१२ मंसिर २०८१ बुधबार
image/svg+xml

माैसम पूर्वानुमान महाशाखाकाे अनुमान मिलेन, काठमाडाैंमा असिनापानी

जल तथा माैसम पूर्वानुमान महाशाखाले साेमबार दिउँसाे देशका पूर्वी, मध्यलगायत पश्चिमी पहाडी भागमा माैसम सफा रहने बताएकाे थियाे।

सपना र संघर्षको सौन्दर्य

चैत्र महिनाको अर्थ, वर्षान्त। वर्षान्तको अर्थ वर्षभरिका क्रियाकलापको पछाडि फर्केर गरिने सिंहावलोकन हो। के ठीक भयो र के बेठीक, के गज्जब भयो र के सुधार्न बाँकी रह्यो, के गरियो र के गर्न बाँकी रह्यो भन्ने विश्लेषण र त्यसको मनन्ले हामीलाई सधैँ अघि बढ्न प्रेरित गरिरहन्छ।

अछाममा चट्याङ लागेर एकको मृत्यु, १६ घाइते

सोमबार राति चट्याङ लागेर अछाममा एक जनाको मृत्यु भएको छ भने १६ जना घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय अछामका प्रमुख तथा प्रहरी नायब उपरीक्षक जनकबहादुर शाहीले चट्याङ लागेर अछामको पञ्चदेवल विनायक नगरपालिका–७ बस्ने प्रसाद रावलको छोरा अन्दाजी १४ वर्षीय जनकको मृत्यु भएको जानकारी दिए । राति घरमा बसिरहेको समयमा चट्याङ पर्दा उनको मृत्यु भएको हो । मृतक जनकको शवपरीक्षणका लागि जिल्ला अस्पताल ल्याउने तयारी भएको प्रहरीले जनाएको छ ।

पश्चिमी वायुको प्रभावले पुन: वर्षा, महाशाखाले निकाल्याे फेरि तीन दिनकाे तालिका

पश्चिमी वायुको प्रभावले आज बिहानैदेखि काठमाडौँ उपत्यकासहित देशका अधिकांश स्थानमा वर्षा भइरहेको छ। पश्चिमी वायु र स्थानीय वायुको सम्मिश्रणको प्रभावले पुनः वर्षा दोहोरिएको मौसमविद् मञ्जु बासीले बताइन्।

काठमाडाैंमा हावाहुरीसहित वर्षा, भाेलिदेखि मौसम सफा हुने

पश्चिमी न्यूनचापीय वायुको प्रभावले केही दिनदेखि प्रभावित मौसम सोमबारदेखि सफा हुने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

अधिकांश स्थानमा वर्षा र हिमपातको सम्भावना

पश्चिमी न्यूनचापीय वायुको प्रभावले शनिबार काठमाडौं उपत्यकासहित देशका अधिकांश स्थानमा मेघ गर्जनसहित हल्का वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वनुमान महाशाखाले जनाएको छ।

रुकुममा असिनापानीले हिउँदेबाली नष्ट

जिल्लाको मुसिकोट, आठबीसकोट, चौरजहारी नगरपालिका तथा बाँफिकोट, सानीभेरी, त्रिवेणी गाउँपालिकाका विभिन्न ठाउँमा लगाइएको हिउँदेवालीमा क्षति पु-याएको स्थानीय जानकारी दिएका छन्।

मौसममा बदली : वर्षाको सम्भावना, उच्च पहाडी क्षेत्रमा हिमपात हुने

मुलुकभरको मौसममा सामान्यदेखि पूर्ण बदली रही केही स्थानमा मेघ गर्जनसहित हल्का वर्षा र उच्च पहाडी तथा हिमाली क्षेत्रमा हल्का हिमपातको सम्भावना देखिएको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार आज राति पनि देशको मध्य र पूर्वी पहाडी भागमा आंशिकदेखि सामान्य बदली रहनेछ भने पश्चिमी क्षेत्रमा आंशिक बदली हुने देखिन्छ। मध्य र पुर्वीपहाडी भेगका एक दुइ स्थानमा मेघ गर्जनसहितको छिटपुटदेखि हल्का वर्षाको सम्भावना छ।

मौसममा आंशिक बदली, साँझ वर्षा हुने

प्रिमनसुनको प्रभावले मौसममा आंशिकदेखि सामान्य बदली हुँदा आज पनि मुलुकका पहाडी भेगका केही स्थानमा मेघ गर्जनसहित छिटफुटदेखि हल्का वर्षा हुने देखिएको छ। दिउँसो घाम लाग्ने र साँझ पुनः बदली भई क्षणिक मेघ गर्जनसहित छिटफुट वर्षा हुने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

इन्डोनेशियामा भीषण वर्षापछि बाढी, ४२ जनाको मृत्यु

इन्डोनेशियामा शनिबार भीषण वर्षापछि आएको बाढीमा परी ४२ जनाको ज्यान गएको छ भने २१ जना गम्भीर घाइते भएका छन्।

बाढीले बीसको मृत्यु

मुसलधारे वर्षासँगै आएको ठूलो बाढीका कारण अफगानिस्तानमा कम्तीमा २० जनाको मृत्यु भएको छ भने अरु धेरै मानिस बेपत्ता भएका छन्।

पागलपन

यो किस्सा शिकारी दिनको हो। शिकार गर्ने एउटा विशेष मौसम हुन्थ्यो। जाडोको यो याममा हामी हाम्रो गाउँबाट अलि टाढा दि बेनेभिले भन्ने ठाउँमा थियौँ। शरद यामको वर्षा र निरसताको साम्राज्य थियो। रातो रङका पातहरु भुइँ झरेर सर्सराहटको आवाज गर्नुको साटो अघिल्लो रातको भारी वर्षाका कारण खाडलमा कुहिने अवस्थामा पुगेको थियो।

त्रिभुवन राजपथमा हिमपात, सवारी साधन आवागमन अवरुद्ध

गएरातिदेखिको अविरल वर्षाले त्रिभुवन राजपथको दामन, पालुङ र सिमभञ्ज्याङमा डेढ फिट बाक्लो हिउँ पर्नाले हेटौँडा र काठमाडौँतर्फको यातायात सेवा आज बिहानैबाट अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ।

पश्चिमी वायुकाे प्रभावले वर्षा र हिमपात

पश्चिमी वायुको प्रभावले बुधबार देशका अधिकांश भूभागमा वर्षा र हिमपातको सम्भावना रहेको छ। आइतबार भित्रिएको पश्चिमी वायुकाे प्रभावले देशको पश्चिमी भूभागका अधिकांश स्थानमा मेघ गर्जनसहित हल्कादेखि मध्यम वर्षाको संभावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

देशभर मौसममा बदलीः दुई दिन वर्षा र हिमपात हुने

पश्चिमी वायुको प्रभावले आज देशका अधिकांश भू–भागमा वर्षा र हिमपातको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। गए रातिदेखि प्रवेश गरेको पश्चिमी वायुको प्रभावले आज मुलुकको अधिकांश भू–भागमा आंशिकदेखि पूर्ण बदली रही देशको मध्य र पूर्वी पहाडी भू–भागका एक/दुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको मौसमविद् शान्ति कँडेलले जानकारी दिए।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्