मन्त्री अधिकारीको सपना पूरा गर्ने रेणु दाहालको घोषणा
पछिल्लो एक महिनाको अवधिमा पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्रप्रसाद अधिकारीले आफैं भरतपुर महानगरपालिकाका प्रमुख रेनु दाहाललाई ६ पटक टेलिफोन गरे। मन्त्री अधिकारीको सपना थियो भरतपुर विमानस्थल जसरी पनि विस्तार गर्ने र ठूला विमानसहित रात्रिकालीन उडान भर्ने। तर सो सपना पूरा हुन नपाउँदै बुधबार उनको निधन भयो। मन्त्री अधिकारीको सोे सपना पूरा गर्न महानगरप्रमुख दाहाल आफै लागिपर्ने बताउँछिन।