कैदीबन्दीप्रति सरकार अमानवीय
६३ रोपनी क्षेत्रफलमा फैलिएको कारागारभित्र जेल प्रशासनले मर्मतसम्भारबाहेक नयाँ संरचना थप्न पाएको छैन।
६३ रोपनी क्षेत्रफलमा फैलिएको कारागारभित्र जेल प्रशासनले मर्मतसम्भारबाहेक नयाँ संरचना थप्न पाएको छैन।
केन्द्रीय कारागारका एक हजार दुई कैदीबन्दीले अहिले चिकित्सकको निगरानीमा नियमित औषधि सेवन गर्छन्। सात सय ग्राम मोटा चामल र ६० रुपैयाँले छाक टार्नुपर्ने अवस्थामा कैदीबन्दी छन्। बिरामीले भने सामान्य कैदीबन्दीले भन्दा १० प्रतिशत बढी रुपैयाँ पाउँछन्। यसले पोषणयुक्त खानेकुरा र सहज उपचारको प्रबन्ध गर्न कठिन छ।