तालिमका लागि ४० प्रतिशत कमिसन: मेयर सिंह
वीरगन्ज महानगरको सामाजिक शाखाबाट ४० प्रतिशत कमिसन लिई तालिम हुने गरेको महानगरका मेयर राजेशमान सिंहले खुलासा गरेका छन्। शुक्रबार विमेन्स स्किल सेन्टर वीरगन्जले आयोजना गरेको १०औं वार्षिकोत्सव कार्यक्रममा मेयर सिंहले यस्तो बताएका हुन् ।