२० आश्विन २०८१ आइतबार
image/svg+xml

भिटामोड - जलेश्वर जनकपुर सडक अवरूद्ध

गएराती भएको वर्षापछि भिटामोड–जलेश्वर–जनकपुर सडक हिलाम्य भएर बिहीबार बिहानैदेखि अवरुद्ध भएपछि उक्त सडक भएर यात्रा गर्ने हजारौं यात्रुुहरु अलपत्र परेका छन्।

जलेश्वरमा राजपा विजयी, भ्रष्टाचारमुक्त नगर बनाउने मेयरको घोषणा

मधेस आन्दोलनको थलोकोरुपमा रहेको महोत्तरीको सदरमुकाम जलेश्वर नगरपालिकामा राष्ट्रिय जनता पार्टी नेपालका मेयर र उपमेयरका उम्मेदवार विजयी भएका छन्। राजपा नेपालका रामशंकर मिश्र ५ हजार १ सय ८० मत ल्याएर मेयरमा र राजपा नेपालका मुन्चुन देवी ४ हजार ५ सय ६६ मत ल्याएर उपमेयरमा विजयी भएका हुन्।

फेरिएला जलेश्वरको मुहार ?

मुलुककै पुरानो नगरमध्ये एकको जलेश्वर नगरपालिमा । सात ग्रामीण बस्तीलाई गाभेर २०३९ वैशाख १५ गते नगर पञ्चायत घोषणा भए पनि त्यसले अहिलेसम्म सहरको स्वरुप धारणा गर्न सकेको छैन । यहीँबाट राजनीति गरेर थुप्रै नेता नीति–निर्माण तहसम्म पुगे तर नगरको विकासतर्फ कहिल्यै ध्यान दिएनन् ।

जलेश्वर वडा नं १ मा लोकतान्त्रिकका झा विजयी

महोत्तरी जिल्लाको जलेश्वर नगरपालिका–१ को वडाध्यक्षमा नेपाल लोकतान्त्रिक फोरम विजयी भएको छ। मुख्य निर्वाचन अधिकृत किरणकुमार पोखरेलका अनुसार जलेश्वर नगरपालिका–१ को वडाध्यक्षमा नेपाल लोकतान्त्रिक फोरमका अनिल झाले २८६ मत ल्याएर विजयी भएका छन्।

जलेश्वर– जनकपुर सडक निर्माण कार्य कछुवाको गतिमा

आठ महिना अघि भिट्टामोड –जलेश्वर– जनकपुर सडक निर्माण कार्य प्रारम्भ गर्न शिलान्यास गर्ने क्रममा सत्ताधारी दल माओवादी केन्द्र, नेपाली काँग्रेस  र नयाँ शक्ति लगायत धेरै राजनीतिकदलहरुले उक्त सडक निर्माण कार्य शुरु हुनुलाई आ–आफ्ना पार्टीकै साखसँग जोड्दै आ–आफ्नै दलको प्रयासमा सडक निर्माण कार्यको शुरुवात गरेको फुर्ति लगाएका थिए । तर यतिका प्रमुख राजनीतिक दलले आ–आफना पार्टीको साखसँग जोडेका  भिट्टामोड –जलेश्वर– जनकपुर सडक निर्माण कामको गति भने कछुवाको गति जस्तै छ । उक्त सडकमा अचाकली उड्ने धुलोले हिड्नै सकस हुन थालेको छ ।

स्थानीयको विरोध पछि भिट्टामोड –जलेश्वर– जनकपुर सडकको दोस्रो प्याकेजको काम अवरुद्ध

स्थानीयको विरोध पश्चात निर्माणाधिन भिट्टामोड –जलेश्वर– जनकपुर सडकको दोस्रो प्याकेज अन्तर्गतको सडक निर्माण कार्य अवरुद्ध भएको छ।

जलेश्वर कारागारमा कैदीबीच कुटाकुट, ८ घाइते (अपडेट)

जलेश्वर कारागारमा कुटाकुट हुँदा ८ जना घाइते भएका छन्। घाइतेहरुको टाउकोमा चोट लागेको छ। उनीहरुलाई उपचारको लागि जलेश्वर अस्पतालमा लगिएको छ।

जलेश्वर नगरपालिकामा तालाबन्दी

महोत्तरी जिल्लाको सदरमुकामस्थित जलेश्वर नगरपालिकामा आइतबार राजनीतिक दलको एक समूहले तालाबन्दी गरेको छ । जलेश्वर नगरपालिकाले एक महिनाअघि बर्खास्त गरेका इन्जिनियर पवनकुमार झा २०-२५ जनाको समूहमा नगरपालिकामा आई कर्मचारीलाई गाली बेइज्जती गर्दै जबर्जस्ती हाजिर गर्न खोज्दा सोको विरोध गर्दै समूहले तालाबन्दी गरेको हो ।

भिटामोड, जलेश्वर- जनकपुर सडक ६ लेनको बनाउन माग गर्दै आमरण अनशन

महोत्तरी-जर्जर अवस्थामा रहेको भिटामोड– जलेश्वर– जनकपुर सडक खण्ड यथासिघ्र ६ लेनको निर्माण गर्नु पर्ने माग राख्दैं महोत्तरी धनुषा संयुक्त संर्घष समितिका संयोजक रामकुमार शर्मा सहित चार जना मंगलबारदेखि आमरण अनसनमा बसेका छन्।

भिठ्ठामोड–जलेश्वर–जनकपुर सडकः ढुक्क छैनन् स्थानीय

भिठ्ठामोड–जलेश्वर–जनकपुर सडक स्तरोन्नति हुने भएको छ । सडक जीर्ण हुँदा वर्षौंदेखि सास्ती खेप्न बाध्य जिल्लावासी स्तरोन्नति हुने भएपछि खुसी देखिन्छन् तर ढुक्कै भने अझै हुन सकेका छैनन् । सडक कालोपत्रे आयोजनाको शुक्रबार भौतिक पूर्वाधार तथा यातायातमन्त्री रमेश लेखकले शिलान्यास गरे । मन्त्री लेखक शिलान्यासका लागि नेपाली कांग्रेस र माओवादी केन्द्रका सांसद तथा नेताहरूको टोली लिएर जलेश्वर आएका थिए ।

५० करोड रुपैयाँ जलेश्वरको ठोस विकास योजनामा लगाउन सुझाव

महोत्तरी– महोत्तरी जिल्लाको सदरमुकाम जलेश्वरको किवासका लागि छुट्याइएको ५० करोड रकमले विकासको ठोस आयोजना निर्माण गर्न सर्वसाधारणले सुझाव दिएका छन्। उक्त रकम टुक्रे योजनामा नलगाई ठोस र दीर्घकालिन महत्वको योजनामा खर्चिन सर्वसाधारणले सुझाव दिएका हुन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्