२३ आश्विन २०८१ बुधबार
image/svg+xml

पाकिस्तानमा वर्षाका कारण १६४ को मृत्यु

पाकिस्तानमा यस वर्षको मनसुनी वर्षाजन्य दुर्घटनाका कारण करिब १६४ व्यक्तिको मृत्यु भएको समाचार छ।

पाकिस्तानको सैनिक कारबाहीमा दश आतङ्ककारी मारिए

पाकिस्तानको उत्तरपश्चिमी प्रान्त बलुचिस्तानमामा सुरक्षाबलले गरेको भीषण कारबाहीमा कम्तीमा १०आतङ्ककारी मारिएका स्थानीय सञ्चार माध्यमले शुक्रबार जानकारी दिएको छ।

नेपाल-पाकिस्तान सम्बन्ध बलियो बनाउनुपर्ने

उपप्रधान तथा परराष्ट्रमन्त्री कृष्णबहादुर महराले नेपाल र पाकिस्तानबीच रहेको मैत्रीपूर्ण सम्बन्धलाई थप मजबुत बनाउन आपसी हितमा हुने राजनीतिक, आर्थिक लगायतका गतिविधिमा संलग्नता बढाउनु पर्ने बताएका छन्। नेपाल–पाकिस्तान मैत्री तथा सांस्कृतिक संघले पाकिस्तानको ७१ औं स्वतनत्रता दिवसको अवसरमा सोमबार राजधानीमा आयोजना गरेको एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले आउँदा दिनमा नयाँ सहयोगका ढोका खोजी गर्नुपर्ने जनाए।

आयोजक इङ्ल्यान्डलाई हराउँदै पाकिस्तान फाइनलमा

आयोजक इङ्ल्यान्डलाई बुधबार ८ विकेटले पराजित गर्दै पाकिस्तान च्याम्पियन्स ट्रफीको फाइनलमा प्रवेश गरेको छ।  इङ्ल्यान्डले दिएको २ सय १२ रनको विजयलक्ष्य पाकिस्तानले ३७.१ ओभरमा २ विकेट गुमाउँदै पूरा गरेको थियो।

विदेशमन्त्री स्वराजको हस्तक्षेपपछि पाकिस्तानी दम्पत्तिले पाए ‘मेडिकल भिसा’

पाकिस्तानको एक दम्पत्तिले भारतमा उनीहरुको चार महिने शिशुको उपचारका लागि मेडिकल भिसा (प्रवेशाज्ञा) प्राप्त गरेको समाचार छ।

पाकिस्तानको सेमिफाइनल सम्भावना जीवित

पाकिस्तानले बुधबार दक्षिण अफ्रिकामाथि १९ रनको नाटकीय जित हात पार्दै च्याम्पियन्स ट्रफीको सेमिफाइनल पुग्ने सम्भावना जीवित राखेको छ।

लुम्बिनीबाट बेपत्ता भएका पूर्व कर्नेलबारे पाकिस्तानले भारतसँग औपचारिक जानकारी माग्यो

पाकिस्तानले नेपालबाट बेपत्ता भएका आफ्ना एक पूर्व सैन्य अधिकारीको अवस्थाबारे भारतसँग जानकारी माग गरेको छ। नेपालको लुम्बिनीबाट बेपत्ता भएका पाकिस्तानी सेनाका पूर्व कर्णेल मोहम्मद हबिब जाहिरको अवस्थाबारे इस्लामावादस्थित भारतीय मिसनसँग पाकिस्तान सरकारले औपचारिक रुपमा जानकारी माग गरेको हो।

भारत–पाकिस्तान द्वन्द्वमा अमेरिकाको चासो

पछिल्लो समयमा भारत र पाकिस्तान बीच चिसिदै गएको कुटनीतिक सम्बन्ध बारे अमेरिकी सदन सिनेटमा छलफल भएको छ ।

पाकिस्तानको बलियो पकड

बलरले उत्कृष्ट प्रदर्शन गरेपछि पाकिस्तान वेस्ट इन्डिजविरुद्धको तेस्रो टेस्टको जितनजिक पुगेको छ । जितका लागि ३ सय ४ रनको लक्ष्य पाएको वेस्ट इन्डिजले शनिबारको सुरुआतमै विकेट गुमाएको थियो । दिनभरिमा १४ विकेट झरेको चौथो दिन पाकिस्तानले खेलमा नियन्त्रण लिएको छ । भ्रमणकारी टोली पाकिस्तानले बिहानपख वेस्ट इन्डिजलाई छिटो गरी २ सय ४७ रनमा अलआउट गर्दै पहिलो इनिङमा १ सय २९ रनको अग्रता लिएको थियो । अग्रपंक्तिका ब्याट्सम्यानले गतिलो स्कोर गर्न नसकेपछि पाकिस्तानले एक समय ७ विकेटको नोक्सानीमा ९० रन जोडेको थियो । ३ सय ३ रनले अग्रता लिइरहेको पाकिस्तानले चौथो दिन ८ विकेटको नोक्सानीमा १ सय ७४ रन जोडेको बेला इनिङ समाप्तिको घोषणा गर्याे ।

पाकिस्तानमा १० कामदार मारिए

पाकिस्तानको दक्षिणपश्चिमी क्षेत्रमा पर्ने बालोचिन्तान प्रदेशको ग्वादरीमा शनिबार भएको गोली प्रहारको घटनामा कम्तीमा १० कामदारको मृत्यु भएको छ भने अन्य दुई कामदार घाइते भएका छन् ।

भारतले पाकिस्तानी खेलाडीलाई भिसा दिएन

भारत सरकारले एसियाली च्याम्पियनसिपअन्तर्गत स्क्वास तथा कुस्ती खेलमा भाग लिन आउने पाकिस्तानी खेलाडीलाई भिसा दिन अस्वीकार गरेको छ।

पाकिस्तानमा चार आतङ्ककारीलाई फाँसीको सजाय

पाकिस्तानमा चार जना आतङ्ककारीलाई बुधबार फाँसीको सजाय दिइएको छ । आतङ्कबादमा सलग्नता रहेको आरोपमा ती चार आतङ्ककारीलाई फाँसी दिइएको पाकिस्तानी सैनिक स्रोतले जानकारी दिएको छ ।

पाकिस्तान एक्लाउने भारतीय योजनालाई भुटानको धक्का

क्षेत्रीय रुपमा पाकिस्तानलाई एक्लाउन भारतले अघि सारेको उपक्षेत्रीय सञ्जालको अवधारणालाई भुटानले अस्वीकार गर्ने भएको छ। भारतको नेतृत्वमा नेपाल, बंगलादेश र भुटान मोटर भेइकल सन्धि (बीबीआईएएन) अघि बढाउन भएको प्रयास भुटानी सांसदले अस्वीकृत गरिदिएको हो। भुटानको यो निर्णयले पाकिस्तानलाई एक्लाएर उपेक्षत्रीय नेतृत्व लिने नरेन्द्र मोदी सरकारको रणनीतिलाई धक्का पुगेको छ।

पाकिस्तानद्वारा २९ भारतीय माझी पक्राउ

पाकिस्तानका सरकारी अधिकारीले २९ जना भारतीय माझीलाई बिहीबार नियन्त्रणमा लिएका छन् । देशको सामुद्रीक व्यापारसम्वन्धी नियमहरु उलङ्घन गरेको भन्दै उनीहरुलाई नियन्त्रणमा लिइएको पाकिस्तानी सुरक्षा अधिकारीले जनाएका छन्।

भ्रष्टचार मुद्दामा पाकिस्तानका प्रधानमन्त्री नवाज सरिफलाई राहत

पाकिस्तानको सर्वोच्च अदालतले प्रधानमन्त्री नवाज सरिफलाई भ्रष्टचार मुद्दामा पर्याप्त प्रमाण नभेटिएकाले पदबाट हटाउन नपर्ने आदेश जारी गरेको छ। अदालतले प्रधानमन्त्री सरिफ र उनको परिवारले पाकिस्तानबाट विदेशी बैंकमा पैसा राखेको भन्ने बारेमा भने अनुसन्धान अघि बढाउन आदेश दिएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्