२ वैशाख २०८२ मंगलबार
image/svg+xml १३:५३ अपराह्न

भाजपा नेपाल र श्रीलंकामा सरकार बनाउने योजनामा रहेको दाबी

भारतको त्रिपुरा राज्यका मुख्यमन्त्री विप्लव देवले भारतीय जनता पार्टी (भाजपा) का पूर्वअध्यक्ष एवं गृहमन्त्री अमित शाहले भाजपाले नेपाल र श्रीलंकामा सरकार बनाउने योजना सुनाएको बताएका छन्।

गोपाल खड्कालाई उच्च अदालत झिकाउन आदेश

नेपाल रिपब्लिक मिडिया प्रालिका प्रबन्ध निर्देशक विनोदराज ज्ञवालीलाई गालीबेइज्जती गरेको अभियोगमा नेपाल आयल निगमका पूर्वअध्यक्ष तथा कार्यकारी निर्देशक गोपाल खड्कालाई उच्च अदालत पाटनमा झिकाइएको छ।

शेखर कोइरालाको प्रश्न : कालीबहादुर खामलाई प्रहरीले खोज्ने, प्रधानमन्त्रीले बालुवाटारमै भेट्ने ?

नेपाली कांग्रेसका प्रभावशाली नेता डा.शेखर कोइरालाले नेकपाको ओली समूह अपराधीहरुको भर्ती केन्द्र भएको आरोप लगाएका छन्।

तस्बिरमा हेर्नुहोस् कांग्रेसको विरोध प्रदर्शन

नेपाली कांग्रेसले प्रतिनिधिसभा विघटनको विरोधमा सोमबार देशभर विरोध प्रदर्शन गरेको छ। पार्टी केन्द्रीय समितिको माघ १३ गतेको निर्णयअनुसार कांग्रेसले सोमबार ७७ वटै जिल्लामा प्रदर्शन गर्न गरेको हो।

संसद पुनःस्थापना कांग्रेसको एक मात्र एजेण्डा हो, वैशाखमा चुनाव हुन्न : शशांक कोइराला

नेपाली कांग्रेसका महामन्त्री डा. शशांक कोइरालाले आगामी वैशाख १७ र २७ गते निर्वाचन हुनै नसक्ने बताएका छन्। चुनाव हुन्छ कि भन्ने सम्भावना कांग्रेसका कोहि कसैले पनि गर्न नहुने उनको भनाई छ।

मौद्रिक नीतिको अर्धवार्षिक समीक्षा कर्जा भुक्तानीको अवधि असार मसान्तसम्म

नेपाल राष्ट्र बैंकले कोरोना महामारीका कारण प्रभावित उद्योगी, व्यवसायीलाई कर्जा भुक्तानी गर्ने अवधि असार मसान्तसम्म थप गरेको छ। यसअघि गरिएको व्यवस्था अनुसार पुस मसान्तसम्म ऋणीले कर्जा भुक्तान गर्न नसकेपछि राष्ट्र बैंकले यस्तो व्यवस्था गरेको जनाएको छ।

अपांगतालाई परिवारको सहयोग

जन्मजात अपांगता भएपछि आफन्त, छिमेकीको कटु बोली, नकारात्मक व्यवहार उनको परिवारले वर्षौंदेखि भोग्दै आइरहेका छन्। तर, त्यसको कुनै प्रवाह नगरि शन्तमाया छोरीको हेरचाह, रेखदेख र पढाइमा ध्यान दिँदै आएकी छिन्। ‘

लिखित संविधानमा नलेखिएका अधिकार कहाँबाट आए ?

सर्वोच्च अदालतमा प्रतिनिधिसभा विघटनविरुद्ध चलिरहेको सुनुवाइमा जबाफी बहस गर्ने कानुन व्यवसायीले सरकार पक्षका वकिलहरूले संविधानका धाराको अप्रासंगिक व्याख्या गरेको जिकिर गरेका छन्। उनीहरूले लिखित संविधान भएको अवस्थामा नलेखिएको कुनै पनि अन्तर्निहित अधिकार प्रधानमन्त्रीलाई नभएको जबाफ दिएका छन्।

अब देउबालाई बिदाई गर्नैपर्छ : महामन्त्री कोइराला

‘उहाँले महाधिवेशनको मिति तय गरिसकेपछि विभागहरु गठन गर्नु भयो, उहाँले यो राम्रो गर्नु भएन,’ कोइरालाले भने ‘अब आउँदो अधिवेशनबाट देउबा जिलाई बिदाई गर्नु पर्छ ।’

प्रतिनिधिसभा विघटनको विरोधमा उत्रन सबै लोकतन्त्रवादीलाई देउवाको आग्रह

प्रतिनिधिसभा विघटनको विरोधमा उत्रन सम्पूर्ण लोकतन्त्रवादीलाई नेपाली कांग्रेसले आग्रह गरेको छ। पार्टी सभापति शेरबहादुर देउवाले विज्ञप्ति जारी गर्दै समस्त लोकतन्त्रवादीमा भोलिको विरोध प्रदर्शनमा व्यापक सहभागी भएर असंवैधानिक र अलोकतान्त्रिक कदमका विरुद्ध एक्यवद्धता प्रकट गर्न अपील गरेका छन्।

नेपाली भलिबल: गण्डकी र पुलिसलाई उपाधि

नेपाली भलिबलमा विभागीय वर्चस्वलाई तोड्दै गण्डकी प्रदेशले शनिबार प्रथम टाइगर कप क्लब च्याम्पियनसिप भलिबलमा पुरुषतर्फको उपाधि जितेको छ।

सगरमाथा, बुद्धजस्तै जनयुद्ध पनि देशको पहिचान : पौडेल

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) दाहाल–नेपाल समूह स्थायी कमिटी सदस्य देवेन्द्र पौडेल (सुनिल)ले जनयुद्ध पनि देशको पहिचान बनेको बताएका छन्। तत्कालीन नेकपा माओवादीले २०५२ साल फागुन १ गते सुरु गरेको जनयुद्धको सम्झनामा नेकपा कास्कीले शनिबार पोखरामा आयोजना गरेको जनयुद्ध दिवसको शुभकामना आदानप्रदान तथा चियापन कार्यक्रममा बोल्दै नेकपा गण्डकी प्रदेश ईञ्चार्जसमेत रहेको नेता पौडेलले नेपालको पहिचान जनयुद्ध पनि भएको बताएका हुन्।

केपी ओलीले सिंगो देशलाई संकटमा पुर्‍याए : नेपाल

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) दाहाल–नेपाल समूहका अध्यक्ष माधवकुमार नेपालले प्रधानमन्त्री केपी शर्मा ओलीले सिंगो देशलाई नै संकटमा पुर्‍याएकाले आन्दोलनमार्फत सही ट्र्याकमा ल्याउने दाबी गरेका छन्। उनले प्रधानमन्त्री ओली निरंकुश ढंगले तानाशाही तरिका अपनाएर श्री ३ महाराज जस्तै शासन सञ्चालन गर्न चाहेको बताए।

संसद् पुनःस्थापना भए अस्थिरता : प्रधानमन्त्री

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को ओली समूहले शनिबार बुटवलमा शक्ति प्रदर्शन गर्‍यो। सिद्धेश्वर उच्च मावि प्रांगणमा आयोजित सभालाई सम्बोधन गर्दै पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले पुष्पकमल दाहाललाई जनसभा कस्तो हुन्छ भनेर हेर्न बुटवल आउन आग्रह गरे। सुरुमै उनले केही दिनअघि देशभरबाट केही मान्छे जम्मा गरेर आफूलाई ललकार्नेहरूलाई बुटवलको जनसभाले जवाफ दिएको बताए। उनले बुटवलको सभालाई आफ्नो पक्षमा उर्लिएको जनमतका रूपमा व्याख्या गरे।

शान्ति सम्झौतालाई सफल पार्न हामीले खेलेको भूमिका युगान्तकारी छ: प्रचण्ड

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का प्रचण्ड–नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले युद्धकालिन समयमा भएको बलिदानी संगै शान्ति सम्झौता, सेना समायोजन, हतियार व्यवस्थापनको साथै शान्ति सम्झौतालाई सफल पार्न आफूहरुले खेलेको भूमिका लगायत सबै काम युगान्तकारी भएको टिप्पणी गरेका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्