१३ आश्विन २०८१ आइतबार
image/svg+xml

पानीजहाज चल्दा किन पीर : ओली

प्रधानमन्त्री केपी शर्मा ओलीले बाटो बनाउने, कोसी नदीमा पानीजहाज चलाउने विषयलाई मजाकमा उडाइएको गुनासो गरेका छन् ।

नारायणी र कोशीमा पानीजहाज चलाउन भारतसँग सहमति

नेपाल–भारत जल यातायात सञ्चालनका लागि दुवै पक्षबीच द्विपक्षीय संस्थागत संरचना गठन गर्ने सहमति भएको छ।  जल यातायात सञ्चालन सम्बन्धमा नेपाली पक्ष र भारतीय पक्षबीच भएको वार्तामा अध्ययन टोलीहरुको स्थलगत अध्ययनबाट प्राप्त सिफारिसका आधारमा संस्थागत संरचना बनाउने सहमति भएको हो।

‘हामी दिनहुँ १५ रुपैयाँको पानीजहाज चढेर संसदमा आउँछौ’ (अडियोसहित)

अहिले वर्षातको मौसम छ । काठमाडौका कतिपय सडक जलमग्न छन् । यहि स्थितिलाई संसदको विशेष समयमा बोल्दै नेपाली कांग्रेसका सांसद प्रकाश रसाइलीले पानी जहाज चढेर संसद भवन आएको भन्दै व्यङ्ग गरे ।

रेल गुड्छ, पानीजहाज चल्छ : प्रधानमन्त्री

प्रधानमन्त्री केपी शर्मा ओलीले पानी जहाज चल्ने र रेल गुड्ने बताएका छन्। संसदमा नीति तथा कार्यक्रमको छलफलमा उठेका प्रश्नको जवाफ दिँदै प्रधानमन्त्री ओलीले स्वीजरल्न्ड, मंगोलीया जस्ता भुपरिवेष्ठित देश वाटर केन्टिभिटिमा जोडिएको बताउँदै यहाँ पनि पानीजहाज चल्ने बताए। उनले रेल र पानीजहाजको विषय मजाक नभएको प्रष्ट पारे।

‘स्रोतसाधन बेचेर पानीजहाज किन चाहियो?'

नेकपा एमालेका उपमहासचिव तथा राजनीतिक चिन्तक घनश्याम भुसालले समृद्धिका कुरा गर्दा धरातल बिर्सन नहुने कुरामा जोड दिएका छन्। कार्लमाक्सको जन्म द्विशताब्दी समारोहका अवसरमा आयोजित ‘आजको माक्सवादः लोकतन्त्र–समृद्धि–समाजवाद’ विषयक कार्यक्रमलाई शनिबार सम्बोधन गर्दै भुसालले समृद्धिका कुरा गरेर जनतालाई भ्रममा पार्न नहुने बताए। भ्रम छरेर राष्ट्रलाई बचाउन नसकिने दाबी गर्दै भुसालले भने ‘भ्रमले राष्ट्र बचाउँदैन, राष्ट्र बचाउन जनतालाई शिक्षित गराउनुपर्छ,।’

छलफलबिनै पानीजहाज सञ्चालन सहमति

मुलुकभित्र कुनै पनि छलफल र तयारीबिनै नेपाल र भारतबीच पानीजहाज सञ्चालन गर्ने सहमति भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले भारत भ्रमणका क्रममा भारतसँग पानीजहाज सञ्चालन गर्ने सहमति गरे पनि सम्बन्धित मन्त्रालयसँग छलफल भएको छैन।

‘६ महिनाभित्रै आधुनिक रेल गुड्छ, ५ वर्षभित्र आफ्नै पानीजहाज चलाउँछौं’

भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठले ६ महिनाभित्रै नेपालमा आफ्नै आधुनिक रेल कुदाएर छाड्ने दाबी गरेका छन्। बुधबार रिपोर्टर्स क्लबद्वारा आयोजित विशेष साक्षात्कारमा बोल्दै मन्त्री महासेठले बढीमा ६ महिनाभित्रै जयनगर–जनकपुर–बर्दिवास–सिमरासम्म रेल कुद्ने स्पष्ट पारेका हुन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्