४ आश्विन २०८१ शुक्रबार
image/svg+xml

महोत्तरी १ मा माओवादीका पोखरेल विजयी

महोत्तरी १ मा माओवादी केन्द्रका गिरिराजमणी पोखरेल विजयी भएका छन्। उनले २३७७६ मत प्राप्त गरे भने निकटतम प्रतिस्पर्धी संघीय समाजवादी फोरमकी लक्ष्मी महतोले १९४९२ मत प्राप्त गरिन्। पूर्वमन्त्री समेत रहेका पोखरेल दोस्रो संविधान सभामा समेत विजयी भएका थिए।

महोत्तरी ३ को मतगणना स्थगित

महोत्तरी क्षेत्र नंम्बर ३ मा प्रतिनिधि सभा तर्फको मतगणना स्थगित भएको छ। जलेश्वर नगरपालिका ५ को मतदान केन्द्रमा खसेको मत भन्दा धेरै मत भेटिएपछि मतगणना स्थगित भएको हो।

महोत्तरीमा मतगणना १ बजेपछि मात्र

बिहीबार अवेर रातिसम्म महोत्तरीको चार वटै निर्वाचन क्षेत्रबाट मतपेटिका सदरमुकाम जलेश्वर ल्याइ सकिए पनि मतगणना कार्य हुन ढिलो हुने देखिएको छ।

महोत्तरीमा मतदान सुरु, तस्बिर खिच्न अवरोध

चार जना प्रतिनिधि सभा र ८ जना प्रदेश सभा सदस्य चयन गर्नका लागि महोत्तरीको २ सय ५८ मतदान स्थलमा रहेको ४ सय २६ मतदान केन्द्रमा मतदान प्रक्रिया सुरु भएको छ ।

कडा सुरक्षाबीच महोत्तरीका सबै वुथ निर्माण

कडा सुरक्षाकाबीच महोत्तरीको दुई सय ५८ मतदान स्थलमा रहेको चार सय २६ वटै मतदान केन्द्रमा वुथ निर्माण कार्य सम्पन्न भएको मूख्य निर्वाचन अधिकृतको कार्यालय महोत्तरीले जनाएको छ । निर्वाचन आयोगबाट पठाइएको प्लास्ष्टिकको डोरी र बाँसको घेरावेरा लगाएर वुथ निर्माण गरिएको छ । वुथ निर्माण कार्य पुरा भई सकेको सवै मतदान केन्द्रहरुमा अप्रिय घटना हुन नदिन कडा सुरक्षा व्यवस्था मिलाइएको छ ।

महोत्तरीमा नौ हजार मतदाता थपिए

प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका लागि महोत्तरी जिल्लामा नौ हजार २८० मतदाता थपिएका छन् । गत असोजमा सम्पन्न स्थानीय तह निर्वाचनमा तीन लाख आठ हजार ४०९ मतदाता रहेका जिल्लामा यसपालि मंसिर २१ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका लागि नौ हजार २८० मतदाता थपिएका हुन् ।

महोत्तरी ३ मा कांग्रेसले महन्थ ठाकुरलाई सघाउने

नेपाली कांग्रेसले महोत्तरी ३ मा राजपा नेपालका अध्यक्ष मण्डलका संयोजक महन्थ ठाकुरलाई समर्थन गर्दै आफ्ना उम्मेदवारलाई उम्मेदवारी फिर्ता लिन निर्देशन दिएको छ।

महोत्तरीमा २ हजार ७ सय ५१ म्यादी प्रहरी छनौट

अगामी मंसिर २१ गते हुने दोस्रो चरण अन्तर्गतको प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका लागि महोत्तरीमा म्यादी प्रहरी छनौट प्रक्रिया सकिएको छ।

महोत्तरीका कायस्थ समुदायद्वारा चित्रगुप्त पूजा

कलमद्ववातको देवता तथा मनुष्यको पाप पुण्यको लेखा जोखा राख्ने भगवान चित्रगुप्तको शनिबार कलमजीबीको रुपमा चिनिएका महोत्तरीका कायस्त समुदायले धुमधामका साथ पूजाअर्चना गर्दैछन्।

सात स्थानीय तह जित्दै राजपा बन्यो महोत्तरीमा ठूलो दल

महोत्तरीको १० नगरपालिका र ५ गाउँपालिकासहित १५ स्थानीय निकायको मतगणना कार्य सम्पन्न भएको छ। पिपरा गाउँपालिका र मनरासिस्वा नगरपालिकामा बाँकी रहेको मतगणना परिणामा आइतबार बिहान सम्पन्न भएपछि जिल्लाको १५ वटै स्थानीय निकायको मतगणना कार्य सम्पन्न भएको मुख्य निर्वाचन अधिकृत किरण पोख्रेलले बताएका छन्।

यस्तो छ महोत्तरीको ८ तहको अन्तिम मतपरिणाम

शुक्रबार बिहानसम्मको मतगणना परिणामअनुसार नेपाली कांग्रेसले ३, माओवादीले २, राजपाले २ र संघीय समाजवादी फोरमले एक स्थानीय निकायमा विजयी भएका छन्।

महोत्तरी गाउँपालिकामा राजपाको प्यानलै विजयी

महोत्तरीको १० नगरपालिका र ५ गाउँपालिका मध्ये महोत्तरी गाउँपालिकामा राष्ट्रिय जनता पार्टी नेपालले पहिलो खाता खोलेका छन्।

नेपाली कांग्रेस महोत्तरीले उम्मेदवारको टुंगो लगायो

आउँदो असोज २ गते हुने स्थानीय तहको चुनावका लागि नेपाली काँग्रेसले महोत्तरीमा कायम रहेको स्थानीय तहको प्रमुख तथा उपप्रमुखका उम्मेदवारहरुको टुंगो लगाएको छ।

महोत्तरीमा एक सय ३५ मतदानस्थल अतिसंवेदनशिल

असोज २ गते हुने स्थानीयतहको चुनावको लागि महोत्तरीको १५ स्थानीय तहमा कायम रहेको दुई सय ५८ मतदानस्थल मध्ये एक सय ३५ मतदान केन्द्र सुरक्षाको दृष्टिकोणले अतिसंवेदनशिल रहेका छन्।

महोत्तरीको औरहीमा २१ वर्षिय युवती बलात्कृत, घटनालाई लिएर स्थानीय र प्रहरीबीच झडप

एक समूहले औरही गाउँपालिकामा २१ वर्षिय युवतिलाई बतात्कार गरेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्