बाँके निकुञ्जमा सात वयस्क पाटेबाघ, एक वर्षमा तीन थपिए
एक वर्षको अवधिमा बाँके राष्ट्रिय निकुञ्जमा तीन वटा नयाँ वयस्क पाटे बाघ थपिएको छन्। अघिल्लो वर्ष सन् २०१५ मा चार वटा पाटे बाघ रहेको निकुञ्जमा २०१६ मा बढेर सात वटा पुगेका छन् । निकुञ्जका प्रमुख संरक्षण अधिकृत वार्डेन डिलबहादुर पुनले २०१६ को गणना अनुसार बयस्क पाटे बाघ सात वटा रहेको पुष्टि गरे।