१० जेष्ठ २०८१ बिहीबार
image/svg+xml

अनियमितताविरुद्ध अभियान

नेपालमा भ्रष्टाचार र घूस सामान्य भइसकेका छन् । कुनै सरकारी कर्मचारीले घूस नलिइ केही काम गरिदियो भने आश्चर्य मान्नुपर्ने अवस्था छ ।

घूस लिनेमा उपसचिव स्तरका कर्मचारी बढी

आयोगका प्रवक्ता नारायणप्रसाद रिसालले एउटै मुद्दामा पनि एक व्यक्ति धेरैपटक गन्ती हुँदा उपसचिव स्तरको कर्मचारीमाथि बढी मुद्दा लागेको देखिएको बताए।

घूससहित मालपोत प्रमुख र अमिन पक्राउ

करिब ३८ कट्ठा जग्गा आफ्नै बाबुबाट श्रीमती, छोरा र छोरीको नाममा अंशबन्डा गरिदिन भन्दै सेवाग्राही वडा कार्यालय तथा मालपोत पुगेका थिए। जग्गाको अशंबन्डा नभई प्लटिङ गर्न लागेको भन्दै सेवाग्राहीसँग कार्यालय प्रमुख र अमिनले घूस मागेका थिए।अशंबन्डा गर्दा पनि घूस मागेको भन्दै सेवाग्राहीले अख्तियारमा उजुरी गरेका थिए।

उपभोक्ता समितिसँग डेढ लाख घूस माग्ने दुई वडा सदस्य पक्राउ

उपभोक्ता समितिलाई कार्य सम्पन्न सिफारिश गरिदिए वापत रु. १ लाख ५० हजार माग गरिरहेको भन्ने सूचना र उजुरीका आधारमा आयोगको कार्यालय बर्दिवासबाट खटि गएको टोलीले पक्राउ गरेको थियो।

घूससहित सब इन्जिनियर पक्राउ

आयोगले सामाजिक विकास मन्त्रालय वाग्मति प्रदेश अन्तर्गतको सार्वजनिक निर्माण कार्यान्वयन इकाई गजुरी धादिङमा कार्यरत सव इन्जिनियर(करार) विनोद सापकोर्टाले सेवाग्राहीसँग घूस लिएको अवस्थामा पक्राउ गरेको जनाएको हो।

पाँच महिनाअघि सेवाग्राहीसँग घूसः ५ महिनापछि पुष्टि, प्रहरी जवान पक्राउ

अनुसन्धानको सिलसिलामा ईलाका प्रहरी कार्यालय सितागञ्जमा कार्यरत प्रहरी जवान यादवले हिरासतमा रहेको व्यक्तिलाई छुटाई दिन्छु भनी सेवाग्राहीसँग ६० हजार रुपैयाँ घूस माग गरी लिएको पुष्टि हुन आएको अख्तियारले जनाएको छ।

गेष्ट हाउसमा छापा मार्ने क्रममा प्रहरीलाई घूसको अफर!

प्रहरीलाई घुस दिन खोज्ने एक महिलालाई महानगरीय प्रहरी वृत्त महाराजगञ्जले पक्राउ गरेको छ ।

भारतमा घुस लिएको रकम फिर्ता गर्न मुख्यमन्त्रीकाे आदेश

भारतको पश्चिम बङ्गाल राज्यकी मुख्यमन्त्री ममता बेनर्जीले आफू मातहतका मन्त्रीहरूलाई सर्वसाधारणहरूले सरकारी सुविधा उपभोग गर्नका लागि घुस दिएको रकम फिर्ता गर्न आदेश दिएकी छन्।

न्यायाधीश ढकालविरुद्ध रिट दायर, भोलि पेशी

सेवाग्राहीसँग घूस लिएको आरोपमा उच्च अदालत जनकपुरका न्यायाधीश लेखनाथ ढकालविरुद्ध सर्वोच्च अदालतमा रिट दायर भएको छ। न्यायाधीश ढकालविरुद्ध काभ्रेका उमेश बानियाँले सर्वोच्चमा मुद्दा दायर गरेका हुन् । उनीमाथि सेवाग्राही बाँनियाले १८ लाख घूस लिएको आरोप लगाउँदै रिट दायर गरेका हुन्।

‘भ्रष्टाचार, घूसखोरी, नातावाद, कृपावाद अब चल्नेवाला छैन’

गृहमन्त्री रामबहादुर थापाले भ्रष्टाचारलाई जरैदेखि उखेलेर नफालेसम्म मुलुकको विकास हुन नसक्ने बताएका छन्। ‘भ्रष्टाचार, घूसखोरी, नातावाद, कृपावाद अब मुलुकमा चल्नेवाला छैन,’ उनले भने।

घूसको रकमसहित इन्जिनियर यादव पक्राउ

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले आज साँझ सिरहाको लहानबाट घूस लिएको आरोपमा जिल्ला प्राविधिक कार्यालय, सिरहाका इन्जिनियर रामबहादुर यादवलाई पक्राउ गरेको छ।

पचास हजार घूससहित प्रहरी अधिकृत पक्राउ

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले रु पचास हजार घूस लिँदालिँदै नेपाल प्रहरीका एक अधिकृतलाई रंगेहात पक्राउ गरेको छ।

नापी अधिकृत घूससहित पक्राउ

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले २ नं नापी कार्यालय टीकाथलीका नापी अधिकृत प्रेमचन्द्र झालाई रु एक लाख ५० हजार घूससहित नापी कार्यालय परिसरबाटै आज पक्राउ गरेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्