१३ आश्विन २०८१ आइतबार
image/svg+xml

चैतेदसैँमा कालिका मन्दिरमा दर्शनार्थीको घुइँचो

चैतेदसैँको अवसरमा तनहुँको पवित्र धार्मिकस्थल तनहुँ कालिका मन्दिरमा दर्शनार्थीको घुइँचो लागेको छ।

धार्मिक गन्तव्य बन्दै पौराणिक भूमि वाल्मीकि आश्रम

चितवन राष्ट्रिय निकुञ्जको जङ्गलभित्र अवस्थित सो आश्रममा रहेका पौराणिक महत्व बोकेका संरचना हेर्नका लागि विभिन्न जिल्लाबाट आन्तरिक पर्यटक आउने गरेका छन्।

पशुपतिनाथ मन्दिरमा दर्शनार्थीको घुइँचो (तस्बिरसहित)

तिज पर्वका अवसरमा पशुपतिनाथ मन्दिरमा दर्शन गर्न आउने महिला भक्तजनको घुइँचो लागेको छ। बिहान आधा घण्टामै दर्शन गर्न सकिन्थ्यो भने अहिले एक घण्टामा दर्शन गर्न सकिने भएको छ।

चैतेदशैँमा बागलुङको कालिकामा दर्शनार्थीको घुइँचो

प्रसिद्ध बागलुङ कालिका भगवती मन्दिरमा आज बिहानैदेखि दर्शनार्थीको भीड लागेको छ। चैत्र शुक्ल अष्टमी अर्थात् चैतेदशैँको अवसरमा यहाँ भक्तजनको घुइँचो लागेको हो।

पशुपतिनाथको पूर्वी मूलढोका खोल्दा तीज बर्तालुको दर्शनमा सहज

हरितालिका (तीज) पर्वका अवसरमा १५ वर्षदेखि बन्द रहेको पशुपतिनाथको पूर्वी मूलढोका खोल्दा दर्शनार्थीलाई सहज भएको छ।

मनकामनामा दर्शनार्थीको सङ्ख्या बढ्दै

गोरखाको सहिद लखन गाउँपालिकास्थित मनकामनामा अवस्थित प्रसिद्ध धार्मिकस्थल मनकामना मन्दिर दर्शन गर्न आउने दर्शनार्थीको सङ्ख्या बढ्दै गएको छ।

काभ्रेका शक्तिपीठमा दर्शनार्थीको घुइँचो

बडादशैँ शुभारम्भ दिन आज काभ्रेपालञ्चोकका विभिन्न शक्तिपीठमा दर्शनार्थीको घुइँचो लागेको छ। विशेषगरी पाँचखालको पलाञ्चोक भवगती मन्दिर र बनेपाको चण्डेश्वरी मन्दिरमा दर्शनार्थी घुइँचो लागेको हो।

पाथीभरा मन्दिर दर्शनार्थीका लागि खुला

कोभिड–१९ सङ्क्रमणका कारण विगत पाँच महिनादेखि पाथीभरामा पूजाआजा, ध्यान तथा प्रार्थना गर्न बन्द गरिएको थियो।

मनकामनामा दर्शनार्थी बढ्दै, शनिबार मात्रै चार हजारले चढे केबलकार

गोरखाको शहीद लखन गाउँपालिकास्थित मनकामनामा अवस्थित प्रसिद्ध धार्मिकस्थल मनकामना मन्दिर दर्शन गर्न आउने दर्शनार्थीको सङ्ख्या बढ्दै गएको छ।

मन्दिरअघि फोहोर थुप्रिँदा दर्शनार्थीलाई सास्ती

गोकर्णेश्वर नगरपालिका–५, बाहुनधारास्थित मन्दिरअघि फोहोर थुप्रिएको साताभन्दा बढी भइसक्यो। तर, यसको व्यवस्थापनमा सरोकारवाला निकायले चासो दिएको छैन। जसका कारण मन्दिर दर्शन गर्न आउनेहरू नाक थुनेर हिँड्न बाध्य छन्।

इन्द्रदहमा दर्शनार्थीको भीड

सिद्धपोखरीले समेत परिचित भक्तपुरको इन्द्रदहमा आज बिहानैदेखि श्रदालु भक्तजनको भीड लागेको छ। इन्द्रदहमा स्नानगरी इन्द्रजात्राको अवसरमा शुक्रबार साँझ खौमाबाट बाजागाजासहित ल्याइएको इन्द्रायणीदेवी दर्शन, पूजाआजा गर्ने भक्तजनको भीड लागेको हो।

पशुपतिनाथ मन्दिरमा २ बजेसम्म गरे ४ लाख भक्तजनले दर्शन

पशुपतिनाथ मन्दिरमा यस वर्ष दर्शनार्थीले सहज रुपमा दर्शन गर्न सक्ने गरी व्यवस्थित गरिएको छ। आज बिहान ३ बजेदेखि नै पशुपतिनाथका चारै ढोका खुला गरिएको हो।बिहान १५ मिनेटमै मूल मन्दिरभित्र प्रवेश गरेर दर्शन गर्न सकिन्थ्यो भने १० बजेपछि आधा घण्टासम्ममा दर्शन गर्न सकिएको पशुपति क्षेत्र विकास कोषका सदस्यसचिव डा प्रदीप ढकालले बताए।

दुधकुण्ड पुगे सयौं दर्शनार्थी

मगर मात्र होइन जिल्लाभित्र र बाहिरका सयौं दर्शनार्थी बर्सेनी दुधकुण्डको मेला भर्न आउँछन्।ठूलो दुधकुण्ड पोखरी पुग्न नसक्ने दर्शनार्थीले सानो दुधकुण्डको दर्शन गर्दै आएका छन्।

‘भाथा धाम’ मेलामा दर्शनार्थीको भिड

दुग्धेश्वरनाथ महादेवको मन्दिर कति पुरानो हो भन्ने कुराको प्रमाण नभए पनि स्थानीय आफ्ना पुर्वजबाट यसको महिमा सुन्दै आएको बताउँछन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्