मासु घाँटीमा अडकिदा एकजनाको मृत्यु
घरमा बसेर मासु खाँदा घाँटीमा अड्किएपछि कञ्चनपुरको कृष्णपुर-२ वाणीका ५६ वर्षीय बहादुर रावलको मृत्यु भएको छ। गुलरियास्थित इलाका प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब निरीक्षक भरतसिंह धामीले मासु खाने क्रममा घाँटीमा अड्िकएर रावलको मङ्गलबार राति मृत्यु भएको बताए।