२१ आश्विन २०८१ सोमबार
image/svg+xml

नेपाल नदेज्दा कपकाे उपविजेता, सावित्रा सर्वाधिक गोलकर्ता

नेपाल किर्गिस्तानमा जारी नदेज्दा कप महिला फुटबल प्रतियोगिताको उपविजेता बनेको छ। बिहीबार भएको फाइनल खेलमा नेपाल उज्वेकिस्तानसँग ३–२ गोलले पराजित भएको हो।

साफ यू १५ फुटबल प्रतियोगिताको उपाधि भारतलाई, नेपाल उपविजेता

शनिबार कल्याणीमा भएको फाइनल खेलमा आयोजक भारतले नेपाललाई ७-० गोल अन्तरले पराजित गरेको हो।

भरत र टासीलाई उपाधि

नेटतर्फ उपविजेतामा राजेन्द्र श्रेष्ठले ३७ स्कोर बटुलेका थिए । यता, एनजे रायमाझी ग्रसमा उपविजेता रहँदा ३५ ग्रस स्कोर बनाए । महिलामा आर्सिया बानुले च्याम्पियन हुँदा ३७ स्कोर बटुलिन् । कास्मिरा शाहले पनि समान ३७ स्कोर बटुले पनि काउन्ट ब्याकको आधारमा पछि पर्दै उपविजेतामै खुम्चिइन् । ब्याक नाइनमा आर्सियाले १९ स्कोर बटुल्दा कास्मिराले १७ स्कोर मात्र बनाएकी थिइन् ।

उच्च मनोबलमा भारत

साबिक उपविजेता न्युजिल्यान्ड र भारत इङ्ल्यान्डमा जारी एकदिवसीय विश्वकपमा मंगलबार फाइनल प्रवेशका प्रतिस्पर्धा गर्दै छन्। शीर्ष टोली भारतले चौथौ स्थानमा रहेको न्युजिल्यान्डसँग खेल्दा जितको खोजीमा हुनेछ। आयोजक इङ्ल्यान्डसँग मात्र पराजित भएको भारत शीर्ष बन्दा उच्च मनोबलमा छ। भारतीय ब्याट्सम्यान पछिल्ला खेलमा निकै लयमा देखिएका छन् भने न्युजिल्यान्डले पनि उत्कृष्ट खेल प्रदर्शन गर्दै अन्तिम चारमा स्थान बनाउन सफल भएको हो।

थ्री स्टार उपविजेता

भुटानको क्लब पारो एफसीलाई जिग्मे दोर्जी वाङ्चुक मेमोरियल गोल्डकप २०१९ को फाइनलमा शुक्रबार १–० को नतिजा सुम्पिएपछि नेपाली ‘ए’ डिभिजन क्लब थ्री स्टारको अन्तर्राष्ट्रिय उपाधि भित्र्याउने सपना यसपटक पनि अधुरै बनेको छ।

हिरो वुमन्स गोल्डकप : नेपाल उपविजेतामै सीमित

भारतमा सम्पन्न हिरो वुमन्स गोल्डकपको फाइनल प्रतिस्पर्धामा म्यानमारलाई ३–१ को नतिजा सुम्पिएपछि नेपाली महिला राष्ट्रिय फुटबल टोलीको अन्तर्राष्ट्रिय उपाधि जित्ने सपना शुक्रबार अधूरो बनेको छ। भारतको उडिसास्थित कलिङ्ग रंगशालामा भएको फाइनल खेलको नेपालले पहिलो हाफमा १–१ को गोलको बराबरी खेले पनि दोस्रो हाफमा भने लयलाई निरन्तरता दिन सकेन। नेपालभन्दा सबै पक्षमा बलियो देखिएको म्यानमारले उत्कृष्ट खेल प्रदर्शन गर्दै ३४औं मिनेटमा नेपालविरुद्ध अग्रता लिएको थियो।

नेपाल उपविजेतामा सीमित, थाइल्याण्ड ७० रनले विजयी

आयोजक टोली थाइल्याण्डसँग ७० रनको फराकिलो हार ब्यहोर्दै नेपाली राष्ट्रिय महिला टोली टि–२० स्म्यास क्रिकेटको उपविजेतामा सीमित भएको छ। योसँगै १२ वर्षपछि अन्तर्राष्ट्रिय क्रिकेटको फाइनलमा पुगेको नेपाली टोली उपाधि जित्न पुनः बञ्चित भएको छ।

‘ए’ डिभिजन लिग : अग्रता उल्ट्याउँदै संकटा उपविजेता

एक गोलले पछि परेको अवस्थालाई उल्टाउँदै थ्री स्टारविरुद्ध २–१ को जित निकालेको संकटा सहिद स्मारक ‘ए’ डिभिजन लिगमा उपविजेता बनेको छ।

नेपाल समूह उपविजेता, सेमिफाइनलमा भारतसँग खेल्ने

बंगलादेशसँग २–१ ले पराजित हुँदै नेपाल साफ यु १८ महिला च्याम्पियनसिपअन्तर्गत समूहचरणको खेलमा समूह उपविजेता बनेको छ।

मिडिया कप फुटसलः नागरिक पूर्वेली टिम उपविजेतामा सीमित

विराटनगरमा सम्पन्न मिडिया कप फुटसलमा नागरिक पूर्वेली टिम उप विजेता बनेको छ।

समूह ‘डी’ को उपविजेता बन्दै अर्जेन्टिना विश्वकप फुटबलको अन्तिम १६ मा

अर्जेन्टिना रूसमा जारी विश्वकप फुटबलको अन्तिम १६ मा प्रवेश गरेको छ। सेन्ट पिटर्सबर्ग रंगशालामा मंगलबार राती सम्पन्न समूह चरणको तेस्रो तथा अन्तिम खेलमा नाइजेरियालाई २–१ ले पराजित गर्दै अर्जेन्टिना समूह ‘डी’ बाट उपविजेता बन्दै नकआउट चरणमा स्थान बनाउन सफल भएको हो।

पोर्चुगल समूह ‘बी’ उपविजेताको रुपमा विश्वकपको अन्तिम १६ मा प्रवेश

पोर्चुगल समूह ‘बी’ को उपविजेताको रुपमा रसिया विश्वकपको अन्तिम १६ मा प्रवेश गरेको छ। मोर्डोभिया एरिना रंगशालामा सोमबार सम्पन्न खेलमा इरानसँग १–१ को बराबरीमा रोकिएसँगै पोर्चुगल उपविजेता भएको हो।

नेपाल उपविजेता, युएईसँग ७ रनले पराजित

आइसीसी विश्व क्रिकेट लिग अन्तर्गत नेपाल डिभिजन २ को उपविजेता बनेको छ। नामिबियामा जारी खेलमा युएईसँग ७ रनले पराजित भएको नेपाल प्रतियोगिताको उपविजेता बनेको हो।

झापा सिक्किममा उपविजेता

झापा–११ टोली सिक्किममा भएको ३६ औं अल इन्डिया गभर्नर्स गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा पराजित भएको छ। गान्तोकस्थित पाल्जोर रंगशालामा बिहीबार भएको फाइनलमा झापाले मोहमडन स्पोर्टिङ क्लबलाई १–० को नतिजा सुम्पेको हो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्