१० मंसिर २०८१ सोमबार
image/svg+xml

तनावकै बीच लुटपाट, कम्तीमा १७ को मृत्यु

भेनेजुएलामा पाँच दिनदेखि जारी विद्युत् आपूर्ति बन्द (ब्ल्याकआउट)का कारण विभिन्न क्षेत्रमा लुटपाट मच्चिएको छ। पाँच दिनदेखि जारी विद्युत् आपूर्ति कटौतीका कारण कम्तीमा १७ जनाको मृत्युसमेत भएको अधिकारीहरुलाई उद्धृत गर्दै बिबिसीले उल्लेख गरेको छ।

भेनेजुएला राजनीति : राष्ट्रपति मादुरोले गरे सेनाको प्रशंसा

भेनेजुएलाका राष्ट्रपति निकोलास मादुरोले देशको सेनाको खुलेर प्रशंसा गरेका छन् । अमेरिका र विपक्षी नेता उवान गुआइडोको नेतृत्वको ‘कू’ लाई परास्त गरेको र आफूप्रति वफादार रहेको भन्दै मादुरोले देशको सुरक्षा फौजको तारिफ गरेको बिबिसीले उल्लेख गरेको छ।

भेनेजुएला संकटकै बीच ‘ब्ल्याकआउट’

विद्युत् आपूर्ति बन्द गराइएका कारण शुक्रबार भेनेजुएलाको अधिकांश क्षेत्रका बासिन्दाले अन्धकारको सामना गर्नु परेको छ । सरकारविरुद्ध शनिबार तय गरिएको प्रदर्शनपूर्व शुक्रबार विद्युत् आपूर्ति बन्द भएको बिबिसीले उल्लेख गरेको छ ।

‘पागल अल्पसंख्यक’ लाई परास्त गरेरै छाड्ने मादुरोको प्रतिबद्धता

आफूलाई शक्तिबाट हटाउन चाहेका ‘अल्पसंख्यक पागल’ लाई जसरी भए पनि परास्त गरैरै छाड्ने भेनेजुएलाका राष्ट्रपति निकोलास मादुरोले बताएका छन्। देशका विपक्षी नेता उवान गुआइडोलाई चेतावनी दिँदै राष्ट्रपति मादुरोले विपक्षीले शनिबार गर्न लागेको प्रदर्शनविरुद्ध उत्रन आग्रहसमेत गरेको बिबिसीले उल्लेख गरेको छ ।

स्वघोषित राष्ट्रपति गुआइडो भेनेजुएला फर्कने

आफुलाई भेनेजुएलाको अन्तरिम राष्ट्रपति घोषणा गरेका जुआन गुआइडो स्वदेश फर्कने भएका छन्। उनले भोली ११ बजे नागरिकहरुलाई प्रदर्शनीमा उत्रन आव्हान गर्दै र्‍यालीलाई सम्वोधन गर्ने बताएका छन्। उनले ट्वीट गर्दै भेनेजुएलाका नागरिकलाई प्रदर्शनीमा उत्रन भनेका हुन्।

रुसले अमेरिकासँग भनेजुएलाका विषयमा वार्ता गर्ने

भेनेजुएलामा बढ्दै गएको राजनीतिक तथा मानवीय संकट समाधानका लागि अमेरिकासँग वार्ता गर्न आफू तयार रहेको रुसले जनाएको छ।

भेनेजुएलाले कोलम्बियासँग कुटनीतिक सम्बन्ध तोड्यो,  सबै सिमाना बन्द

भेनेजुएलाले कोलम्बियासँग राजनीतिक तथा कुटनीतिक सम्बन्ध तोड्ने निर्णय गरेको छ। अमेरिकी सहायता सामग्री भेनेजुएला भित्र्याउन कोलम्बियाले सहयोग गरेको भन्दै राष्ट्रपति निकोलस मदुरोले कोलम्बियासँगको सम्बन्ध तोडेको घोषणा गरेका हुन। ‘मैले कोलम्बिया सरकारसँगको राजनीतिक तथा कुटनीतिक सबै सम्बन्ध तोड्ने निर्णय गरिसकेको छु। भेनेजुएलास्थित कोलम्बियाको राजदूताबासका सबै कर्मचारीले आगामी २४ घण्टाभित्र भेनेजुएलाबाट फर्किउन्’, उनले भने।

युरोपेली सांसद भेनेजुएलाबाट निकालिए

भेनेजुएला भ्रमणमा रहेका पाँच युरोपेली सांसदलाई भेनेजुएला सरकारले देश निकाला गरेको छ।  भेनेजुएला भ्रमणमा आएका पाहुनालाई देश निकाला गर्ने सरकारी कदम ‘अविवेकी’ भएको भन्दै विपक्षी नेता उवान गुआइडोेले सरकारको आलोचना गरेको फ्रान्सेली समाचार एजेन्सी एएफपीले उल्लेख गरेको छ।

भेनेजुएला र अमेरिकी प्रतिनिधिबीच बैठक

भेनेजुएलाका विदेशमन्त्री जोर्ज अरेआजाले अमेरिकी विशेष प्रतिनिधिसँग पछिल्लो समय दुई पटक बैठक भइसकेको बताएका छन्।

अमेरिकाले आन्तरिक मामिलामा हस्तक्षेप गर्याे : रूस

संयुक्त राज्य अमेरिकाले भेनेजुएलाको राजनीतिक विषयमा हस्तक्षेप गरेको भन्दै रुसले त्यसो नगर्न चेतावनी दिएको छ।

भेनेजुएलामा हस्तक्षेप नगर्न अमेरिकालाई रुसकाे चेतावनी

संयुक्त राज्य अमेरिकाले भेनेजुएलाको राजनीतिक विषयमा हस्तक्षेप गरेको भन्दै रुसले त्यसो नगर्न चेतावनी दिएको छ। रुसी विदेशमन्त्री सेर्गेई लाभरोभले भेनेजुएलामा हाल जारी राजनीतिक सङ्कटको विषयमा अमेरिकाले हस्तक्षेप गरेको आरोप लगाएका छन्।

राष्ट्रपति मादुरोले गरे ट्रम्पको आलोचना

संघर्षरत भेनेजुएली राष्ट्रपति निकोलास मादुरोले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको कडा शब्दमा आलोचना गरेका छन् ।

अमेरिकी प्रतिबन्धविरुद्ध ओपेक राष्ट्रसँग सहयोग माग

संयुक्त राज्य अमेरिकाले देशको तेल उद्योगमाथि लगाएको प्रतिबन्धविरुद्ध भेनेजुएलाले तेल निर्यात राष्ट्रहरुको समूह ‘ओपेक’सँग सहयोग माग गरेको छ।

जसरी पनि सहायता रुट खोल्ने विपक्षी नेताको प्रतिबद्धता

सरकारले जति नै रोके पनि मानवीय सहायता सहयोगसम्बन्धी रुट (मार्ग) खोलेरै छोड्ने भेनेजुएलाका विपक्षी नेता उवान गुआइडोले प्रतिबद्धता व्यक्त गरेका छन्।

अमेरिकी राजदूतसमक्ष अध्यक्ष दाहालले प्रस्ट्याए विज्ञप्तिको कारण

भेनेजुएलाको विषयमा हस्तक्षेप नगर्न चेतावनी दिएको दुई सातापछि अमेरिकी राजदूत र्‍याण्डी बेरी र नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहालबीच वार्ता भएको छ। वार्तामा अध्यक्ष दाहालले आफ्नो विज्ञप्ति आउनुको कारण राजदूतसमक्ष प्रस्ट पारेका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्