अशक्तलाई घरमै नागरिकता
शारीरिक रुपमा अशक्त दशरथचन्द नगरपालिका–२ की २२ वर्षीय हिरा बोहरालाई प्रमुख जिल्ला अधिकारीले घरमै पुगेर नेपाली नागरिकताको प्रमाणपत्र दिएका छन्। प्रजिअ चन्द्रप्रसाद गैरेले घरमै गएर बोहरालाई प्रमाणपत्र वितरण गरेका हुन्।
शारीरिक रुपमा अशक्त दशरथचन्द नगरपालिका–२ की २२ वर्षीय हिरा बोहरालाई प्रमुख जिल्ला अधिकारीले घरमै पुगेर नेपाली नागरिकताको प्रमाणपत्र दिएका छन्। प्रजिअ चन्द्रप्रसाद गैरेले घरमै गएर बोहरालाई प्रमाणपत्र वितरण गरेका हुन्।
बैतडीमा हिमपात भएको छ। मौसम बदली भई जिल्लामा आइतवार राती भारी हिमपात भएको हो। हिमपातसँगै बढेको चिसोले जनजीवन प्रभावित छ।
दशरथचन्द नगरपालिका–९, ग्वाल्लेकका वडाध्यक्ष हरिश जोशीले आफ्नो कार्यकक्षमा रहेका प्रमुख जिल्ला अधिकारी चन्द्रप्रसाद गैरेको मोबाइलमा फोन गरे। हतारिएको स्वरमा उनले भने, ‘सर भर्खर यहाँ भूकम्प आयो, धेरै क्षति भएको अनुमान छ।
बैतडीको सुर्नया गाउँपालिका–७ पथ्थरकोटका एक युवाले आफ्नै बाजे र बज्यैको हत्या गरेका छन्।
मेला हेर्ने गएका एक युुवकको भीरबाट खसेर मृत्यु भएको छ भने अन्य तीन घाइते भएका छन्।
दुई वर्षको अवधिमा बैतडीमा ७७ महिला तथा बालबालिका हराएका छन्। जिल्ला प्रहरी कार्यालयका अनुसार आर्थिक वर्ष २०७३/७४ मा ३८ महिला तथा बालबालिका हराएकामा २१ महिला १७ बालबालिका छन्।
बैतडीमा बालविवाह न्यूनीकरण गर्न स्थानीय किशोरी जुट्न थालेका छन्। बालविवाह घटाउन विभिन्न प्रयास गरिएपनि कमी नआएपछि स्थानीय किशोरी सामुहिक रुपमा अग्रसर हुन थालेका छन्।
बैतडीमा गएको चार वर्षमा ११५ जनाले आत्महत्या गरेका छन्। जिल्ला प्रहरी कार्यालय, बैतडीका अनुसार यस जिल्लामा आत्महत्या गर्नेको संख्या हरेक वर्ष क्रमिक रुपले बढ्दै गएको छ।
स्थानीय तहमा जनप्रतिनिधि आएको एक वर्ष पूरा भइसक्दासमेत जनताले भने जस्तै अनुसारको सेवासुविधा पाउन सकेका छैनन्।
पहिरोसँगै भीरबाट खसेको ढुंगा लागेर बैतडीमा एक युवकको मृत्यु भएको छ।
पहिरोसँगै भीरबाट खसेको ढुंगाले लागेर बैतडीमा दुई जना घाइते भएका छन्।
बैतडीको मेलौली नगरपालिकाले विधुर (एकल पुरुष) लाई पनि मासिक भत्ता दिने भएको छ।
बैतडीको दशरथचन्द नगरपालिकमा कार्यरत नासु लष्मी बिष्ट कार्यालय जाँदा सधै त्रासमा हुन्छिन्। कार्यालय पुग्नुअघि कुन दिन सिँढीबाट लडिन्छ सधै डराउनुपर्ने अवस्था छ। शारीरिक रुपमा अपांग बिष्ट जस्तै धेरै सेवाग्राही आपांगमैत्री कार्यालय नहुँदा समस्यामा छन्।
बैतडी–दार्चुला राजमार्ग अवरुद्ध भएको छ। बुधबार बिहान ३ बजे डिलासैनी गाउँपालिका–६ बाँगाबगरमा आएको पहिरोले सडक अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ।
महालक्ष्मी विकास बैंकले दार्चुलाको गोकुलेश्वर र बैतडीको पाटनमा शाखा विस्तार गरेको छ । बैंकको गोकुलेश्वर शाखाको शैल्यशिखर नगरपालिकाका नगर प्रमुख अमरसिंह धामी तथा पाटन शाखाको पाटन नगरपालिकाका नगर प्रमुख केशबबहादुर चन्दले उद्घाटन गरेको बैंकले जनाएको छ।