२१ आश्विन २०८१ सोमबार
image/svg+xml

श्रीलंकाले चीनलाई हम्बनटोटा बन्दरगाह प्रयोग गर्न दिने

श्रीलंकाले हम्बनटोटा समुद्री बन्दरगाह चीनलाई प्रयोग गर्न दिने भएको छ। हम्बनटोटा विकास तथा नियन्त्रण आयोजनाका लागि दुई देशबीच १.१ अर्ब डलरको सम्झौतामा हस्ताक्षर भएको छ।

नेपालको विकासका लागि हामी चीन र भारत दुवै परस्त: दाहाल

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले वाम गठबन्धन धेरै दिन नरहने र चाँडै नै एमाले र माओवादीबीच एकीकरण हुन लागेको बताएका छन् ।

चीनले ८.१ प्रतिशतले बढायो सुरक्षा बजेट

चीनले आफ्नो सैन्य तयारीलाई चुस्तदुरुस्त पार्न सन् २०१८ का लागि सुरक्षा बजेटमा गतबर्षको सात प्रतिशतबाट बढाएर ८.१ प्रतिशत पुर्याएको छ। चीनको राष्ट्रिय व्यवस्थापिकामा सोमबार प्रस्तुत गरिएको नयाँ बजेटमा एक खर्ब ७५ अर्ब अमेरिकी डलरको सुरक्षा खर्च छुट्टाइएको हो।

के भुटान चीनसँग नजिकिँदै छ ?

हिमाली क्षेत्रमा रहेको भुटान तीनतिरबाट भारतसँग र एकतिरबाट चीनसँग जोडिएको छ । एसियाका दुई शक्ति भारत र चीनबीच रहेको करिब आठ लाख मानिस बसोबास रहेको यो अधिराज्य भारतका लागि धेरै नजिक छ।

चीनतर्फका नाका खोल्ने तयारी

कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले अन्तर्राष्ट्रिय व्यापारिक सम्बन्ध स्थापनाका लागि चीनसँगका नाका खोल्ने तयारी भइरहेको बताएका छन् । उनले चीनसँग सीमा जोडिएका डोल्पा, मुगु र हुम्लाका नाका सञ्चालनमा ल्याउने निर्णय गरिएको बताउँदै केही महिनाभित्रै ती नाकाहरु सञ्चालनमा आउने बताए।

चीन र भारत जोड्न सात अन्तरदेशीय प्रसारण लाइन

सरकारले दुई छिमेकी मुलुकसँग विभिन्न सात नाकाबाट अन्तरदेशीय प्रसारण लाइन निर्माणलाई रणनीतिकरुपमा अगाडि बढाउने भएको छ।

बुके बोकेर बालुवाटारमा चीन र भारतका राजदूत

प्रधानमन्त्री केपी शर्मा ओलीले शुक्रबार ६८ औं जन्मदिन मनाए। प्रधानमन्त्री निवास बालुवाटारमा एमालेले पार्टीको स्थायी कमिटी बैठकको आयोजना गरेको थियो। त्यही बैठकमा उनले केक काटे। पार्टीका नेताहरुले उनलाई ‘ह्याप्पी वर्थ डे कमरेड’ भन्दै तालि बजाए।

अमेरिका, चीन र भारतका सैनिकलाई नेपाली सेनाले दियो तालिम (फोटो फिचर)

विश्वका शक्तिशाली मुलुकका सेनाका लागि शिवपुरीस्थित आर्मी कमाण्ड एण्ड स्टाफ कलेज उच्च शिक्षा हासिल गर्ने आकर्षणको केन्द्र बन्न पुगेको छ।

दोक्लममा चीनको बढ्दो सैन्य उपस्थितीले भारतमा चिन्ता

दोक्लममा चीनको बढ्दो सैन्य उपस्थितीलाई लिएर भारतमा चिन्ता बढेको छ। भारतीय नौसेना प्रमुख सुनील लाम्बाले चीनको तीव्र गतिमा भइरहेको आर्थिक र सैन्य क्षमता बृद्धि भारतका लागि खतरनाक हुनसक्ने भन्दै चिन्ता व्यक्त गरेका हुन्।

टेर्राकोट्टा योद्धाको बुढी औंला चोरी भएकोमा चीन रुष्ट

संयुक्त अधिराज्य अमेरिकामा प्रदर्शनमा राखिएको चिनियाँ टेर्राकोट्टा योद्धाको मुर्तीको बुढी औंला चोरी भएको भन्दै चीन रुष्ट भएको छ । फिलादेफेलियास्थित फ्रयांकलीन इन्सिच्युटले भाडामा लिएको १० वटा मुर्तीमध्ये करिब ४५ लाख डलर बराबरको दुई हजार वर्ष पुरानो मुर्तीको बुढी औंला चोरी गरेको आरोप लागेका एक व्यक्तिविरुद्ध कडा सजाय दिन मागसमेत गरिएको चिनियाँ सञ्चारमाध्यमलाई उद्धृत गर्दैै बिबिसीले जनाएको छ।

प्रधानमन्त्री ओलीको भ्रमण गराउन भारत र चीनको प्रतिस्पर्धा ?

नेपालको प्रधानमन्त्रीमा दोस्रोपटक नियुक्त भएका केपी शर्मा ओलीप्रति छिमेकी र अन्य मित्र राष्ट्रहरुले यतिखेर बधाईको ओइरो लाएका छन्। छिमेकी देशले त उनसँग मिलेर कामगर्न आफूहरु उत्साही भएको बताएका छन्।

मोदीप्रति चीन आक्रोशित

बेइजिङ– भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीप्रति चीनले बिहीबार आक्रोश पोखेको छ ।चीनले पनि आफ्नो भन्दै दाबी गर्दै आएको भारतकोे ग्रामीण अरुणाञ्चल राज्यमा मोदीले भ्रमण गरेको भन्दै बेइजिङले आक्रोश पोखेको समाचार एजेन्सी रोयटर्सले जनाएको छ ।चीनले विवादलाई थप जटिल बनाउने गतिविधि नगर्नसमेत भारतलाई चेतावनी दिएको छ ।

ओलीलाई चीनको बधाई, बंगलादेश भ्रमणको निम्तो

नवनियुक्त प्रधानमन्त्री केपी शर्मा ओलीलाई चीनले बधाई दिएको छ। चीनका प्रधानमन्त्री ली खछ्याङले विहीबार बधाई सन्देश पठाउँदै प्रधानमन्त्री ओलीको कार्यकालमा चीन–नेपाल सम्बन्धलाई अझ सुदृढ तुल्याउनका साथै पारस्परिक लाभका द्विपक्षीय सहयोगका क्षेत्रमा मिलेर काम गर्ने बताएका छन्।

चीनमा ‘दंगल’ पछ्याउँदै ‘सिक्रेट सुपरस्टार ’

बलिउड फिल्मले हालका दिनमा भारतमा मात्र होइन चीनमा पनि आफ्नो दबदबा कायम राख्न थालेका छन् । फिल्म रिलिजको तेस्रो हप्तामा भारतमा सञ्जय लीला भन्सालीको ‘पद्मावत’ र चौथो हप्तामा चीनमा आमिर खानको ‘सीक्रेट सुपरस्टार’ले बक्स अफिस कलेक्सनको मामलामा सुनको अण्डा पारिरहेका छन् ।

चीनको लगानीमा पर्यटकीयस्थल निर्माण गरिने

भगवान गौतमबुद्धको अष्टधातु रहेको बर्दघाट–सुस्ता पश्चिम रामग्राम स्तूप आसपासका क्षेत्रमा चीन सरकारले पर्यटन प्रवद्र्धनमा करिब रु १ अर्ब ५० करोड बराबरको आर्थिक लगानी गर्ने भएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्