७ मंसिर २०८१ शुक्रबार
image/svg+xml

मकवानपुरमा बाढी र पहिरोबाट ६ जनाको मृत्यु, ८ जना बेपत्ता

बाढी पहिरोबाट मकवानपुरमा मृत्यु हुनेको संख्या ६ पुगेको छ भने ८ जना बेपत्ता भएका छन्।

सल्यानमा पहिरोसंगै बस खस्यो, दाङमा बाढीले बगाउँदा एकको मृत्यु

अविरल बर्षापछि आएको बाढी पहिरोका कारण आईतवार दाङ र सल्यानमा दुईजनाको मृत्यु भएको छ भने एकजना बगेर बेपत्ता भएका छन्।

इलाममा पहिरोमा पुरिएर एक जनाको मृत्यु, विद्युत् आपूर्ति अवरुद्ध हुँदा रेडियो र पत्रिका बन्द

माइ नगरपालिका–८ स्थित चैतेमा पहिरोमा पुरिएर एक जनाको मृत्यु भएको छ। ९७ वर्षीय मदन मगरको घरमाथिबाट झरेको पहिरोले पुरिएर मृत्यु भएको प्रहरीले जनाएको छ।

पहिरोमा दुईको मृत्यु दुई वेपत्ता, गाँउनै पहिरोको जोखिममा

पहिरोका कारण पाँचथरमा ज्यान गुमाउनेको संख्या दुई पुगेको छ। अझै दुई बेपत्ता रहेका छन्। पहिरोका कारण बेपत्ता भएका तीन जना मध्ये एक जनाको शव फेला परेको छ।

पहिरोले घर बगाउँदा एकै परिवारका ७ वेपत्ता

मकवानपुरको बकैया गाउँपालिका–१०(साविक मन्थली–२) अम्बासबेंसीमा पहिरोले घर बगाउँदा एकै परिवारका ७ जना वेपत्ता भएका छन्। पहिरोले ५० बर्षिय मंगलसिं न्यासुरको घर बगाएपछि उनको परिवार वेपत्ता भएको हो।

पहिरोले एकै घरका तीनको मृत्यु

अविरल वर्षापछि आएको पहिरोले घर बगाउँदा तीन जनाको मृत्यु भएको छ। पूर्वी सुर्खेतको गुर्भाकोट नगरपालिका–६ सिन्दूरेका गुमानसिंह बुढाको घर बगाउँदा उनीसहित दुई नातिको मृत्यु भएको प्रहरीले जनाएको छ।

बाढी पहिरोका घटनाप्रति उपराष्ट्रपतिद्वारा दु:ख व्यक्त

उपराष्ट्रपति नन्दबहादुर पुनले केहीं दिनदेखि परिरहेको भिषण वर्षाका कारण तराई–मधेसलगायत देशका विभिन्न भागमा बाढी, डुबान, पहिरोबाट भएको मानवीय र भौतिक क्षतिप्रति दुःख व्यक्त गरेका छन्।

पहिरोमा पुरिएर एकै परिवारका छजनाको मृत्यु

मकवानपुर जिल्लाको पूर्वी भेगमा पर्ने बकैया गाउँपालिका–१० मन्थलीमा आज बिहान वर्षासँगै आएको पहिरोमा पुरिएर एकै परिवारका छजनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, मकवानपुरले जनाएको छ।

पहिरोले घर बगाउँदा एकै परिवारका तीनको मृत्यु

अविरल वर्षासँगै आएको पहिरोले घर बगाउँदा सुर्खेतको गुर्भाकोटमा तीन जनाको मृत्यु भएको छ। सदरमुकाम वीरेन्द्रनगरदेखी पूर्वमा पर्ने गुर्भाकोट नगरपालिका–६ बडाखोलीस्थित सिन्दुरखोला गाउँमा पहिरो आउदा शनिबार राति घर बगाउँदा एकै परिवारका तीन जनाको मृत्यु भएको हो।

बाढी पहिरोबाट ३० को मृत्यु, गृहमन्त्रीद्वारा उद्धार तीब्र पार्न निर्देशन

गृहमन्त्री जनार्दन शर्माले देशै भरी बाढी पहिरोका कारणले मृत्यु हुनेहरु प्रति समवेदना व्यक्त गर्दै उद्धार कार्य तिव्र पार्न निर्देशन दिएका छन्। शनिबार बिहान गृहमन्त्रालयमा पत्रकारहरुसँग बोल्दै उनले देशै भरीको जन धनको क्षतिका बारेमा अवगत गराएका थिए।

पहिरोले सडक बगाएपछि कोशी राजमार्ग अवरुद्ध

दुई दिनदेखिको अविरल बर्षासँगैको पहिरोले सडक भत्किएपछि कोशी राजमार्ग अवरुद्ध भएको छ। सडक अवरुद्ध भएसँगै कोशी पहाडी र तराईको जिल्ला सम्पर्क टुटेको छ।

बाढी-पहिरो पीडितको उद्धारमा खट्न प्रधानमन्त्रीको निर्देशन

प्रधानमन्त्री शेरबहादुर देउवाले देशका विभिन्न भागमा बाढी र पहिरोको चपेटामा परेका नागरिकलाई तत्काल सुरक्षित स्थानमा स्थानान्तरण गर्न र राहत उपलब्ध गराउन सम्बन्धित जिल्लाका स्थानीय प्रशासनहरूलाई निर्देशन दिएका छन् ।

गोरखाको मान्बु स्याम्चेत पहिरोको जोखिममा, ६६ धुरीले घरछाडे

आरुघाट गाउँपालिका वडा नम्बर १ को स्याम्चेत गाउँमाथिबाट पहिरो खसेपछि त्यहाँका स्थानीय बिस्थापित भएका छन्। मझङ सामुदायिक बनमाथिबाट लेदोसहितको पहिरो खसेपछि ६६ घर बिस्थापित भएको आरुघाट गाउँपालिका प्रमुख पूर्ण दाहालले बताए।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्