१९ असार २०८१ बुधबार
image/svg+xml

सोलमा सुनिँदै नेपथ्य

प्रसिद्ध सांगितक ब्यान्ड नेपथ्य दक्षिण कोरियाको राजधानी सोलमा गुञ्जिने भएको छ । नेपथ्य ओलम्पिक पार्कमा रहेको ओलम्पिक हलमा आगामी असोज १८ गते सुनिने तय भएको हो । यसअघि चार पटक कोरियाली राजधानीमा आफ्नो प्रस्तुति दिइसकेको नेपथ्यले फेरि एकपटक आफूलाई त्यसै सहरको विशेष स्थानमा उभ्याउन लागेको हो ।

नेपथ्यको नयाँ भिडियो ‘सिरानमा फोटो छ’ सार्वजनिक

लोकरक ब्याण्ड नेपथ्यले आफ्नो रजत उत्सव पारेर ‘मै मरि जाउँला’गीत सार्वजनिक गरेको छ। स्थापनाको २५वर्ष पुगेका अवसरमा ब्याण्डले आफ्ना स्रोतालाई यो वर्षभरि नयाँ म्यूजिक भिडियो उपहार दिने घोषणा गरेको थियो। सेप्टेम्बर महिनाका निम्ति चयन गरिएको यो गीत नेपथ्यको नवौं अल्बम‘ऐनाझ्याल’बाट लिइएको हो।

नेपथ्यको आवाज टुँडिखेलमा

'कुरूप अनुहार हो यहाँ कोही साथी छैन, बेरूप अनुहार हो यहाँ कोही साथी छैन' सांगीतिक ब्यान्ड नेपथ्यले साहित्यकार सरुभक्तको यो गीत प्रस्तुत गर्दा दर्शकले ताली बजाएर साथ दिए। शनिबार दर्शकले भरिभराउ राजधानीको टुँडिखेलमा गायक अमृत गुरुङ नेतृत्व नेपथ्यले साहित्यकार सरुभक्तको गीत प्रस्तुत गर्‍यो।

नेपथ्यले ल्यायो 'हो रामा रामा'

'हो रामा रामा, हो रामा रामा हाइ माया हाँसी दिँदा, देब्रे गाला डिम्पल बसने' नेपथ्यका चर्चित गायक अमृत गुरुङले चितवनमा पहिलोपटक यो गीत प्रस्तुत गरे तब भिडमा नयाँ उत्साह छायो। थारु भेग भएकाले पनि आफ्नै भाषा जस्तै सम्झेर दर्शकको गीतप्रति थप चासो बढ्यो। 'हाइ माया हिउँचुली र वरचुली सरमाइ लजाउने'

डेनमार्कमा गुन्जियो 'नेपथ्य'

नेपालको लोकरक ब्यान्ड नेपथ्यले डेनमार्कको कोपेनहेगनमा कन्सर्ट दिएको छ। स्थानीय आमाबियो हलमा मंगलबार भएको कन्सर्टमा दर्शक अन्तिम क्षणसम्म नेपथ्यका प्रस्तुतिमा रमाइरहे। डेनमार्कका बसोबास गरेका नेपालीमात्र होइन स्थानीय नागरिकहरुको पनि कन्सर्टमा उपस्थिति थियो।

जर्मनीमा पहिलोपटक नेपथ्य

नेपाली लोक–रक ब्यान्ड नेपथ्यले शनिबार पहिलोपटक जर्मनीमा कन्सर्ट दिएको छ। ह्यामबर्गस्थित तमु समाजको आयोजनामा ग्रुइन्सपानमा कार्यक्रम सम्पन्न भएको थियो।

युरोपका दुई देशमा नेपथ्य

नेपथ्य समूह जर्मनी र डेनमार्कको सांगीतिक भ्रमणमा बुधबार प्रस्थान गरेको छ। जर्मनीको ह्याम्बर्ग र डेनमार्कको कोपेनहेगनमा समूहको कन्सर्ट आयोजना हुँदैछ। आगामी जुलाई ३० मा ह्याम्बर्ग र अगस्ट २ मा डेनमार्कको कोपेनहेगनमा नेपथ्यले गाउनेछन्।

नेपथ्यले एटलान्टामा प्रस्तुति दिने

काठमाडौं— गत वर्ष अमेरिका यात्राको क्रममा न्यूयोर्कको प्रसिद्ध ‘म्यानहटन सेन्टर’को ह्यामर्सटाइन बलरुमलाई तताएर फर्किएको नेपथ्यले यो वर्ष एटलान्टाको ‘सेन्टरस्टेज’मा प्रस्तुति दिने भएको छ। अमेरिकाको दक्षिणी भेगतर्फ पाइला चाल्ने नेपाली लोक रक टोली नेपथ्य एएनए (एशोशिएसन अफ दि नेपलीज इन दि अमेरिकाज्) सँगको सहकार्यमा प्रस्तुतिका लागि तयार भएको हो। सहरकै प्रसिद्ध हलमा नेपथ्यले आगामी जुलाइ २ तारिखका दिन नेपाली भाका घन्काउनेछ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्