६ आश्विन २०८१ आइतबार
image/svg+xml

नेपाल र म्यान्मारबीच व्यापार सम्झौता

नेपाल र म्यान्मारबीच व्यापार र लगानीसम्बन्धी सम्झौतामा हस्ताक्षर भएको छ । प्रधानमन्त्री केपी शर्मा ओली र नेपालको औपचारिक भ्रमणमा रहेकी म्यान्मारका स्टेट काउन्सिलर आङ साङ सु कीको उपस्थितिमा व्यापार सम्झौतामा हस्ताक्षर भएको हो।

रोहिन्जाको राप

म्यान्मारको रखिन प्रान्तमा सन् २०१६ मा चर्किएको हिंसाका कारण साढे सात लाख अल्पसंख्यक रोहिन्जा शरणार्थी बंगलादेश, भारत, नेपाललगायतका मुलुकमा पुगेका छन् । रोहिन्जाको सबैभन्दा ठूलो संख्या बंगलादेशमा छ । भारतमा ४० हजार रोहिन्जा प्रवेश गरेको तथ्यांक छ।

‘रोहिन्जाविरुद्धको दुर्व्यवहार छानबिन गर्न म्यान्मार अनिच्छुक’

म्यान्मारका रोहिन्जा समुदायका नागरिकमाथि भएको ज्यादतिको अनुसन्धान गर्न म्यान्मार अनिच्छुक रहेको आरोप संयुक्त राष्ट्रसंघीय अधिकारवादीले लगाएका छन्।

प्रधानमन्त्री ओली र म्यान्मारका राष्ट्रपतिबीच भेटवार्ता

प्रधानमन्त्री केपी शर्मा ओली र म्यान्माका राष्ट्रपति विन मिन्तबीच द्विपक्षीय भेटवार्ता भएकाे छ। बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास (बिम्स्टेक)को चौथो शिखर सम्मेलनका क्रममा उनीहरुबीच द्विपक्षीय वार्ता भएको हो।

के म्यान्मारको सेना सजायको भागिदार हुनेछ ?

संयुक्त राष्ट्रसंघीय समितिले म्यान्मारको सैनिक नेतृत्वलाई रोहिङग््या जातीविरुद्ध भएको भनिएको अपराधमा न्यायालयको सामना गर्नुपर्ने बताएको छ। यहाँको सेना कारबाहीको भोगी होला भन्ने बिषय लामो र जटिल छ। आफ्नो सहयोगीविरुद्ध ल्याइने कुनै पनि कारबाहीको मागलाई अन्तर्राष्ट्रिय फौजदारी अदालतमा लान चीनले अवरोध सिर्जना गर्न सक्छ।

राष्ट्रसंघीय अनुसन्धान प्रतिवेदनप्रति म्यान्मारको आपत्ति

संयुक्त राष्ट्र संघका अनुसन्धाताले म्यान्मारका रोहिङ्ग्या अल्पसंख्यकमाथि जातीय नरसंहार गरेको भनी सार्वजनिक गरेको प्रतिवेदनप्रति म्यानमार सरकारले आपत्ति जनाएको छ। गएको सोमबार संयुक्त राष्ट्रसंघीय मानवअधिकार परिषद्ले एक प्रतिवेदन सार्वजनिक गर्दै म्यान्मारका सेनाप्रमुख र पाँचजना उच्च सैनिक कमान्डरले रोहिङ्ग्यामाथि सामान्य ज्यादति मात्र नभई नरसंहार नै गरेको जनाएको थियो।

फूलमानको ‘नीरफूल’मा म्यान्मारका राजदूत दम्पती

सञ्चारकर्मी फूलमान बलको निर्देशन रहेको फिल्म ‘नीरफूल’मा म्यान्मारका राजदुत ऊ लिउन ऊ देखिने भएका छन् । भूकम्पले तितर वितर पारेको एउटा परिवारका सदस्यहरुले पुर्नमिलनको लागि गरेको संघर्षमा आधारित फिल्ममा राजदुत दम्पतीले विशेष भूमिकामा अभिनय गरेका हुन् ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्