४ आश्विन २०८१ शुक्रबार
image/svg+xml

गण्डकी प्रदेशमा डेंगीः अहिलेसम्मकै बढी संक्रमित

असोज ८ गतेसम्म तनहुँमा डेंगी संक्रमितको संख्या १७ सय १४ थियो । त्यो संख्या मंगलबार (८ दिनपछि) ३३ सय ५३ पुगेको छ। एकसाता अन्तरमा संख्या दोब्बर हुनेगरि तनहुँमा डेंगी संक्रमण तिब्र बनेको छ। तनहुँ सदरमुकाम दमौली सबैभन्दा बढी अहिले डेंगीबाट प्रभावित बनेको छ। डेंगी लामखुट्टेको टोकाइबाट सर्ने रोग हो। अहिलेसम्म गण्डकी प्रदेशमा सबैगरि डेंगी संक्रमितको संख्या ४ हजार १ सय ७८ पुगेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्