१३ मंसिर २०८१ बिहीबार
image/svg+xml

आर्मी हेटौंडा गोल्डकपको फाइनलमा

साविक विजेता नेपाल आर्मी क्लब टुबोर्ग हेटौंडा गोल्डकप फुटबल प्रतियोगिताको तेश्रो संस्करणको फाइनलमा प्रवेश गरेको छ। प्रतियोगिताको बुधबार भएको पहिलो सेमिफाइनलमा प्रतियोगिताको पहिलो संस्करणको विजेता लक्ष्मी हुन्डाई मनाङ मर्स्याङ्दी क्लबलाई १–० गोलअन्तरले पराजित गर्दै आर्मी फाइनलमा पुगेको हो।

हेटौंडा गोल्डकप : पहिलो सेमिफाइनलमा आर्मी र मनाङ भिड्दै

मकवानपुरको हेटौंडामा जारी तेस्रो हेटौंडा गोल्डकप फुटबल प्रतियोगितामा बुधबार (आज) बाट सेमिफाइलका खेल सुरु हुदैछ। पहिलो सेमिफाइल खेलमा त्रिभुवन आर्मी र मनाङ मस्र्याङ्दीबीच प्रतिस्पर्धा हुदैछ। खेल दिउँसो २ः४५ बाट हेटौंडाको वन विज्ञान संस्थानको खेलमैदानमा सुरु हुनेछ।

हेटौंडा गोल्डकप : थ्री स्टार र संकटा भिड्दै

मकवानपुरको हेटौंडामा जारी तेस्रो टुबोर्ग हेटौंडा गोल्डकप फुटबल प्रतियोगिताको चौथौ तथा अन्तिम क्वाटरफाइनल खेलमा मंगलबार (आज) थ्री स्टार र संकटा क्लब भिड्दै छन्। खेल दिउँसो २ः४५ बाट हेटौंडाको वन विज्ञान संस्थानको खेलमैदानमा सुरु हुनेछ।

आर्मी हेटौंडा गोल्डकपको सेमीफाइनलमा

टुबोर्ग हेटौंडा गोल्डकप फुटबल प्रतियोगितामा समुह चरणको अन्तिम खेलमा सुदूरपश्चिम ११ लाई ट्राईब्रेकरमा पराजित गर्दै साविक विजेता त्रिभुवन आर्मी क्लबले सेमिफाइनलमा स्थान सुरक्षित बनाएको छ। ट्राईब्रेकरमा ३ का बिरुद्ध ५ गोल गर्दै सुदूरपश्चिमलाई प्रतियोगिताबाट बाहिरि¥याएर आर्मीले आफूलाई सुरक्षित बनाएको हो।

हेटौंडा गोल्डकप : त्रिभुवन आर्मी र सुदूरपश्चिम ११ भिड्दै

मकवानपुरको हेटौंडामा जारी तेस्रो टुबोर्ग हेटौंडा गोल्डकप फुटबल प्रतियोगितामा सोमबार (आज) त्रिभुवन आर्मी र सुदूरपश्चिम ११ बीच खेल हुदैछ । खेल दिउँसो २ः४५ बाट हेटौंडाको वन विज्ञान संस्थानको खेलमैदानमा सुरु हुनेछ।

पुलिस हेटौंडा गोल्डकपको सेमीफाइनलमा

टुबोर्ग हेटौंडा गोल्डकप फुटबल प्रतियोगितामा बिजय युथ क्लबलाई घरेलु मैदानमा पराजित गर्दै नेपाल पुलिस क्लब सेमिफाईनलमा प्रवेश गरेको छ। पुलिसले बिजय युथलाई ३–० फराकिलो गोल अन्तरले पराजित गर्दै प्रतियोगिताको तेश्रो संस्करणको सेमिफाईनलको यात्रा तय गरेको हो।

हेटौंडा गोल्डकप : नेपाल पुलिसले विजय युथ क्लबको सामना गर्दै

तेश्रो संस्करणको हेटौंडा गोल्डकप फुटबल प्रतियोगितामा आइतबार (आज) नेपाल पुलिस क्लब र विजय युथ क्लबबीच प्रतिस्पर्धा हुदैछ । खेल दिउँसो २ः४५ बाट हेटौंडाको वन विज्ञान संस्थानको खेलमैदानमा सुरु हुनेछ।

हेटौंडा गोल्डकपमा मनाङ मर्स्याङ्दीको बिजयी सुरुवात

हेटौंडा गोल्डकपको तेश्रो संस्करणमा मनाङ मर्स्याङ्दी क्लबले बिजयी सुरुवात गरेको छ। साविकको उपविजेता मनाङ मर्स्याङ्दीका सुजल श्रेष्ठले पेनाल्टी मार्फत् निर्णायक १ गोल गर्दै सेमिफाइनलमा प्रवेश गराए।

हेटौंडा गोल्डकप अाजबाट, मनाङ र एपीएफ भिड्दै

मकवानपुरको हेटौंडामा शनिबार (आज) बाट तेस्रो हेटौंडा गोल्डकप फुटबल प्रतियोगिता सुरु हुदैछ । प्रतियोगिताको उद्घाटन खेलमा मनाङ मस्र्याङ्दी क्लब र एपीएफबीच दिउँसो २ः४५ बजे हेटौंडाको फरेष्ट्री चौरमा प्रतिस्पर्धा हुनेछ।

हेटौंडा देशकै औद्योगिक हब बन्ने सम्भावना

हेटौंडालाई ३ नम्बर प्रदेशको अस्थायी राजधानी तोकिएसँगै मकवानपुरमा आर्थिक गतिविधि पनि बढ्ने सम्भावना चुलिएको छ । प्रदेश सभा सचिवालय, प्रदेश प्रमुखको कार्यालय, मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयसँगै सात मन्त्रालय स्थापना भएपछि तीन राजमार्गको संगमको रुपमा रहेको हेटौंडामा औद्योगिक क्षेत्रले फड्को मार्नेमा उद्योगी, व्यवसायी विश्वस्त छन्।

हेटौंडामा ५० सांसदले लिए ४० प्रतिशत छुटको सुविधा

हेटौँडाका होटल व्यवसायीले प्रदेश नं ३ का प्रदेश सांसदलाई खाना र आवासमा छुट दिने भएका छन्। मकवानपुर होटल एशोसिएसनले खाना र बासमा र नारायणी यातायात ब्यवसायी संघले यातायातमा सुविधा दिएका हुन्।

अनुराधालाई हेटौंडामा यसरी गरियो स्वागत, पदभार ग्रहण

प्रदेश नम्बर ३ की प्रदेश प्रमुख अनुराधा कोइरालाले शनिबार प्रदेशको अस्थायी राजधानी हेटौंडामा पदभार ग्रहण गर्दै संविधान अनुसार देश विकासमा अघि बढ्न सबै पक्षलाई आग्रह गरेकी छिन्।

हेटौंडा राजधानी तोकेपछि भक्तपुरमा आन्दोलन

प्रदेश नम्बर ३ को अस्थायी राजधानी हेटौंडालाई बनाएको भन्दै विहीबार भक्तपुरमा पनि विरोध भएको छ। बाम गठबन्धनका तर्फबाट भक्तपुर क्षेत्र नम्बर २ का प्रतिनिधि सभा सदस्य एमाले नेता महेश बस्नेतको अगुवाईमा विरोध सुरु भएको हो।

म्युजिकल नाइटमा झुम्यो हेटौंडा

प्राकृतिक प्रकोप राहत उद्धार कोष सहयोगार्थ आयोजित म्युजिकल नाइटमा कलाकारहरूको कलामा हेटौंडेली दर्शक झुमेका छन् । पुसमा बढेको चिसोलाई कलाकारहरूले शुक्रबार साँझ हँसाएर र नचाएर ठण्डीलाई बिर्साउने प्रयास गरेका थिए ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्