज्य अमेरिकाको न्युयोर्कस्थित लङ आइल्यान्डमा एउटा सानो हवाई जहाज दुर्घटना हुँदा त्यसमा सवार दुई जनाको मृत्यु भएको प्रहरीले जनाएको छ।

ट्रक दुर्घटनामा कम्तीमा १३ जनाको मृत्यु

फिलिपिन्समा भएको ट्रक दुर्घटनामा परी दुई बालबालिका सहित कम्तीमा १३ जनाको मृत्यु भएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्