७ मंसिर २०८१ शुक्रबार
image/svg+xml

मुर्ति चोरेको आरोपमा वडा अध्यक्ष पक्राउ

उपल्लो डोल्पाको डोल्पोबुद्ध गाउँपालिकाका एक वडा अध्यक्ष मुर्तिचोरीको आरोपमा पक्राउ परेका छन्। शे–फोक्सुण्डो गाउँपालिका वडा नम्बर ४ स्थित राहाप गुम्बाका बौद्धमुर्ति चोरीको आरोपमा डोल्पोबुद्ध गाउँपालिका वडा नम्वर ५ का वडाअध्यक्ष ३५ वर्षीय कार्मा गुरुङ्गलाई काठमाडौ बौद्धबाटै प्रहरीले पक्राउ गरेको हो।

ल्होसारमा झुम्यो राजधानी

गुरुङ पोशाकमा सजिएका केही युवक ढोल, झ्याम्टा, र मादल बजाएर नाचिरहेका थिए। गुरुङ युवती पनि हातमा नाङ्ला र पिर्का प्रदर्शन गरिरहेका थिए। काठमाडौंको टुँडिखेलमा आइतबार देखिएको तमु ल्होसारको दृश्य हो यो। तमु ल्होसारका अवसरमा गुरुङहरू समुदायका व्यक्तिहरूले टुँडिखेलमा परम्परागत चुट्का कौडा नाच, कोडा नृत्यलगायत प्रर्दशन गरे। उनीहरूको नाच हेरेर प्रमुख अतिथि रहेका प्रधानमन्त्री केपी शर्मा ओली मख्ख देखिन्थे।

तमु ल्होसारका खान्की

तमु ल्होसार गुरुङ समुदायले मनाउने पर्व हो। तमु अर्थात् गुरुङ र ल्होछार अर्थात् नयाँ वर्षको आगमन। नयाँ वर्षको आगमनका रूपमा काठमाडौंको टुँडिखेलमा गुरुङ समुदायले यो पर्व सामूहिकरूपमा मनाउँछन्।

चैत पुग्यो ‘लभ स्टेसन’

फागुनको तेस्रो साता रिलिजको तयारीमा रहेको फिल्म ‘लभ स्टेसन’ चैत १ मा रिलिज हुने भएको छ। नायक प्रदीप खड्का र नायिका जसिता गुरुङ अभिनित फिल्मले चैत १ लाई रिलिज मिति ‘लक’ गरेको हो।

सायद म एयरहोस्टेज हुन्थेँ होला : छुल्ठिम गुरुङ

नेपाली चलचित्रकी पछिल्लाे समय चर्चित नायिका हुन्, छुल्ठिम गुरुङ । उनले डायरी, नोभेम्बर रेन लगायतका चलचित्रमा अभिनय गरिसकेकी छन् । उनीसँग नागरिक परिवारले गरेको कुराकानी :

कौरा गीतमा सुनिए दुर्गा

कौरा गायक दुर्गा गुरुङ सांगीतिक क्षेत्रमा आफ्नो यात्राको २५ वर्ष पुगेको अवसर पारेर राजधानीमा पहिलोपटक एकल साँझमा प्रस्तुत भएका छन्। राष्ट्रिय नाचघरमा शनिबार आयोजित ‘दुर्गा गुरुङ एकल साँझ २०७५’मा उनले प्रत्यक्ष वाद्यवादनका साथ दर्जन बढी गीत सुनाए।

नागरिकता समस्या बारे मुख्यमन्त्री भन्छन्: भान्जाभान्जीको स्वार्थ त्याग्नुपर्छ

गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले केही राजनीतिक दलले भान्जाभान्जीलाई नागरिकता दिलाउन खोज्दा नागरिकता वितरणमा समस्या आएको बताएका छन्।

हामी चिल्लो पात बन्छौँ : मुख्यमन्त्री गुरुङ

‘१८ औँ शताब्दीमा रोमको चर्चा निकै हुन्थ्यो, रोम एकैदिनमा बनेको होइन, अहिलेको पोखरा पनि एकैदिनमा बनेको होइन, विकास गर्न समय लाग्छ, ५ वर्षभित्रमा हामीले पनि गण्डकी प्रदेशको विकासको छाँट र छनक देखाउनेछौँ’, गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले भने, ‘हुने बिरुवाको चिल्लो पात भन्छन् नि, हो हामी हुने बिरुवाको चिल्लो पात हुन्छौँ, नकि गैँडाको जिब्रो जस्तो खस्रो।’

क्रसर बन्द गर्ने चेतावनी

गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले क्रसर कार्यविधि र मापदण्डविपरित सञ्चालन भएका सबै क्रसर बन्द गर्ने चेतावनी दिएका छन्। गण्डकी प्रदेशमा अहिले ४४ वटा क्रसर दर्ता भइ सञ्चालित छन्। तर, दर्ता भएका क्रसरले पनि गण्डकी प्रदेशले बनाएको कार्यविधिभन्दा बाहिर गएर प्राकृतिक स्रोत साधनको दोहन गरिरहेका छन्।

अझै पक्राउ परिनन् मोबाइल जुवा संचालक गुरुङ

काठमाडौंको मूलपानीस्थित एक जुवा घरभित्र प्रहरीले छापा मार्दा फरार भएकी मोवाइल जुवा सञ्चालक हेमा गुरुङलाई भने प्रहरीले अझै पक्राउ गर्न सकेको छैन। असोज १९ गते राती मूलपानीस्थित तेण्डु शेर्पाको घरमा जुवा सञ्चालन गर्ने हेमा गुरुङलाई प्रहरीले फरार सूचीमा राखे पनि पक्राउ गर्न सकेको छैन।

नेपाल विदेशी सैनिकको परेड स्थल बन्दै : गुरुङ

नेकपाका प्रमुख सचेतक देब गुरुङले नेपाललाई विदेशी सैनिकहरुको परेड स्थल बनाउन लागेको आरोप लगाएका छन्।

स्कुल बसले ठक्कर दिँदा एक पुरुषको मृत्यु

बेसीसहर नगरपालिका १ उदीपुरबजार नजिकै खोलामा स्कुल बसले ठक्कर दिएपछि एक पुरुषको घटनास्थलमै मृत्यु भएको छ।

आत्मियताको कसिलो डोरी

कुमारी माछापुच्छे र अन्नपूर्ण हिमालको काखमा जन्मे–हुर्केको मान्छे म । झलमल्ल हिमालको उज्यालोमा गमक्क पर्छ हाम्रो पोखरा । हाम्रो गाउँ कालाबाङ फेवातालको पश्चिमपट्टि पर्छ । त्यहीँको भगवती पूर्व प्राविमा शिशु कक्षा पढेपछि ६ वर्षको हुँदा बुबाले मलाई पोखराको गण्डकी बोर्डिङ स्कुलमा भर्ना गरिदिनु भयो।

दसैँ जनजातिको हैन भन्नु भ्रम हो : डा. जगमान गुरुङ

दसैँ जनजातिको पर्व हैन भन्ने क्रिस्चियनले प्रचार गरेका हुन् । हिन्दू धर्मलाई विनाश गर्न गलत प्रचार गरिएको हो ।नेपालमा हिन्दू, बौद्ध, आदिवासी, जनजाति लगायतको बीचमा भेद छैन । एकअर्काको आन्द्रा गाँसिएको छ । हिन्दू, जनजाति, आदिवासी लगायतको बीचमा भेद गराइदिएपछि हिन्दू धर्म पतन हुनुका साथै आदिवासी जनजातिको पनि संस्कृति पतन हुन्छ भन्ने उद्देश्यले गलत प्रचार गरिएको हो ।

रजनी गुरुङ बनिन् यूके डान्स अफ २०१८ को विजेता

बेलायतमा चर्चित नृत्य प्रतियोगिता यूके डान्स अफको तेस्रो संस्करण रजनी गुरुङले जितेकी छन्। सपन इन्टरटेनमेन्ट यूकेको आयोजनामा आइतबार अल्डरसटको प्रिन्सेस हलमा सम्पन्न प्रतियोगितमा सहभागी १२ प्रतियोगीलाई उछिनेर रजनी यूके डान्स अफ २०१८ को विजेता बनेकी हुन्। उनले पब्लिक च्वाईस समूहमा समेत सर्वाधिक मत प्राप्त  गरेकी थिइन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्