२० आश्विन २०८१ आइतबार
image/svg+xml

चौथो खेलमा पनि वर्षा वाधक

लगातारको वर्षाका कारण भारत र न्युजिल्यान्डबीचको खेल रद्द भएको छ। न्युजिल्यान्ड र भारत मात्र जारी प्रतियोगिताका दुई अपराजित टोली हुन्। दुवै टोली ट्रेन्ट बिचमा शतप्रतिशत नतिजालाई निरन्तरता दिँदै शीर्ष चार प्रवेश सम्भावना बलियो पार्न चाहन्थे। तर दुवै टोलीको लक्ष्यमा वर्षा बाधक बनेको हो। इङ्ल्यान्डमा जारी विश्वकपमा वर्षाका कारण बिनानतिजा अंक बाँडिएको यो चौथो खेल हो। यसअघि श्रीलंका र पाकिस्तान, श्रीलंका र बंगलादेश तथा वेस्ट इन्डिज र पाकिस्तानबीचको खेल पनि वर्षाका कारण रद्द भएका थिए।

कोहलीमा निर्भर भारत

न्युजिल्यान्डविरुद्ध बिहीबार हुने विश्वकपमा भारतीय टोली नतिजा आफ्नो पक्षमा पार्न कप्तान विराट कोहलीको प्रदर्शनमा पनि निर्भर रहनेछ।

ब्याटिङमा विलियम्सनको लय

इङ्ल्यान्डमा जारी विश्वकपमा न्युजिल्यान्डको अपराजित यात्राको मुख्य आधार स्तम्भ बलिङसँगै ब्याटिङमा कप्तान केन विलियम्सनको लय पनि एक हो।

भारतसँग न्युजिल्यान्ड सतर्क

न्युजिल्यान्डका तीव्र गतिका बलर ल्युक फर्गुसनले एकदिवसीय क्रिकेट विश्वकपअन्तर्गत बिहीबार भारतको सामना गर्दा टोली सतर्क रहने बताएका छन्।

न्युजिल्यान्डको लगातार दोस्रो जित

बंगलादेशको यादगार जितलाई रोक्ने क्रममा न्युजिल्यान्डले बुधबार इङ्ल्यान्डको ओभलमा सम्पन्न खेलमा दुई विकेटको साँघुरो विजय आत्मसात् गरेको छ। साबिकको उपविजेता न्युजिल्यान्डले आठ विकेटको क्षतिमा २ सय ४५ रनको मध्यम लक्ष्य १७ बल अगावै पूरा गर्दै विश्वकपमा लगातार दोस्रो जित आत्मसात् गरेको हो। यसअघि पहिलो खेलमा न्युजिल्यान्डले श्रीलंकामाथि १० विकेटको फरालिको जित निकालेको थियो। मध्यम लक्ष्य पछ्याउने क्रममा न्युजिल्यान्डका रोस टेलरले सर्वाधिक ८२ रनको योगदान दिए। यद्यपि, जितनजिक पुग्दा न्युजिल्यान्डले निकै संघर्ष गर्नुपरेको थियो।

क्रिसचर्च आक्रमणका पाठ

न्युजिल्यान्ड धेरै जनसङ्ख्या भएको देश होइन। आप्रवासीहरूका लागि न्युजिल्यान्डले आफ्नो ढोका खुला राखेको छ। न्युजिल्यान्डमा बस्दै आएका आप्रवासीमध्ये केही शरणार्थी पनि छन् भने अधिकांश सुखद जीवनको खोजीमा त्यहा“ पुगेका हुन्। तर आजसम्म त्यहा“ कुनै प्रकारको साम्प्रदायिक तनाव थिएन। त्यसकारण हालैको घटनामा बन्दूक चलाउने हत्यारा ब्रेनटन तारान्त स्थानीय बासिन्दा नहुनु कुनै आश्चर्यको विषय होइन। २८ वर्षका गोरा अहंकारी तारान्त न्युजिल्यान्डको छिमेकी देश अस्टे«लियाका बासिन्दा हुन्। उनी गोराहरूको संसारको कुनै पनि कुनामा आप्रवासी सुरक्षित नभएको देखाउन चाहन्थे।

न्युजिल्यान्डमा सैन्य शैलीको हतियार प्रतिबन्ध

न्युजिल्यान्ड सरकारले सबै प्रकारका अर्धस्वचालित हतियार र राइफलमाथि प्रतिबन्ध लगाएको छ। केही दिनअघि ५० जनाको ज्यान जाने गरी क्राइस्टचर्चमा रहेका दुई भिन्न मस्जिदमा भएको गोलीकाण्डपछि न्युजिल्यान्ड सरकारले यसअघि सर्वसाधारणलाई हतियार राख्न दिएको व्यवस्थालाई परिवर्तन गरेको हो।

दोस्रो टेस्टमा न्युजिल्यान्डलाई सफलता

निल वाग्नरले उत्कृष्ट प्रदर्शन गर्दै पाँच विकेट लिँदा न्युजिल्यान्डले मंगलबार बंगलादेशविरुद्धको दोस्रो टेस्टमा इनिङ र १२ रनको जित निकालेको छ।

विकल्प बन्दै न्युजिल्यान्डको पढाइ

कक्षा ११ र १२ उत्तीर्ण नहुँंदै हिजोआज धेरै विद्यार्थीको मुख्य योजना विदेशको पढाइ हुने गर्छ। उच्च शिक्षाका लागि विदेशमै गएर पढ्न जाने विद्यार्थीको सपनालाई साकार रूप दिन राजधानीमा धेरै एजुकेसन कन्सल्टेन्सी खुलेका छन्।

न्युजिल्यान्डलाई एकदिवसीय शृंखला

मार्टिन गप्टिलको शतकप्रेरित घरेलु टोली न्युजिल्यान्डले बंगलादेशविरुद्धको दोस्रो एकदिवसीय क्रिकेटमा जित निकाल्दै तीन खेलको शृंखला २–१ ले आफ्नो बनाएको छ।

अन्तिम खेलमा भारत विजयी

भारतले घरेलु टोली न्युजिल्यान्डसँगको पाँच खेलको एकदिवसीय क्रिकेट शृंखला ४–१ ले आफ्नो बनाउँदै आगामी विश्वकपमा उत्कृष्ट हुने संकेत गरेको छ।

न्युजिल्यान्डमा भारतलाई शृंखला

विराट कोहलीको कप्तानीमा रहेको भारतले घरेलु टोली न्युजिल्यान्डविरुद्धको तेस्रो एकदिवसीय क्रिकेटमा ७ विकेटको जित निकाल्दै पाँच खेलको शृंखला ३–० ले आफ्नो पक्षमा पारेको छ। माउन्ट माउन्गानेउमा सोमबारको तेस्रो खेलमा न्युजिल्यान्डले प्रस्तुत गरेको २ सय ४४ रनको लक्ष्य भारतले कप्तान कोहली र रोहित शर्माको अर्धशतकको मद्दतमा ४३औं ओभरमै पूरा गर्दै शृंखला आफ्नो बनायो।

भारतको विजयी सुरुआत

न्युजिल्यान्ड भ्रमणमा रहेको भारतीय टोलीले पाँच एकदिवसीय क्रिकेटमा विजयी सुरुआत गरेको छ। खेलमा भारतका मोहम्मद शमीको उत्कृष्ट बलिङको मद्दतमा बुधबार भारतले डिएल मेथडमा घरेलु टोली न्युजिल्यान्डमाथि ८ विकेटको शानदार जित निकाल्न सफल भएको हो।

नेसामको उत्कृष्ट पुनरागमन, न्युजिल्यान्डद्वारा श्रीलंका पराजित

जिम्मी नेसामले अन्तर्राष्ट्रिय क्रिकेटमा उत्कृष्ट पुनरागमन गरेको दिन बिहीबार न्युजिल्यान्डले पहिलो एकदिवसीय खेलमा श्रीलंकालाई ४५ रनले निराश पारेको छ।

साउथीको अलराउन्ड प्रदर्शन

टिम साउथीको अलराउन्ड प्रदर्शनप्रेरित न्युजिल्यान्ड खराब प्रदर्शनका बावजुद बुधबार पाहुना टोली श्रीलंकाविरुद्धको दोस्रो टेस्टको पहिलो दिन समालिएको छ। साउथीले अर्धशतकीय पारी खेल्दै तीन विकेटसमेत लिएपछि खराब ब्याटिङको सामना गरेको न्युजिल्यान्ड समालिएको हो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्