१ जेष्ठ २०८१ मंगलबार
image/svg+xml

अझै आएन कोरियाको जवाफ

अदालतको आदेशबारे रिसोर्स डेभलपमेन्ट सर्भिस अफ कोरिया (एचआरडी सर्भिस अफ कोरिया) बाट भने कुनै जवाफ नआएको इपिएसका अधिकारी बताउँछन्।

चालक अनुमतिपत्रको अनलाइन फारम पुनः अवरुद्ध

चालक अनुमतिपत्रको अनलाइन फारम सुरु भएको केही दिनमा नै प्राविधिक कारणले गर्दा अवरुद्ध भएको छ।

सात लाख बढीले लाइसेन्सको अनलाइन फारम भरे

यातायात व्यवस्था विभागका महानिर्देशक नमराज घिमिरे लाइसेन्सको अनलाइन आवेदन दिनेको संख्या ६/७ लाख पुगिसकेको बताउँछन्। ‘अनलाइनमा २४सै घन्टा आवदेन दिने व्यवस्था मिलाएका छौं, त्यसैले आवेदन दिनेको संख्या अत्यधिक छ,’ उनले भने, ‘आगामी जनवरीसम्मको मिति भरिएको देखिन्छ। तर हामीले सिस्टम रिभ्यू गरेर तोकिएको समयभन्दा अगावै ट्रायल गर्ने प्रयत्न गरिरहेका छौं।’

राप्रपाको सक्रिय सदस्यता फारम वितरण अभियान सुरु

राष्ट्रिय प्रजातन्त्र पार्टी केन्द्रीय कार्यसमितिले पारित गरेको कार्यतालिका अनुसार सक्रिय सदस्यता फारम वितरण अभियानअन्तर्गत आज पार्टीका अध्यक्ष कमल थापालगायत पदाधिकारीलाई फारम वितरण गरिएको छ ।

चीनको हुवेई प्रान्तबाट नेपाली फर्काउने तयारी, आइतबार ९ बजेअघि नै फारम भरिसक्न आग्रह

कोरोना भाइरसबाट अति प्रभावित चीनको हुवेई प्रान्तका नेपालीलाई स्वदेश फर्काउने तयारी गरिएको छ। बेइजिङस्थित चीनका लागि नेपाली दूतावासले शनिबार सूचना निकालेर सो जानकारी दिएको हो।

२७ वर्ष अघि गुमेको चौरीफारम पाउँदा स्थानीय दंग

पशुपालन व्यवसायलाई प्रवद्र्दन गरि स्थानीयको आयस्रोतमा बृद्दि गर्ने उद्देश्यले डोल्पामा पुन चौरीफारम स्थापना गरिन थालिएपछि स्थानीयमा खुशियाली छाएको छ। चौरी प्रजनन् चौरीको दुध, चीज तथा ऊन उत्पादन गरि समुदायलाई रोजगारी सृजना गर्ने गरि २०३५सालमा डोल्पाको बलाङग्रमा चौरीफारम स्थापना गरिएको थियो। तर स्थानीय राजनीतिक स्वार्थका कारण २०४९ सालमा तत्कालिन जिल्ला विकास समितिका सभापति ओमबहादुर बुढाको कार्यकालमा चौरीफारमलाई विघटन गरि बन्द गरिएको थियो।

कृषिबाट वार्षिक डेढ करोड आम्दानी

मनहरी गाँउपालिका–५ कि अनिता स्याङ्बोले कृषिबाट वार्षिक करीब एक करोड ५० लाख रुपैयाँ आम्दानी गर्ने बताएकी छिन्।

कोरिया रोजगारी : आवेदन छुटाएकाले पुनः फारम भर्न पाउने

कोरिया भाषा परीक्षा उत्तीर्ण गरेर पनि रोजगारी आवेदन फारम भर्न छुटाउनुभएको छ ? यदि काम विशेष या अन्य समस्यामा परेर उक्त फारम भर्न छुटाउनुभएको छ भने तपाईंलाई फेरि मौका दिइने भएको छ ।

कोरिया भाषा परीक्षाको फारम खुल्यो

रोजगार अनुमति प्रणालीअन्तर्गत कोरिया जान इच्छुक कामदारबाट भाषा परीक्षाको फारम बुझ्ने काम बुधबार सुरु भएको छ। भाषा परीक्षामा सहभागी हुन चैत ९ देखि १८ गते राति १२ बजेसम्म दरखास्त संकलन गर्ने व्यवस्था मिलाइएको वैदेशिक रोजगार विभाग अन्तर्गतको इपिएस कोरिया शाखाले जनाएको छ।

यातायातमा हट्यो, लिखित कागजी लाइसेन्स फारम

यातायात व्यवस्था कार्यालय, सवारीचालक अनुमतिपत्र वागमती एकान्तकुनाले कागजी लिखित फारामको व्यवस्था हटाएको छ ।

मुख्य सहरमा अनलाइनबाट फारम भर्ने तरिका सिकाइँदै

अनलाइनका बारेमा सर्वसाधारणलाई जानकारी दिन पोखरा, बुटवल, धरान र ७ गते काठमाडौंमा साइबर सञ्चालक, कोरियन भाषा सिकाउने इन्स्टिच्युट तथा सर्वसाधारणलाई लक्षित गरी अन्तरक्रिया कार्यक्रम गरिने।

लोकसेवा आयोगको वेबसाइट डाउन, नासुको फारम भर्ने समय थपिने

नायब सुब्बा (नासु) को लागि अावेदन दिने मिति सकिन एक दिन बाँकी रहँदा सोमबार लोक सेवा आयोगको वेब साइट डाउन भएको छ।

लाइसेन्सको अनलाइन फारम सञ्चालनमा

सवारीचालक अनुमतिपत्रको अनलाइन आवेदन फारम आइतबारदेखि सञ्चालनमा आएको छ। भौतिक पूर्वाधार तथा यातायातमन्त्री रमेश लेखकले फारमको शुभारम्भ गर्दै सेवाग्राहीलाई प्रभावकारी सेवा दिन आग्रह गरे।

लाइसेन्स फारम लिन मध्यरातदेखि लाइन (भिडियो)

कीर्तिपुरका ललित भण्डारी सवारी चालक लाइसेन्सको फारम लिन लाइन बस्न बिहान ३ बजे यातायात व्यवस्था कार्यालय पुगे। जाडोले सिउसिउ गर्दै सबैभन्दा अगाडि लाइन बस्ने लक्ष्य सहित एकान्तकुना पुगेका उनी त्यहाँ पुगेपछि तीन छक्क परे।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्