४ आश्विन २०८१ शुक्रबार
image/svg+xml

पूर्वी चितवनबाट आउने सवारीलाई नारायणगढसम्म जान दिन माग

पूर्वी चितवनबाट नारायणगढसम्म सञ्चालन हुने सार्वजनिक यातयातका साधन विगत आठ महिनादेखि भरतपुरको केन्द्रीय बसपार्कमा रोकिन थालेपछि पूर्वी चितवनवासीले असहज महसुस गरेका छन्। नारायणगढसम्म पुग्नुपर्ने सवारी बीचमै झरेर अर्को सवारीसाधन खोज्नुपर्दा पूर्वी चितवनबासीले असहज महसुस गरेका हुन्।

रत्ननगर महोत्सवमा कृषि र माछा उत्पादनमा जोड दिइने

उद्योग वाणिज्य सङ्घ, रत्ननगरको आयोजनामा हुन लागेको उक्त महोत्सवमा बृहत् व्यावसायिक कृषि प्रदर्शनी तथा प्रतियोगिता, ताजा तरकारी, थोपा सिँचाइ प्रविधि, केरा, च्याउ, दुग्धजन्य पदार्थ, पोल्ट्री, महसँगै चितवनमा प्रवल सम्भावना भएका कृषि तथा पशुजन्य व्यवसायलाई विशेष जोड दिइने छ।

सुजिता भण्डारी मृत्यु प्रकरणः पूर्वी चितवनमा बुधबार बेलुकासम्म कर्फ्यू जारी

पूर्वी चितवनमा बुधबार बेलुकीसम्मका लागि कर्फ्यू जारी गरिएको छ। सुजिता भण्डारीको हत्यारालाई पक्राउ गरी कारबाही गर्न माग गर्दै पूर्वी चितवनमा गरिएको प्रदर्शन उग्र बनेपछि कर्फ्यू लगाइएको हो।

पूर्वी चितवनमा पहिरोले दुईको मृत्यु, तीन बेपत्ता

पूर्वी चितवनको राप्ती र कालिका नगरपालिकामा पहिरोले बगाएर दुई जनाको मृत्यु र तीन जना बेपत्ता भएका छन्।

चितवन ट्र्याक्टर दुर्घटना: मृत्यु हुनेको सङ्ख्या ६ पुग्यो

पूर्वी चितवनको राप्ती नगरपालिका–११ मा मजदूर बोकेको ट्र्याक्टर दुर्घटना हुँदा मृत्यु हुनेको सङ्ख्या ६ पुगेको छ। जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार आज बिहान उपचारका क्रममा थप एक जनाको मृत्यु भएको हो।

गैँडाको आक्रमणबाट एक घाइते

पूर्वी चितवनमा गैँडाको आक्रमणबाट एक जना घाइते भएका छन्। घाइते हुनेमा रत्ननगर नगरपालिका–७ पिपरीयाका ६७ वर्षीय फिरुला महतो रहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्