रुख कटान खुलाउँदै गण्डकी सरकार
गण्डकी प्रदेश सरकारले रुख कटाउन खुलाउने भएको छ। गण्डकी प्रदेश सरकारले दीगो वन व्यवस्थापन निर्देशिका तथा वन व्यवस्थापन कार्यविधि बनाएर रोकिएको रुख कटान खुलाउने भएको हो।
गण्डकी प्रदेश सरकारले रुख कटाउन खुलाउने भएको छ। गण्डकी प्रदेश सरकारले दीगो वन व्यवस्थापन निर्देशिका तथा वन व्यवस्थापन कार्यविधि बनाएर रोकिएको रुख कटान खुलाउने भएको हो।
गण्डकी प्रदेशका द्वन्द्वपीडितले आफूहरुले न्याय पाउने भन्ने निश्चित हुन नसकेको भन्दै गुनासो गरेका छन्। शान्ति प्रक्रियाको १८ वर्ष बित्दासमेत न्याय नपाएको भन्दै उनीहरुले भने, ‘न्याय प्राप्ती कहिले?’ शान्ति प्रक्रियामा प्रत्यक्ष संलग्न संस्थाहरुले पोखरामा आयोजना गरेको अन्तरक्रियामा उनीहरुले शान्ति प्रक्रियाको १८ वर्षसम्म पनि न्याय नपाउँदा न्याय पाउने आशा नै मर्न थालेको बताए।
चिसो बढ्न थालेसँगै गण्डकी प्रदेशका जिल्लामा डेंगी संक्रमण ओरालो लागेको छ। यो वर्ष प्रदेशमा अहिलेसम्मकै सर्वाधिक धेरैजनामा डेंगी संक्रमण पुष्टि भएको छ। तर, पछिल्लो समय संक्रमण कम हुँदै गएको प्रदेश सरकारले बताएको छ। एडिस जातको लामखुट्टेको टोकाइबाट डेंगी सर्ने गर्छ।
गण्डकी प्रदेशको स्वास्थ्य मन्त्रालयका अनुसार प्रदेशमा यो वर्ष अहिलेसम्म १५ हजार ८ सय ५५ जनामा डेंगी संक्रमण पुष्टि भएको छ। ती मध्ये पाँचजना महिला र तीनजना पुरुष सहित आठजनाको ज्यान पनि गइसकेको छ। प्रदेशमा सबैभन्दा बढी संक्रमित कास्कीमा रहेको मन्त्रालयको तथ्यांक छ। चिसो बढ्न थालेसँगै संक्रमित कम हुँदै गएपनि अझै केही समय सचेत भने हुनैपर्ने चिकित्सकले बताएका छन्।
डेंगीले यो वर्ष गण्डकी प्रदेशलाई हायलकायल बनाएको छ। प्रदेशमा अहिलेसम्म झन्डै १० हजार जनामा संक्रमण पुष्टि भईसकेको छ। यो वर्ष गण्डकी प्रदेशमा डेंगीले ६ जनाको ज्यान पनि गइसकेको छ।
पछिल्लो समय गण्डकी प्रदेशमा डेंगी संक्रमण झनै तिब्र बनेको छ। अघिल्लो महिनासम्म तनहुँमा संक्रमण तिब्र रहेकोमा अहिले कास्कीमा संक्रमण बढिरहेको छ। कास्कीको पोखरा अहिले डेंगी संक्रमणको ‘हटस्पट’ बनेको प्रदेशको स्वास्थ्य मन्त्रालयले बताएको छ। पर्यटकीय सहर पोखरामा दिनहुँ संक्रमण बढिरहेको मन्त्रालयको भनाई छ।
साविक विजेता गण्डकी प्रदेश भलिबल टिम लामाचौर कप भलिवल प्रतियोगिमा सोझो सेटमै पराजित भएको छ। चिरपरिचित प्रतिद्वन्द्वी विभागीय नेपाल पुलिस क्लबसँग मंगलबार पुरुषतर्फ प्रतिस्पर्धामा उत्रिएको घरेलु टिम सोझो सेटमै पराजित भएको हो।
गण्डकी प्रदेशमा डेंगी संक्रमणले तिब्र गति लिएको छ। प्रदेशका ११ मध्ये हिमाली जिल्ला मुस्ताङ बाहेक सबै जिल्लामा डेंगी संक्रमण फैलिएको प्रदेशको सामाजिक विकास तथा स्वास्थ्य मन्त्रालयले बताएको छ। तनहुँ र कास्कीमा संक्रमण झनै तिब्र रहेको मन्त्रालयको भनाई छ। एडिस जातको लामखुट्टेको टोकाइबाट डेंगी सर्ने गर्छ।
गण्डकी प्रदेशका भौतिक पूर्वाधार मन्त्री राजिव गुरुङ (दीपक मनाङे) फेरी विवादमा तानिएका छन्। कहिले खेलकुदका पदाधिकारीलाई लात्तले हानेर त कहिले मन्त्रालयकै कर्मचारी कुटेर बारम्बार विवादमा आइरहने मन्त्री मनाङे अहिले फेरी भित्री बस्त्र (गञ्जी) मात्रै लगाएर मन्त्रालय गएपछि पुनः विवादमा तानिएका हुन्।
गण्डकी प्रदेश भित्रिने विदेशी पर्यटकले गर्ने दैनिक खर्च भने समग्र मुलुकको तुलनामा बढी छ। गण्डकी प्रदेश भ्रमण गर्ने विदेशी पर्यटकको बसाई तथा खर्चको प्रवृत्तिबारे विशेष अध्ययन गरेको राष्ट्र बैंकको पोखरा कार्यालयको अनुसन्धान इकाइले गण्डकी प्रदेशमा भित्रिएका विदेशी पर्यटकले दैनिक औसतमा ५४ देखि ८९ अमेरिकी डलरसम्म खर्च गर्ने गरेको उल्लेख गरेको छ।
गण्डकी प्रदेशको आयोजना अवधारणापत्र सार्वजनिक गरिएको छ। गण्डकी प्रदेश नीति तथा योजना आयोगले तयार गरेको आयोजना अवधारणा पत्र विहीबार गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले सार्वजनिक गरेका हुन्।
घरेलु टोली कास्कीलाई ६ विकेटले पराजित गर्दै गण्डकी प्रदेश पुरुष टि–२० क्रिकेटको उपाधि स्याङ्जाले हात पारेको छ। उपाधिसंगै स्याङजाले नगद १ लाख र उपविजेता कास्कीले नगद ५० हजार रुपैयाँका साथमा ट्रफी, मेडल तथा प्रमाणपत्र प्राप्त गरेका छन्।
गण्डकी प्रदेशस्तरीय पुरुष टि–२० क्रिकेटको फाइनलमा स्याङ्जाले स्थान पक्का गरेको छ। स्याङ्जा समुह ‘बी’ को खेलमा अपराजित रहँदै ६ अंक बटुलेर फाइनलमा स्थान पक्का गरेको हो। बिहिबार हुने फाइनलमा स्याङजाले घरेलु टोली कास्कीको सामना गर्नेछ। कास्कीले यसअघि नै समुह ‘ए’बाट फाइनलमा स्थान पक्का गरिसकेको थियो।
गण्डकी प्रदेशमा चालु आर्थिक वर्षको ११ महिनामा ४५ प्रतिशत मात्रै खर्च भएको छ। गण्डकी प्रदेश सरकारले आर्थिक वर्ष २०८०/८१ अन्तर्गत गत साउनदेखि असार मसान्त सम्ममा ४५.४८ प्रतिशत मात्र बजेट खर्च गरेको हो।
गण्डकी प्रदेशमा पर्यटन क्षेत्रले मात्र ७५ हजार प्रत्यक्ष रोजगारी सिर्जना गरेको अनुमान गरिएको छ। कोरोना भाइरस संक्रमणले गर्दा अघिल्ला केहीवर्ष पर्यटन क्षेत्रमा काम गर्नेको संख्यामा कमी आएपनि अहिले पुन पहिलेकै आकारमा रोजगारी सिर्जना भईसकेको अध्ययनकर्ताको भनाई छ।