३१ वैशाख २०८१ सोमबार
image/svg+xml

काभ्रेमा मापदण्डविपरित एम्बुलेन्स सञ्चालन

सरकारले देशभरका एम्बुलेन्स सेवा सञ्चालनका लागि बनाएको ‘राष्ट्रिय एम्बुलेन्स निर्देशिका–२०७८’लाई बेवास्ता गरी जिल्लामा वर्षौँदेखि अधिकांश एम्बुलेन्स मापदण्डविपरीत सञ्चालन भएका हुन्।

कामपाका ११८ औषधि पसल मापदण्डविपरीत

काठमाडौँ महानगरपालिकाले आफ्नो क्षेत्रभित्र सञ्चालनमा रहेका ११८ औषधि पसलले आधारभूत मापदण्डसमेत पालना नगरेको जनाएको छ।

मापदण्डविपरीत भारतले खनेका खाडल पुरिए

नेपाल–भारत सीमा क्षेत्रमा भारतले निर्माण गरेको बाँधजस्तो सडक दाँयाबायाँ अन्तर्राष्ट्रिय मापदण्डविपरीत भारतले रूख रोप्ने खाडल तयार पारेको छ।

अवैध तथा मापदण्डविपरीत क्रसरलाई कारबाहीमा उदासीनता

गत पुसमा नदीजन्य तथा खानीजन्य पदार्थ जिल्ला अनुगमन समितिको उपसमितिले १७ वटा क्रसर तथा बालुवा प्रशोधन उद्योग मापदण्डविपरीत सञ्चालन भएको प्रतिवेदन तयार पारेको थियो।

सडक निर्माणमा गुणस्तरहीन सामग्री प्रयोग

निर्माण कम्पनीले नाफा मात्रै चाहेको र स्थानीय सरकारले बेवास्ता गरेका कारण निर्माणाधीन सडकको पर्खालमा गुणस्तरहीन सामग्री प्रयोग भइरहेको भन्दै स्थानीयले आक्रोश पोखेका हुन्।

मापदण्डविपरीत पशु ढुवानी गर्ने ३६ सवारी कारवाहीमा

चितवनमा मापदण्डविपरीत पशु ढुवानी गर्ने ३६ सवारी साधन कारवाहीमा परेका छन्। चालु आर्थिक वर्षको हालसम्म ३६ सवारी साधनले मापदण्डविपरीत पशु ढुवानी गरेको पशु क्वारेन्टाइन चेक पोष्ट रामनगर चितवनका प्रमुख डा कृष्ण पौडेलले जानकारी दिए।

मापदण्डविपरीत उत्खनन रोक्न प्रहरी परिचालन

खोलानदीबाट नदीजन्य पदार्थ ठेक्का सकार गरेका ठेकेदारले मापदण्डविपरीत उत्खनन गरिरहेको भन्दै चारैतिरबाट विरोध भएपछि बुधबारदेखि प्रहरी परिचालन गरिएको छ।

मापदण्डविपरीत प्रवेशद्वार

बर्दिया र कैलालीको सिमानामा पर्ने चिसापानीस्थित पूर्वपश्चिम राजमार्गमा प्रवेशद्वार (गेट) सडक अतिक्रमण गरी निर्माण भइरहेको पाइएको छ।

मापदण्डविपरीत विदेशीलाई पदक

उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलको कपाल काट्ने लक्ष्मी ठाकुरलाई पनि समाजसेवीका रुपमा पदक सिफारिस गरिएको छ। रक्षामन्त्री आफैं सिफारिस समितिमा बसेर ठाकुरलाई सिफारिस गरेका हुन्।

म्याद सकिएको खाद्य वस्तु बिक्रीमा, अनुगमन जाँदा भागाभाग

जिल्ला सदरमुकाम सल्लेरीमा सञ्चालित अधिकांश मासु पसल मापदण्डविपरीत सञ्चालन भएको पाइएको छ। सोलुदूधकुण्ड नगरपालिका र जिल्ला प्रशासन कार्यालय सोलुखुम्बुले संयुक्तरूपमा गरेको बजार अनुगमनको क्रममा अधिकांश मासु पसल मापदण्डविपरीत सञ्चालन भएको पाइएको हो।

मापदण्डविपरीत सडक बनाउँदा दर्जनौं बस्ती जोखिममा

सभाव्यता अध्ययन, त्यसपछि डिपिआर गरेर मात्र सडक खन्ने प्रावधान लत्याउँदै जहाँ मन लाग्यो त्यहाँ डोजर चलाएर पहाड चिथोर्दा सुदूरपश्चिमका थुप्रै बस्ती जोखिममा परेका छन्।

विद्यार्थी र यातायात व्यवसायीबीच सहमति

यातायात व्यवसायी कम्पनीले कानुनविपरीत सञ्चालित थोत्रा, पुराना र मापदण्डविपरीतका सार्वजनिक यातायातका सवारीसाधन तत्काल हटाउने भएको छ। यस्ता सवारीसाधनले दुर्घटना बढाएको भन्दै जिल्लास्थित विद्यार्थी संगठनहरूले आन्दोलनको कार्यक्रम अघि बढाएपछि दुई पक्षबीच शुक्रबार भएको छलफलमा पाँच बुँदे सहमति भएको होे।

११ महिनामा दुई सयको मृत्यु

सुदूरपश्चिममा साउनयता भएका फरक–फरक सडक दुर्घटनामा दुई सय १२ जनाको मृत्यु भएको छ। ती दुर्घटनामा चार सय ३५ जना गम्भीर घाइते भएका छन्। यस अवधिमा दुई सय १६ दुर्घटना भएका छन्। क्षेत्रीय ट्राफिक प्रहरी कार्यालय धनगढीका प्रहरी उपरीक्षक केदार रजौरेका अनुसार सुदूरपश्चिममा अघिल्ला वर्षको तुलनामा दुर्घटना, घाइते र मृतकको संख्या बढेको छ।

करोडौंको खानेपानी अवरुद्ध

मापदण्डविपरीत सडक खन्दा निर्माण सम्पन्न भएको ठाटीकाँध खानेपानी योजनाको मेन–लाइन क्षतिग्रस्त भएको छ। ठाटीकाँध गाउँपालिकाबाट विसल्ला जाने सडक अन्धाधुन्ध खन्दा उद्घाटन तयारीमा रहेको सो खानेपानी योजनाका पाइपहरू क्षतिग्रस्त भएका हुन्। जथाभावी पाइप काटिएपछि ठाटीकाँध गाउँमा अहिले खानेपानी अवरुद्ध भएको छ। मापदण्डविपरीत सडक खनिएको र जताततै पाइप फुटेको स्थानीय बताउँछन्। ठाटीकाँधमा एक करोड ७८ लाख खर्च गरेर निर्माण भएको खानेपानी योजना सडककै कारण अवरुद्ध हुन पुगेको हो। ठाटीकाँधभरि खानेपानीका दुई सय ६७ धारा छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्