२८ वैशाख २०८१ शुक्रबार
image/svg+xml

उपलब्धिको कसीमा टिकटक प्रतिबन्धको एक महिना

स्पष्ट तथ्याङ्क वा प्रमाण नभई र सरोकारवालाहरूसँग व्यापक छलफल नगरी यस्ता ठूला निर्णय हचुवाका भरमा गर्दा यसले सकारात्मकभन्दा धेरै नकारात्मक असर पार्ने सम्भावना ज्यादा हुन्छ। टिकटक प्रतिबन्धबाट कम्तीमा हामीले त्यति पाठ भए पनि सिक्न सकौँ।

टिकटक बन्द नगरे इन्टरनेट सेवा प्रदायकलाई कारबाही

नेपाल दूरसञ्चार प्राधिकरणले सबै इन्टरनेट सेवा प्रदायक र मोबाइल सेवा प्रदायकलाई टिकटकको पँहुचमा तत्काल रोक लगाउन निर्देशन दिएको छ। प्राधिकरणले आज विज्ञप्ति जारी गरी उक्त निर्देशनको पालना नगरे कारबाही हुने जनाएको हो।

विदेशी मुद्रा नदिए इन्टरनेट सेवा बन्द हुने

इन्टरनेट सेवा प्रदायक संघ नेपाल (आइस्पान) ले अर्को साताबाट देशभर इन्टरनेट सेवा बन्द हुन सक्ने चेतावनी दिएको छ। सरकारले विदेशी मुद्रा कारोबारमा लगाएको रोकका कारण सेवा बन्द हुन सक्ने बताइएकोे हो।

काठमाडौंभरि सिजी नेट

अब काठमाडौंका सबै भेगमा सिजी नेट उपलब्ध हुने भएको छ। चौधरी ग्रुपको इन्टरनेट सेवा प्रदायक संस्था सिजी नेटले आफ्नो नेटवर्क काठमाडौं उपत्यकाको सबैजसो क्षेत्रमा विस्तार गरेको जनाएको छ।

भायानेटको बडा दसैँ अफर: ३२ वा ५५ इन्चको टीभीमा २२ प्रतिशतसम्म छुट

इन्टरनेट कनेक्टिभिटी र टेलिभिजन सेवा प्रदायक कम्पनी भायनेटले ग्राहकका लागि बडा दसैँमा उही मूल्यमा बढी स्पिड भएको इन्टरनेट र भायाटीभी प्याकेज ल्याएको छ।

भायानेटको ‘बडा स्पिड, बडा टिभी’ अफर

इन्टरनेट सेवा प्रदायक कम्पनी भायानेटले बडादबैंमा ‘बडा स्पिड, बडा टिभी योजना’ सार्वजनिक गरेको छ। बडादसैंमा आफ्ना ग्राहकलाई उही मूल्यमा बढी स्पिड भएको इन्टरनेट र भायाटिभी प्याकेजका साथ ३२ र ५५ इन्चको एमआई एन्ड्रोइड टिभीमा भारी छुट दिन भायानेटले यो अफर ल्याएको जनाएको छ।

इन्टरनेटको मूल्य बढाउने निर्णय

इन्टरनेट कम्पनीले डेढ सयदेखि तीन सय रूपैयाँसम्म मूल्य बढाउने तयारी गरेका हुन्। ग्रामीण क्षेत्रमा प्रतिग्राहक तीन सय र सहरी क्षेत्रमा प्रतिग्राहक एक सय ५० रूपैयाँका दरले इन्टरनेटको मूल्य बढाउने निर्णय गरेको इन्टरनेट सेवा प्रदायक संघ नेपाल (आइस्पान)ले जनाएको छ।

इन्टरनेटको तार काटिएकोमा आपत्ति

इन्टरनेट सेवा प्रदायक संघ नेपाल (आइस्पान)ले चितवनको भरतपुरमा नेपाल विद्युत् प्राधिकरणका कर्मचारीले इन्टरनेटको तार काटेकोमा गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

करले इन्टरनेट महँगो

सरकारले धेरै कर लगाउँदा इन्टरनेट महँगो भएको गुनासो व्यवसायीले गरेका छन्। व्यवसायीले सरकारले अत्यावश्यक सेवाको सूचीमा राखे पनि इन्टरनेटमा धेरै कर लगाएको हुँदा यो सबैको पहुँचमा पुग्न नसकेको जानकारी दिए।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्