२३ असार २०८१ आइतबार
image/svg+xml

धाँधली भएको पूर्वप्रधानमन्त्री थाक्सिनको दाबी

थाइल्यान्डका पूर्वप्रधानमन्त्री थाक्सिन सिनावात्राले आइतबारको निर्वाचन धाँधलीले भरिएको आरोप लगाएका छन्। सन् २००६ मा पदच्युत गरिएका थाक्सिन हाल स्वघोषित रूपमा निर्वासनमा रहेका छन्।

प्रारम्भिक मत परिणाममा विपक्षी दल अगाडि

सन् २०१४ को सैनिक ‘कू’पछि पहिलो पटक थाइल्यान्डमा आइतबार सम्पन्न निर्वाचनको प्रारम्भिक मत परिणामअनुसार विपक्षी दल अगाडि देखिएको छ। प्रारम्भिक नतिजाअनुसार थाइल्यान्डको शक्तिशाली सेना समर्थित पालाङ प्राचा रथ पार्टी (पिपिआरपी)ले पपुलर भोटमा बाजी मारेको छ। यसैबीच थाइल्यान्डको प्रमुख प्रतिपक्षी दल फेउ थाई पार्टीको देशको संसद्मा बढी सिट रहेको छ।

थाइल्यान्डमा ‘कू’पछि पहिलो निर्वाचन

थाइल्यान्डमा वर्षौदेखि राजनीतिक अस्थीरता कायम रहेको छ। विशेषगरी शक्तिशाली सेना पक्षधर र सत्ताच्युत गरिएका पूर्वप्रधानमन्त्री थाक्सिन सिनावात्रा समर्थकबीचको संघर्षका कारण थाइल्यान्डको राजनीति सधैं तनावग्रस्त रहँदै आएको छ।

थाइल्यान्डमा नमुना मतदान

थाइल्यान्डमा आइतबार ठूलो भिडभाडका साथ देशभर नमुना मतदान सम्पन्न भएको छ। मतदान केन्द्र तोकिएका विद्यालय, पार्किङस्थल र मन्दिरलगायतका ठाउँमा हजारौंको संख्यामा मतदाताले नमुना मतदान गरेको बताइएको छ।

सिनावात्राको पार्टी विघटन

थाइल्यान्डको राजनीतिमा ठूलो प्रभाव रहेको सिनावात्रा परिवारको पार्टीलाई अदालतले विघटन गरि दिएको छ । देशका पूर्वप्रधानमन्त्रीद्वय थाक्सिन सिनावात्रा र यिङ्लक सिनावात्राको थाई रक्षा चार्ट नामक पार्टीलाई अदालतले बिहीबार विघटन गरिदिएको थाई अधिकारीहरुलाई उद्धृत गर्दै फ्रान्सेली समाचार एजेन्सी एएफपीले उल्लेख गरेको छ ।

नेपाली महिला क्रिकेट टोली थाइल्यान्डमा

मंगलबारबाट हुने आइसिसी महिला एसिया छनोट प्रतियोगिता खेल्नका लागि नेपाली महिला राष्ट्रिय क्रिकेट टोली शनिबार थाइल्यान्ड पुगेकाे छ।

एक दिन जब थाइल्यान्ड हल्लियो

“पूरै दशकमा एउटै पनि उल्लेख्य घटना नभएका दशकहरू पनि हुन्छन्। तर, दशकौँसम्म हुन नसकेका घटना एकै हप्तामा भएका पनि हुन्छन्। ” भ्लादिमिर इलिच लेनिनको यो भनाइ ज्यादै लोकप्रिय भनाइ हो।  कहिलेकाहीँ दशकहरू खाँदिएर एकै दिनमा अटाउँछन् र त्यस्ता एकै दिनले कुनै पनि देशको राजनीतिक आयाममा नाटकीय परिवर्तन ल्याउने गर्छ।  थाइल्यान्डको निम्ति गएको फेब्रुअरी ८ त्यस्तै दिन रह्यो।  त्यो औसत शुक्रबारको दिन थियो।

थाई राजकुमारी प्रधानमन्त्रीकाे उम्मेदवार, राजनीतिमा हलचल

आगामी मार्च महिनामा हुने आमचुनावमा एक जना थाई राजकुमारीले प्रधानमन्त्री पदका लागि उम्मेदवारी दिने घोषणा गरेकी छिन्। थाइल्यान्डको आधुनिक इतिहासमा राजपरिवारका कुनै सदस्यले मुख्य राजनीतिक भूमिकामा दाबी गरेको यो पहिलो घटना हो।

थाइल्यान्डमा मार्च २४ मा आम निर्वाचन

नागरिक शासन स्थापना गर्नका लागि थाइल्यान्डले मार्च २४ का दिन आम निर्वाचन गर्ने निर्वाचन आयोगले बुधबार घोषणा गरेको छ। थाइल्यान्डमा निर्वाचनको मिति तोकिने गरे पनि प्रायः स्थगित हुने गरेको छ। यदि घोषणा गरिएकै मितिमा निर्वाचन भयो भने सन् २०१४ मा भएको सैनिक ‘कु’ पछि थाइल्यान्डमा पहिलो पटक आम निर्वाचन हुने छ।

उपाधिका लागि नेपाल र थाइल्यान्डबीच प्रतिस्पर्धा हुँदै

नेपालले महिला ट्वान्टी–२० स्म्यास क्रिकेट प्रतियोगिताको उपाधिका लागि शनिबार (आज) आयोजक थाइल्यान्डसँग प्रतिस्पर्धा गर्दैछ। नेपाल र थाइल्यान्डबीचको खेल अपरान्ह १२ः१५ बाट सुरु हुनेछ।

पृथ्वीसुब्बा, यौन बजार र बैंककको अनुभव

थाइल्यान्डको बैंकक सहर र पटायाबीचका यौन व्यवसाय तथा मसाज गर्ने ठाउँहरू र त्यसमा संलग्न मानिसहरू देख्दा लाग्छ, पूरै सहरभरिका सबै मानिस यस्तै हुँदा हुन्, तर त्यसो होइन रहेछ। पर्यटनका माध्यमले विकास गर्न सकिन्छ र पर्यटक पाउरोटी टोक्दै सहरका गल्लीहरूमा लुखुर लुखर हिँड्नका लागि मात्र आउँदैन बरु वर्षमा एकचोटि आफ्ना जीवनका मूल आदर्शहरूसँग खेलबाड गर्न र अर्कै संसारमा हराउन चाहन्छ भन्ने कुरा थाइल्यान्डले आत्मसात् गरेको रहेछ र त्यहीअनुसारको मेनु बनाएको रहेछ।

महिला राष्ट्रिय क्रिकेट टोलीको घोषणा

आसन्न आइसिसी महिला एसिया कप २०१९ को छनोटको अभ्यास खेलका लागि थाइल्यान्ड भ्रमण गर्ने नेपाली महिला राष्ट्रिय टोली क्रिकेटको घोषणा गरिएको छ।

थाइल्यान्ड पुगेकी साउदी युवतीद्वारा शरण माग

साउदी अरबबाट भागेर थाइल्यान्ड पुगेकी एक १८ वर्षीया युवतीले संयुक्त राज्य अमेरिका, क्यानडा, अस्ट्रेलिया वा बेलायतमा राजनीतिक शरण माग गरेकी छन्। इस्लाम धर्म परिवर्तन गरेको घोषणा गर्दै गत साता साउदी अरबबाट भागेकी राहफ मोहम्मद अल–कुुकुन नाम गरेकी ती युवतीले आफूले धर्म परिवर्तनको घोषणा गरेको हुनाले परिवारबाटै आफ्नो ज्यानको असुरक्षा रहेको भन्दै अमेरिकालगायतका देशमा राजनीतिक शरण माग गरेको बिबिसीले जनाएको छ।

भारतसँगको हारपछि थाई प्रशिक्षक बर्खास्त

एसिया कप फुटबलमा आइतबार भारतसँग ४–१ ले पराजित भएपछि थाइल्यान्डले मुख्य प्रशिक्षक मिलोभान राजिभाकलाई बर्खास्त गरेको छ। आफ्नो पहिलो खेलमा थाइल्यान्ड भारतसँग पराजित भएपछि ६५ वर्षे सर्बियन प्रशिक्षक मिलोभानलाई बर्खास्त गरेको हो।

उपाधिमा थाइल्यान्डको वर्चस्व

थाइल्यान्डका कुनलाभूत भितिदसरन र चनानचिदा जुचारोइन शनिबार योनेक्स सनराइज नेपाल इन्टरनेसनल सिरिजमा च्याम्पियन भएका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्