२० असार २०८१ बिहीबार
image/svg+xml

जङ्गली हात्ती मानव बस्तीमा प्रवेश गरेपछि त्रास

कमलामाई नगर उपप्रमुख मञ्जु देवकोटाले राति जङ्गली हात्ती देखिएपछि स्थानीयवासीलाई सुरक्षित भएर बस्न र संयमित हुन आग्रह गरिएको बताए।

झापामा सात वर्षपछि सुरु भयो भारतबाट आएका हात्तीको उपद्रो

भारतको पश्चिम बङ्गाल र बिहारसँग सीमा जोडिएको झापाको दुईतिहाइ भाग जङ्गली हात्तीका कारण प्रताडित छ।

जङ्गली हात्तीका बथानले धानबालीमा क्षति

छदेखि नौको संख्यामा रहेको हात्तीका बथानले पाँच परिवारको झण्डै डेढ विघा जग्गाको धानबाली खाएर नोक्सानी पुर्‍याएको छ।

जङ्गली हात्ती पीडितका गुनासोः खै कसरी अन्नबाली जोगाउनु अब

मेचीनगर नगरपालिका–१ का लालबहादुर मोक्तान फूल खेल्न थालेको धानबाली हेरेर मख्ख थिए। शुक्रबार दिनभर खेतमा फस्टाएको धान हेरेर खुसी हुँदै घर फर्किएका उनले वर्ष दिन खान पुग्ने धान फल्ने अनुमान गरे। उनको खुसी भारतीय जङ्गली हात्तीले एक दिन पनि टिक्न दिएन।

हात्तीलाई जङ्गल बाहिर आउन नदिन विद्युतीय तारबार थप

जङ्गली हात्तीको बासस्थानको सुरक्षा गर्दै मानवीय धनजनको क्षति न्यूनीकरण गर्ने उद्देश्यले निर्माणाधीन ‘हात्ती करिडर’मा थप ५८ किलोमिटर विद्युतीय तारबार गरिने भएको छ।

बस्तीमा जङ्गली हात्तीको उत्पातः तीनवटा घरमा तोडफोड

घर तोडफोड गरेर नोक्सान गरेको सूचना पाउनासाथ प्रहरीटोली घटनास्थल पुगी स्थानीयवासीको मद्दतले हात्ती वनतिर लखेटिएको इलाका प्रहरी कार्यालय गौशालाका प्रहरी निरीक्षक विष्णु प्रदीप वस्यालले जानकारी दिए।

मर्निङवाकमा जाँदा जङ्गली हात्तीको आक्रमणबाट मृत्यु

मर्निङवाकमा जाँदा जङ्गली हात्तीको आक्रमणमा परी आज बिहान झापामा एक व्यक्तिले ज्यान गुमाएका छन्। कमल गाउँपालिका–३ निवासी ४४ वर्षीय जीतबहादुर खोयाङ लिम्बूको जङ्गली हात्तीको आक्रमणमा परी ज्यान गएको हो।

जङ्गली हात्तीको आक्रमणबाट महिलाको मृत्यु

जङ्गली हात्तीको आक्रमणबाट पश्चिम चितवनमा एक महिलाको मृत्यु भएको छ। मृत्यु हुनेमा भरतपुर महानगरपालिका–१३ उजेलीनगर घर भई सोही स्थानको गङ्गानगर भाइको घरमा गएकी ५० वर्षीया तीलमाया भुजेल रहेकी छन्।

हात्तीले भत्कायो आरक्ष विस्थापितका झुपडी

ढक्कामा बस्दै आएका आरक्ष विस्थपित १३ परिवारका झुपडी हात्तीको बथानले भत्काइ दिएको छ। शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज क्षेत्र हुँदै विस्थापित परिवारको शिविरमा गएराति छिरेको हात्तीको बथानले झुपडिभित्र राखेको अन्नबाली खानुका साथै झुपडी भत्काइ बिचल्लीमा पारेको छ।

जङ्गली हात्ती छेक्न झापामा झट्का मेसिनको प्रयोग

भद्रपुर नगरपालिका–९ मा जङ्गली हात्तीलाई मानव बस्तीतिर प्रवेश गर्न नदिन पहिलोपल्ट झट्का मेसिनको प्रयोग गरिएको छ।

दुधुवाबाट जङ्गली हात्तीको झुण्ड निकुञ्ज प्रवेश, सतर्कता अपनाउन आग्रह

भारतको दुधुवा नेशनल पार्कबाट जङ्गली हात्तीको झुण्ड लालझाडी संरक्षित वन क्षेत्र हुँदै शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज प्रवेश गरेपछि जिल्ला प्रशासन कार्यालयले उच्च सतर्कता अपनाउन आग्रह गरेको छ ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्