२८ वैशाख २०८१ शुक्रबार
image/svg+xml

शितलहरले अँध्यारो तराई-मधेश (तस्बिरसहित)

विगत केही दिनदेखिको शितलहरका कारण मधेश लगायत तराईका जिल्लामा अध्यधिक जाडो बढेको छ।

अत्यधिक जाडो बढेपछि रौतहटका विद्यालयहरू एक साताका लागि बन्द

रौतहटका पाँच पालिकाका विद्यालय र क्याम्पस आजदेखि माघ २ गतेसम्मका लागि बन्द गरिएको छ।

कुहिरोले घेरेको तराई (तस्बिरसहित)

तराईमा पछिल्लो केहि दिनदेखि बढेको जाडोका कारण जनजीवन प्रभावित बनेको छ। पछिल्लो ३ दिनदेखि तराईका अधिकांश क्षेत्रमा शितलहर सुरु भएको हो।

शितलहरले अस्तव्यस्त बन्दै तराईको जनजीवन

लामो सयमसम्म तापक्रमको पारो घट्ने क्रम नरोकिँदा पश्चिम तराईको जनजीवन प्रभावित भएको छ।

शितलहरले हवाई उडान ठप्प

शितलहर चलेर बाक्लो हुस्सुलागेका कारण आइतबार विराटनगर विमानस्थलको हवाई सेवा ठप्प भएको छ। बाक्लो हुस्सुका कारण आइतबार विराटनगर विमानस्थलको हवाई सेवा ठप्प भएको हो।

विपन्न परिवारलाई खाद्यान्न वितरण

महागढीमाई नगरपालिका बरियारपुरले हप्ता दिनदेखि जारी शितलहरबाट पीडित बनेका विपन्न परिवारलाई शनिबार खाद्य सामाग्री वितरण गरेको छ।

शितलहर पीडितलाई युवा संघको न्यानो

युवा संघ नेपालले तराईका शितलहर पीडितलाई राहत वितरण गरेको छ। अध्यक्ष राजीव पहारी, उपाध्यक्ष चन्द्र लामासहितको नेतृत्वमा तराई आएको टोलीले शुक्रबार सिरहाको कल्याणपुरका पीडितलाई न्यानो कपडा तथा दैनिक आवश्यकीय सामग्री वितरण गरेको हो।

नेपाली सेनाद्वारा शितलहर पीडितलाई कम्बल वितरण

नेपाली सेनाको चन्दननाथ गणले शुक्रबार शितलहर पीडितहरुलाई कम्बल बितरण गरेको छ। कलैया उपमहानगरपालिका १७ मा रहेको गणले जितपुरसिमरा उपमहानगरपालिकाको बिभिन्न टोलका दुई सय जना अति बिपन्न गरिब परिवारलाई कम्बल बितरण गरेको हो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्