२२ असार २०८१ शनिबार
image/svg+xml

सञ्चारमन्त्रीको राजीनामा माग्दै सत्तारुढ दलका सांसदले दिए सरकार ढाल्ने चेतावनी

सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का सांसद रामवीर मानन्धरले गुठी संस्कृतिलाई सामन्तवाद भनेको भन्दै संञ्चार तथा सुचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाले राजीनामा माग गरेका छन्।

प्रधानमन्त्री विधि अनुसार नचल्दा म्यादी हुने अवस्था भो : नेता आचार्य

नेपाली काँग्रेसका केन्द्रीय सदस्य महेश आचार्यले प्रधानमन्त्री केपी शर्मा ओली विधि अनुसार नचल्दा सरकार पाँच वर्ष पुरा नभई म्यादीको रुपमा हुने संकेत देखिएको बताएका छन्।

उपप्रम यादवकाे चेतावनी : तत्काल संविधान संशोधन नगरे सरकारबाट बाहिरिन्छाैं

नवगठित समाजवादी पार्टी, नेपालका अध्यक्ष उपेन्द्र यादवले संविधान संशोधन तत्काल नगरे सरकारबाट बाहिरिने चेतावनी दिएका छन्। उपप्रधानमन्त्री एवम् स्वास्थ्य तथा जनसंख्यामन्त्री समेत रहेका यादवले संविधान संशोधन गर्ने सर्तमा आफूहरु सरकारमा सहभागी भएको उल्लेख गर्दै अब पनि संशोधन नभए बाहिरिने चेतावनी दिए।

‘हिन्दु र बौद्ध धर्मलाई नष्ट गर्नेगरी आएको गुठी विधेयक तत्काल फिर्ता लिनुपर्छ’

राष्ट्रिय प्रजातन्त्र पार्टी (संयुक्त)ले पनि संघीय संसदमा पेश गरेको गुठी विधेयक तत्काल फिर्ता लिन सरकारलाई दबाब दिएको छ।

जागरण अभियानमा कांग्रेसको निष्कर्ष : आफ्नो पार्टीप्रति आकर्षण सरकारप्रति विकर्षण

नेपाली कांग्रेसले आफ्नो पार्टीप्रति जनताको आकर्षण बढेको र सरकारप्रति विकर्षण बढेको निष्कर्ष निकालेको छ। राष्ट्रिय जागरण अभियानको प्रथम चरणका कार्यक्रमको समीक्षा गर्दै कांग्रेस यस्तो निष्कर्षमा पुगेको हो

ओलीलाई भीमसेन दासको चेतावनीः काठमाडौंको जनता जुरुक्क उठ्यो भने के हुन्छ हेक्का राख्नुस्

नेपाली कांग्रेसका सांसद भीमसेन दास प्रधानले गुठी विधेयक तत्काल फिर्ता लिन माग गरेका छन्। बिहीबारको संसद बैठकमा बोल्दै प्रधानले काठमाडौंका जनता सडक उत्रिए सरकारले थेग्न नसक्ने चेतावनी समेत दिए। ‘सरकारले हेक्का राखोस्, काठमाडौंका जनता उठेपछि कुनै शक्तिले रोक्न सक्दैन्। यसबारे हाम्रा प्रधानमन्त्री ओलीजी पनि जानकार हुनुहुन्छ’, उनले भने।

प्रदेश २ ले दलितमा जगाएको आशा

प्रदेश सरकारको बजेट तथा कार्यक्रम हेर्दा प्रदेश २ का दलितले केही आशा गर्ने ठाउँ छन्। त्यति मात्र नभई प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री विजय यादवले आफ्नो मन्त्रालयमा एउटा उदाहरणीय काम गरेका रहेछन्

गुठी आन्दोलन चर्किएपछि बोल्यो सरकार, विधेयक परिमार्जन गर्ने संकेत

गुठी विधेयकविरुद्ध आन्दोलन चर्किएपछि सरकारले परिमार्जनको संकेत गरेको छ।

सबै प्रकारका गरिबीबाट मुक्त नेपाल बनाउने अभियानमा छौंः मन्त्री अर्याल

भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्माकुमारी अर्यालले सहकारीमार्फत कृषिमा आत्मनिर्भर हुन सकिने बताएकी छन्।  ललितपुर जिल्ला बचत तथा ऋण संघको रजत जयन्तीका अवसरमा आयोजित कार्यक्रममा बोल्दै मन्त्री अर्यालले सहकारीले उत्पादन बढाएर कृषिको व्यापारघाटा कम गर्नुपर्ने बताइन्। ‘अब सहकारी साना साना उद्योगदेखि ठूला प्रोजेक्टसम्म लगानी गर्नै पर्छ’ उनले भनिन्। उत्पादनमा जान सहकारी ऐन र नियमावलीमा समस्या भए संशोधन गर्न तयार रहेको उनको भनाइ छ।

विवादास्पद विधेयकमै अल्झियो सरकार

सरकारले ल्याएका धेरैजसो विधेयक विवादित बन्दै गएका छन्। सरोकारवाला विधेयकको विरोध गर्दै आन्दोलनमा उत्रेका छन्। विधेयक विवादमा आएपछि सरकार अलमलमा परेको छ।

गुठी विधेयक खारेजीको माग गर्दै राजधानीमा प्रदर्शन (फोटो फिचर)

सरकारले एकतर्फीरुपमा ल्याएको गुठी विधेयक खारेजीको माग गर्दै राजधानी काठमाडौंमा प्रदर्शन चर्किएको छ।

‘गुठी विधेयक संविधानको मर्म र भावना विपरित आयो’

समाजवादी पार्टी नेपालका संघीय परिषदका अध्यक्ष डा. बाबुराम भट्टराईले सरकारले शान्तिपूर्ण आन्दोलनमा उत्रेका प्रर्दशनकारीमाथि हस्तक्षेप गरेकोमा आपत्ति जनाएका छन्।

'प्रहरी धरपक्कड बन्द गरौं, सहमति जुटाएर गुठी विधेयक अघि बढाऔं'

सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)कै नेताहरुले पनि गुठी विधेयकको विरोधमा शान्तिपूर्ण प्रर्दशनमा उत्रिएका प्रर्दशनकारीमाथि प्रहरीले धरपक्कड गरेकोमा आपत्ति जनाएका छन।

भारतद्वारा पुनर्निर्माणका लागि सहयोग

भारतले नेपालको भूकम्पपछिको पुनर्निर्माणका लागि दोस्रो किस्तावापतको रकम १ अर्ब ६० करोड उपलब्ध गराएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्