१९ आश्विन २०८१ शनिबार
image/svg+xml

उपयोगमा आएन राष्ट्रिय परिचयपत्र

फिदिम नगरपालिका–१ का सुमन लामाले राष्ट्रिय परिचयपत्र पाएका दिन उत्साहसाथ खुसी व्यक्त गरेका थिए। तर अहिलेसम्म त्यो कार्ड प्रयोगमा नआउँदा उनको त्योबेलाको खुसी निरर्थक बन्न पुगेको छ। राष्ट्रिय परिचयपत्रका रूपमा पाइएको कार्ड कहीं उपयोग गर्न नपाउँदा दराजमा थन्काएर राख्नुको विकल्प नभएको उनी सुनाउँछन्। ‘जहाँ पनि नागरिकता खोज्छन्। परिचयपत्रको काम नआएपछि थन्काएर राखेको हँु,’ उनले भने, ‘कार्ड पाइएपछि दैनिक जीवनमा प्रयोग गर्न पाइन्छ होला भन्ने लागेको थियो, होइन रहेछ। कतै जानुपर्दा नागरिकता, मोटरसाइकल लाइसेन्स र अन्य कार्ड बोकिन्छ तर परिचयपत्र बोकिँदैन।’

फिदिममा खानेपानी समस्या समाधान हुने

१६ किलोमिटर टाढा फिदिम–१४ बाट ल्याएर वितरण गरिएको खानेपानी आयोजनालाई व्यवस्थित गर्न प्रदेश सरकारले खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय पाँचथरमार्फत सर्वे गरी समस्या पहिचान गरेर पुनः निर्माणको काम अघि बढाउन लागेको हो।

डा. केसीको पक्षमा नेपथ्य

डाडाँहरूले घेरिएको उपत्यका जस्तै पाँचथर सदरमुकाम फिदिममा चर्चित सांगीतिक व्याण्ड नेपथ्यको गीतसंगीत गुन्जिदै थियो। दर्शकहरू उत्साहित थिए। माहोल निकै रौसिएको थियो। फिदिम माविको खेलमैदानमा भरिभराउ दर्शकहरू लोकरक शैलीका गीतमा नाचिरहेका देखिन्थे। इलाम, पाँचथर, ताप्लेजुङ, तेह्रथुमका गाँउ–गाँउबाट आएका दर्शकहरूको उत्साह हेर्न लायक थियो।

फाल्गुनन्द गोल्डकप : कठिन जित निकाल्दै झापा उपाधि नजिक

प्रतिस्पर्धात्मक खेलमा जित निकाल्दै झापा– ११ फिदिममा जारी दशौँ रुस्लान फाल्गुनन्द गोल्डकप फुटबल प्रतियोगिताको शुुक्रबार फाइलनमा प्रवेश गरेको छ।

नेपथ्यले फिदिममा प्रस्तुती दिने

पूर्वदेखि पश्चिम सम्मकाे  ‘नेपाल यात्रा' पछि एकपटक पुन: नेपथ्यले पूर्वि क्षेत्रमा प्रस्तुती दिने भएकाे छ। माघे संक्रान्तिको भोलीपल्ट नेपथ्यले फिदिममा प्रस्तुती दिँदै छ। नेपथ्यले पहिलोपटक यहाँ प्रस्तुति दिने भएकाे हो।

फाल्गुनन्द गोल्डकप : एपिएपलाई रोक्दै झापा सेमिफाइनलमा

कप्तान कर्ण लिम्बुको दुई गोलप्रेरित झापाले–११ विभागीय टोली एपिएफलाई पराजित गर्दै सदरमुकाम फिदिमस्थित फिदिम माविको खेलमैदानमा जारी रुस्लान दशौँ फाल्गुनन्द गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । सोमबार भएको खेलमा झापाले एपिएपविरुद्ध ३–१ को जित निकालेको हो।

फाल्गुनन्द गोल्डकपमा झापाको विजयी सुरुवात

झापा–११ ले पाँचथर सदरमुकाम फिदिममा आयोजित दशौँ फाल्गुनन्द गोल्डकप फुटबल प्रतियोगितामा विजयी सुरुवात गरेको छ। स्थानीय फिदिम माविको खेलमैदानमा तीन विदेशी खेलाडी लिएर मैदान उत्रिएको कर्णसिंह सोनाम स्मृती क्लब ताप्लेजुङलाई ३–१ ले पराजित गर्दै झापाले विजयी सुरुवात गरेको हो।

फाल्गुनन्द गोल्डकप आजबाट, उद्घाटन खेलमा झापा र ताप्लेजुङ भिड्दै

दशौँ संस्करणको फाल्गुनन्द गोल्डकप फुटबल प्रतियोगिता शनिबार (आज) देखि पाँचथर सदरमुकाम फिदिममा सुरु हुँदैछ। दिउँसो ३ बजे सुरु हुने उद्घाटन खेलमा झापा ११ ले कर्णसिंह सोनाम स्मृती क्लब ताप्लेजुङ्को समाना गर्दै छ। प्रयोगिताको प्रदेश १ का आर्थिक मामिला तथा योजनामन्त्री इन्द्रबहादुर आङ्बोले उद्घाटन गर्दैछन्।

फोहोर उठाउन विहानै टाेलटाेलमा पुग्छन् वार्ड अध्यक्ष

फिदिम बजारमा विहानै फोहोर उठाउने गाडीको साईरन बज्छ। जाडोले विहान अबेर उठ्नेहरु हतार हतार फोहोरका बोरा, कार्टुन बोकेर दौडन्छन् फोहोर गाडीमा राख्न। कतिपयको त यो साईरनले बल्ल निन्द्रा खुल्छ।

फिदिममा सुनिए प्रकाश

प्रकाश आङदेम्बेलाई फिदिममा सुनिएको झण्डै एक दशक पुगेछ। निक्कै लामो साहित्यीक अनुभव सहित उनी फिदिममा प्रस्तुत भए।

फिदिममा प्रधामन्त्रीको पुत्ला दहन

मूल्य वृद्धिको विरोध गर्दै नेपाली कांग्रेसको भातृसंगठन नेपाल विद्यार्थी संघले पाँचथर सदरमुकाम फिदिममा प्रधानमन्त्री केपी शर्मा ओलीको पुत्ला दहन गरेको छ।

फिदिम नगरपालिकाले राजश्व घटायो

महंगो राजश्व बनाएको भन्ने चर्को आलोचना खेपेको फिदिम नगरपालिकाले राजश्व दर घटाएको छ। फिदिम नगरपालिकाको दोश्रो नगरसभाले विभिन्न सेवा तथा उपभोगका राजश्वमा कटौती गरेको हो। नगरवासीलाई चर्को राजश्व थुपारेको भन्दै विभिन्न क्षेत्रबाट आलोचना हुँदै आएको थियो।

फिदिममा भेटिएको बम एक घन्टा लगाएर सेनाले निस्क्रिय पार्‍यो

प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचन नजिकिँदै गर्दा पाँचथर सदरमुकाम फिदिममा बम फेला परेको छ। शनिवारे छेउवाट फिदिम–२ पल्लोटार जाने बाटोमा भेटिएको बम नेपाली सेनाको भैरवी दल गणको वम विष्पोजर टोलिले पड्काएर निष्क्रिय पारेको छ।

दोषीलाई कारवाही माग गर्दै फिदिम बजार बन्द

तीन दिन अघि इलाम कोल्बुङ रानीगाँउ घर भई हाल फिदिम–१ मा बस्ने बिसाल सम्बाहाफेको बसको ठक्करले मृत्यु भएको घटनालाई लिएर फिदिम बजार बन्द गरिएको छ। दोषीलाई कार्वाहिको प्रक्रिया अघि नबढेको भन्दै आइतबार फिदिम बजार बन्द गराइएको हो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्