४ आश्विन २०८१ शुक्रबार
image/svg+xml

कमजोर रेटिङलाई आइपीओ प्रतिबन्ध

कमजोर रेटिङ पाएका संस्थाले प्राथमिक सेयर निष्कासन (आइपीओ) गर्न नपाउने भएका छन्। अहिलेसम्म धितोपत्र बोर्डले भने जस्तो कमजोर रेटिङ पाउनेमा हाइड्रोपावर कम्पनी छन्।

तल्लो सेतीको सम्भाव्यता अध्ययनका लागि प्रस्ताव माग

एक सय चालीस मेगावाटको तनहुँ जलाशययुक्त जलविद्युत् आयोजना सञ्चालन गरिरहेको तनहुँ हाइड्रोपावर लिमिटेडले आफूले बनाउन लागेको अर्धजलाशययुक्त आयोजना तल्लो सेती १०४ मेगावाटको विस्तृत सम्भाव्यता अध्ययनका लागि प्रस्ताव माग गरेको छ।

लाङटाङ हाइड्रोपावरका लागि लगानी जुट्यो, ४ बैंकले २ अर्ब ७३ करोड लगानी गर्ने

आरएम ग्रुप अन्तर्गतको मल्टी इनर्जी डेभलपमेन्ट प्रा.लि. ले रसुवाको गोसाईंकुण्ड गाउँपालिकामा निर्माण गर्न लागेको लाङटाङ हाइड्रोपावरका लागि लगानी जुटेको छ। राजधानीमा बुधबार आयोजित एक कार्यक्रममा वित्तीय व्यवस्थापन सम्झौतामा हस्ताक्षर भएको हो।

कालंगा हाइड्रोपावरको काम तीव्र

निजी लगानीबाट निर्माणाधीन कालंगा हाइड्रो पावरको काम तीव्र रुपमा सञ्चालन भइरहेको छ । ७ नम्बर प्रदशेको विकट पहाडी जिल्ला बझाङको बुगल नगरपालिकामा निजी लगानीमा निर्माण भइरहेको कालंगा हाइड्रो पावरको काम तीव्र रुपममा सञ्चालन भइरहेको हो । काम सम्पन भएपछि कालंगबाबाट ७५ मेगावाट विद्युत् उत्पादन हुने कम्पनीले जनाएको छ ।

हाइड्रोपावरका प्रबन्ध निर्देशकलाई आयोजना ध्वस्त पार्ने र ज्यान मार्ने धम्की

केन्द्रीय प्रशारणलाईनमा जोडिन लागेको खोटाङको मेवा खोला हाईड्रोपावर कम्पनी प्रालिका प्रबन्ध निर्देशक अर्जुन राईलाई नचिनिएका व्यक्तीबाट ज्यान मार्ने धम्की आएको छ। योजना सुरु गर्दादेखिकै फरक–फरक नम्बरबाट पटक–पटक सामान्य धम्की आउने गरेकामा सोमबार बिहान भने मोबाइलबाट योजना ध्वस्त गरिदिने र जुनसुकै बेला ज्यान मार्ने धम्की आएको हो।

हाइड्रोपावरमा शेयर लगानी गर्न युनिभर्सल कम्पनीको आह्वान

पाल्पा– युनिभर्सल पावर कम्पनीले पाल्पा र रुपन्देहीका सर्वसाधारणलाई कम्पनीले निर्माण गर्न लागेको जलविद्युत् आयोजनामा शेयर लगानी गर्न आह्वान गरेको छ। कम्पनीले एक कार्यक्रमको आयोजना गरी दुई जिल्लाका उद्योगी, व्यावसायी, प्राध्यापक, संघसंस्थाका प्रतिनिधिहरुलाई कम्पनीको शेयरबिक्री खुला रहेको जानकारी दिएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्