२० आश्विन २०८१ आइतबार
image/svg+xml

दश किलो चाँदीसहित एक पक्राउ

करिब तीन लाख ८५ हजार रुपैयाँको अबैध चाँदीसहित पर्साको बहुदरमाई गाउँपालिका ५ का १९ बर्षीय प्रकाश शाहलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

विषालु च्याउ खाँदा एक बालिकाको मृत्यु, तीन बिरामी

मकवानपुरको विकट गाउँ राम्सिराङमा विषालु च्याउ खाँदा एक बालिकाको मुत्यु भएको छ। तीन जना बिरामी परेका छन्।

एक्साभेटर पुरिँदा दुई जनाको मृत्यु भएको आशंका

पश्चिम मकवानपुरको दुर्गम क्षेत्रमा सडकको ट्रयाक खन्ने क्रममा पहिरो खस्दा एक्साभेटर पुरिएर दुई जना हेल्परको मृत्यु भएको आशंका गरिएको छ। राक्सिराङ गाउँपालिका ८ टोड्केमा बाटो खन्ने क्रममा बिहीबार विहान करिब पौने १२ बजे एक्साभेटरसँगै चितवनका २३ वर्षिय सुदीप श्रेष्ठ र धादिङका १७ वर्षिय रोशन बुढाथोकी पुरिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता एवम् प्रहरी नायब उपरीक्षक यज्ञप्रसाद भट्टराईले बताए।

स्वास्थ्य केन्द्र बनाउँदै ‘मिस नेपाल’ श्रृङ्खला

‘मिस नेपाल वर्ल्ड २०१८’ श्रृङ्खला खतिवडाले गृह जिल्ला मकवानपुरको विकट गाउँमा निर्माणाधिन सामुदायिक स्वास्थ्य केन्द्र भवनको निरीक्षण गरेकी छिन्।

बर्डफ्लूका कारण ५० हजार कुखुरा नष्ट गरियो

बर्डफ्लू रोग संक्रमणका कारण मकवानपुरको हेटौंडा उपमहानगरपालिकामा ५० हजारभन्दा बढी कुखुरा नष्ट गरिएको छ। बर्डफ्लू प्रभावित क्षेत्रका २८ वटा फार्ममा रहेका ५० हजार दुई सय ३१ कुखुरा, नौ हजार १५ वटा अण्डा र एक हजार चार सय ६३ किलो दाना नष्ट गरिएको हो।

आयोजक मकवानपुरलाई उपाधि

हेटौंडामा जारी भूगर्भ सिमेन्ट सहिद स्मृति राष्ट्रिय फुटबल प्रतियोगिताको उपाधि आयोजक मकवानपुर ११ ले हात पारेको छ। हेटौंडा १० स्थित वन विज्ञान संस्थानको चौरमा भएको फाइनल खेलमा शनिबार क्यामरुनी ‘दाउफिन्स फुटबल क्लब’ लाई २–१ गोलले पराजित गर्दै मकवानपुरले उपाधि उचालेको हो।

उपाधि जित्ने दाउफिन्स र आयोजकको दाबी

हेटौंडामा जारी सहिद स्मृति राष्ट्रिय फुटबल प्रतियोगिताको उपाधि क्यामरुनी दाउफिन्स फुटबल क्लब र आयोजक मकवानपुर–११ दुवैले जित्ने दाबी गरेका छन्।

मकवानपुर गोल्डकप : उपाधिका लागि दाउफिन्स र आयोजक भिड्ने

हेटौंडामा जारी दोस्रो भूगर्भ सिमेन्ट सहिद स्मृति राष्ट्रिय फुटबल प्रतियोगिताको फाइनलमा क्यामरुनी ‘दाउफिन्स फुटबल क्लब’ र आयोजक मकवानपुर ११ भिड्ने भएका छन्। बिहीबार भएको अन्तिम सेमिफाइनलमा रुस्लान थ्री स्टार क्लबलाई दाउफिन्सले टाइब्रेकरमा पराजित गरेसँगै दाउफिन्स र मकवानपुरको भिडन्त पक्का भएको हो।

पुलिसलाई रोक्दै आयोजक फाइनलमा

नेपाल पुलिस क्लबलाई १–० ले पराजित गर्दै आयोजक मकवानपुर ११ हेटौंडामा जारी दोस्रो भूगर्भ सिमेन्ट सहिद स्मृति राष्ट्रिय फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ। बुधबार भएको पहिलो सेमिफाइनलमा पुलिसलाई पराजित गर्दै मकवानपुरले आफूलाई उपाधिको दाबेदारका रूपमा प्रस्तुत गरेको हो।

मकवानपुर गोल्डकप : थ्री स्टार सेमिफाइनलमा

सरस्वती युथ क्लबलाई २–० ले हराउँदै रुस्लान थ्री स्टार क्लब हेटौंडामा जारी दोस्रो भूगर्भ सिमेन्ट सहिद स्मृति मकवानपुर गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाइलनमा प्रवेश गरेको छ। मंगलबार भएको अन्तिम क्वार्टरफाइनलबाट थ्री स्टारले आफूलाई अन्तिम चारमा सुरक्षित गरेको हो।

भरतको ह्याट्रिकबाट पुलिस सेमिफाइनलमा

भरत शाहले ह्याट्रिक गर्दा फ्रेन्ड्स क्लबलाई ३–० ले पराजित गर्दै नेपाल पुलिस क्लब भूगर्भ सिमेन्ट दोस्रो सहिद स्मृति राष्ट्रिय फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ। बाई पाएर क्वार्टरफाइनलमा पुगेको फ्रेन्ड्सलाई पराजित गर्दै पुलिसले अन्तिम चारमा आफूलाई सुरक्षित गरेको हो।

एपिएफलाई रोक्दै दाउफिन्स सेमिफाइनलमा

हेटौंडा १० स्थित वनविज्ञान अध्ययन संस्थानको चौरमा भएको खेलमा यानिक ओहानाले दाउफिन्सका लागि निर्णायक गोल गरे । नगामा अन्गोउलाको कप्तानीमा मैदान उत्रिएको दाउफिन्सका लागि ओहानाले खेलको ७९औं मिनेटमा सानदार गोल गरेका थिए ।

मकवानपुर गोल्डकप : सडन डेथबाट पुलिस क्वार्टरफाइनलमा

सडनडेथमा च्यासल युथ क्लबलाई पराजित गर्दै नेपाल पुलिस क्लब हेटौंडामा जारी भूगर्भ सिमेन्ट दोस्रो सहिद स्मृति मकवानपुर गोल्डकपको क्वार्टरफाइनलमा प्रवेश गरेको छ। निर्धारित समयमा दुवै टोलीले गोल गर्न नसकेपछि शनिबार भएको खेलको सडनडेथमा ६–५ गोलअन्तरले पुलिस विजयी भएको हो।

एपिएफ मकवानपुर गोल्डकपको क्वार्टरफाइनलमा

हिमालयन शेर्पा क्लबलाई पराजित गर्दै सशस्त्र प्रहरीको एपिएफ क्लब हेटौंडामा जारी दोस्रो सहिद स्मृति मकवानपुर गोल्डकपको क्वार्टरफाइनलमा प्रवेश गरेको छ। वन विज्ञान अध्ययन संस्थानको चौरमा शुक्रबार भएको खेलमा हिमालयनलाई १–० ले एपिएफ अन्तिम आठमा स्थान बनाएको हो।

मकवानपुर गोल्डकप : घरेलु टोलीकाे विजयी सुरूवात

मच्छिन्द्र क्लबलाई २–१ ले पराजित गर्दै मकवानपुर ११ हेटौंडामा सुरु भएको भूगर्भ सिमेन्ट दोस्रो सहिद स्मृति मकवानपुर गोल्डकपमा विजयी भएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्