२० आश्विन २०८१ आइतबार
image/svg+xml

गाउँपालिकाकाे लापरवाहीका कारण सामाजिक सुरक्षा भत्ता पाइएन

जिल्लाको पुर्वी करान भेगमा पर्ने मुगुम कार्मारोङ्ग गाँउपालिकामा सामाजिक सुरक्षा भत्ता नपाइएको गुनासो आएको छ।

मुगुमा स्याउ उत्पादन घट्यो

मुगुमा आर्थिक वर्ष २०७४–०७५ भन्दा आर्थिक वर्ष २०७५–०७६ मा स्याउ उत्पादनमा कमि आएको छ। अघिल्लो वर्ष १५ मेट्रिक टन स्याउ उत्पादन भएपनि ४ मेट्रिक टन मात्र निर्यात भएको थियो भने यो वर्ष गएको आर्थिक वर्षभन्दा ७० प्रतिशतले स्याउको उत्पादनमा ह्रास आएको छ।

मुगुको एक गाउँमा भिषण आगलागी, १७ घर जलेर नष्ट

मुगुको कार्मारोङ्ग गाउँपालिकाको वडा वडा नं ४ किम्री गाउँमा बिहीबार बिहान भएको आगलागीमा परी १७ घर जलेर नष्ट भएका छ।

मुगुको मुगुम कर्मारोङ्गमा आगलागी, १९ घर जलेर ध्वस्त

मुगुम कार्मारोङ्ग गाउँपालिका वडा नम्बर ३ किम्री गाउँमा आगलागी हुँदा उन्नाइस घर पूर्ण रुपमा जलेर नष्ट भएका छन।

स्वास्थ्यकर्मी विहीन मुगुकाे प्रसुतिगृह

मुगुको पुर्वी मुगुम कार्मारोङ्ग गाउँपालिकामा सुरक्षित प्रसुति सेवा, गर्भवती चेक जाँचका लागि लाखौँ रकम खर्च गरेर प्रसुति गृहका भवनहरू बनेका छन तर स्वास्थ्यकर्मी नहुँदा ति भवनहरू बेकामे बनेका छन् । भवन बेकामे बनेपनि सरोकारवाला निकाय मौन देखिएका छन्।

मुगुमा विप्लव बन्दको प्रभाव

नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले आह्वान गरेको नेपाल बन्दले मुगुको जनजीवन प्रभावित भएको छ। बन्दका कारण जिल्लाका सबै सामुदायिक विद्यालय, संस्थागत विद्यालयमा बन्द भएका छन्।

विप्लव माओवादीले हुम्ला र मुगुको खाद्यान्न रोके

हुम्ला र मुगुका लागि पठाइएको खाद्यान्नमा बढी कर लगाइएको भन्दै विप्लव माओवादीले खाद्यान्न सामाग्री बीच बाटोमै कब्जा गरेका छन्।

मुगुमा कर्णाली स्वास्थ्य प्रतिष्ठानको विशेषज्ञ शिविर

जिल्लामा देखिएको स्वास्थ्य अवस्थालाई सुधार गर्न अबदेखि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानले जिल्ला अस्पताल मुगुमा नियमित विशेषज्ञ स्वास्थ्य शिविर सञ्चालन गर्ने भएको छ।

मुगुका उच्च हिमाली भेगमा हिमपात

मंगलबार बिहानै देखि जिल्लाका उच्च हिमाली क्षेत्रमा हिमपात भएको छ ।  विहानै देखि हिमपात सुरु भए पछि वातावरण निकै चिसो बन्दा जन जिवन कष्टकर बनेको छ । हिउँदमा जति बढी हिमपात हुन्छ त्यति नै हिउँदेबाली उत्पादनमा वृद्धि हुने हुँदा कृषकहरू भने उत्साहित बनेका छन् । जिल्लाका पुर्वी करान क्षेत्रको मुगुम कार्मारोङ गाउँपालिकाका मुगु, डोल्फु, चिताई, किम्री, सेरोग, दाउरा लगायतका सबै बस्तीहरूमा बिहानै देखि हिमपात भइरहेको छ।

काँग्रेस उम्मेदवारको घरमा बम

भर्खरै मंसिर दश गते सम्पन्न भएको निर्वाचनमा नेपाली काँग्रेसबाट प्रतिनिधि सभा सदस्य उम्मेदवार बनेका पूर्व शिक्षा राज्य मन्त्रि हस्तबहादुर मल्लको घरमा बम फेला परेको छ।

मुगुका जनताको प्रश्न: सिंहदरवारको अधिकार गाउँमा कि सदमुकाममा ?

लामो समयसम्म स्थानीय तह जनप्रतिनीधी विहिन हुँदा त्यहाँको सम्पूर्ण काम गाविस सचिवहरुले धानेका थिए। गाविस सचिव सदरमकाममै बस्दा स्थानीयले गाउँको काम गर्न बजारनै झर्नुपर्ने बाध्यता थियो।

मुगुको नगरपालिकामा कांग्रेस, गाउँपालिकामा एमाले अग्रता

स्थानीय तह निर्वाचनको प्रारम्भिक मत परिणाम अनुसार नगरपालिका क्षेत्रमा नेपाली काँग्रेसले अग्रता लिएको छ भने प्राप्त एक गाउँपालिकाको परिणाम अनुसार नेकपा एमालेले अग्रता लिएको छ।

मुगुमा ७३ प्रतिशत मत खस्यो, मतगणना सोमवारबाट मात्र

जिल्लाभरका तीन गाउँपालिका र एक नगरपालिकामा आईतवार भएको स्थानीय तहको निर्वाचनमा कुल ७३ दशमलव ७ प्रतिशत मत खसेको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ।

मुगुमा ६० प्रतिशत मतदान, सोरु गाउँपालिकाको वडा नम्बर तीनमा मतदान सकियो

जिल्लाको उत्तरी क्षेत्रमा पर्ने सोरु गाउँपालिकाको वडा नम्बर तीन भाम गाउँमा रहेको मतदान केन्द्रमा मतदान सकिएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्