२० जेष्ठ २०८१ आइतबार
image/svg+xml

प्रदेश सरकारद्वारा मुक्त हरवाचरवा पहिचान प्रक्रिया सुरु

मधेस प्रदेशका भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री गोबिन्दबहादुर न्यौपानेले सङ्घीय सरकारद्वारा मुक्तिको घोषणा गरिएका मधेस प्रदेशका मुक्त हरवाचरवाको यकिन तथ्याङ्क र अवस्था पहिचानका लागि प्रक्रिया सुरु गरेको जानकारी दिएका छन्।

हरवाचरवाले पाएनन् न्याय, भन्छन्: ‘हामीसँग प्रमाण छैन, पीडा मात्रै छ’

‘स्थानीय सरकारमा गएर अधिकार मागेमा प्रमाण खै भन्छन् तर हामीसँग प्रमाण छैन, केवल पीडा मात्रै छ’, मुक्त हरवाचरवा आस्ना खातुनले प्रश्न गरिन, ‘सङ्घीय, प्रदेश वा स्थानीय तहमध्ये हामीलाई प्रमाण दिनेचाहिँ कसले हो?’

हरवाचरवा मुसहर समुदायका बालबालिकाको शिक्षातर्फ आकर्षण बढ्दै

उनी घरदेखि करिब पाँच सय मिटरकै दूरीमा विद्यालय भए पनि विद्यालय नगई घरमै खेलेर समय बिताउँदथे। तर अहिले उनी झोलामा कपी किताब बोकेर पढ्न विद्यालय जान थालेका छन्।

आजबाट हरवाचरवाको अधिकार यात्रा

मधेस प्रदेशका मुक्त हरवाचरवाले न्यायिक पुनःस्थापनाको माग गर्दै आजदेखि पाँच दिने अधिकार यात्रा सुरु गर्दैछन्।

आजबाट हरवाचरवाको अधिकार यात्रा

मधेस प्रदेशका मुक्त हरवाचरवाले न्यायिक पुनःस्थापनाको माग गर्दै आजदेखि पाँच दिने अधिकार यात्रा सुरु गर्दैछन्।

श्रममन्त्रीको घोषणा : हरवाचरवाले जमिन पाउँछ, ऋण मिनाहा हुन्छ

श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्टले हरवाचरवाको समस्या समाधान गर्न सरकार गम्भीर रहेको बताएका छन्। राष्ट्रिय दलित नेटवर्क र द फ्रिडम फण्डद्वारा मंगलवार श्रम मन्त्रालयमा आयोजित हरवाचरवा मुक्तिको घोषणा तथा पुनर्स्थापनाको सन्दर्भ विषयक राष्ट्रिय नीति संवाद कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री विष्टले संविधानले ग्यारेन्टी गरेका आधारभुत अधिकारबाट कोही पनि वञ्चित नहुने बताए।

ऋण मिनाहासहित हरवाचरवा प्रथा खारेजीको माग

हरवा, चरवा अधिकार मञ्च र बाँधा श्रम सञ्जाल नेपालले अन्यायपूर्ण श्रम सम्बन्धको रुपमा रहेको हरवा चरवा प्रथा ऋण मिनहासहित तत्काल खारेज गर्न माग गरेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्