सन् १९७८ देखि चीन अर्को युगमा प्रवेश गर्यो। त्यो युगलाई सुधार र खुलापनको युग भनेर चिनिएको छ। सुधार र खुलापनको युगमा चीनले आफ्नो वरपरको संसार अवलोकन गर्ने र त्यहा“बाट सिक्ने प्रयास गर्यो। सुधार र खुलापनको प्रक्रियामार्फत नै चीनमा धेरै थरीका विचार भित्रिए।
चीनसँगको अन्तर्देशीय प्रसारण लाइनको सम्भाव्यता अध्ययन कार्य अन्तिम चरणमा पुगेको छ। सम्भाव्यवता अध्ययनको ड्राफ्ट रिर्पोट चैत ३ गते पेस भएको भए पनि लागत स्टिमेट र टावरको एंगल डिजाइनको काम बाँकी रहेको छ।
नानजिङ म्युजियम इन्स्टिच्यूट अफ आर्कियोलोजीका अनुसन्धाताहरुले लियाङ शहरको शाङसिङस्थित एउटा विशाल चिहानमा उत्खनन गर्दा ढक्कन लगाइएको माटोको भाँडोमा ती अण्डा फेला परेको बताएका छन्। मानिसको हातले छुँदा अण्डा फुट्ने त्रासका कारण अण्डा गणना गर्न एक्सरेको प्रयोग गरिएको एक जना पुरातत्वविद् झाओ हेङमिङले बताए।
हाम्रो पुस्ताले बोल्ने भाषाभन्दा आजका युवाहरूले बोल्ने भाषा निकै भिन्न छ। जसरी हरेक भाषा समयसँगै विकास हुँदै जान्छ, चिनियाँ भाषा पनि हजारौं वर्षको इतिहासदेखि उल्लेख्य मात्रामा परिवर्तन हुँदै आएको छ।
चीन राष्ट्रपति सी चिन फिङले ‘चीन र फ्रान्स विशेष मित्र’ भएको बताएका छन्। फ्रान्सले नयाँ चीनसँग राजदूत स्तरीय कुटनीतिक सम्बन्ध स्थापना गर्ने पहिलो पश्चिमी मुलुक रहेको स्मरण फ्रान्स भ्रमणमा रहेका सीले चीन–फ्रान्सबीचको सम्बन्धबारे फ्रान्सेली समकक्षीसँग चर्चा गर्ने क्रममा बताए।
चीनको आर्थिक सहयोगमा निर्माण भएको विवादास्पद हमबनटोटा बन्दरगाह नजिकै उक्त रिफाइनरी स्थापना हुन लागेको श्रीलंकाली अधिकारीहरुलाई उद्धृत गर्दै फ्रान्सेली समाचार एजेन्सी एएफपीले उल्लेख गरेको छ।
दुई दशक अघि मुद्रा संकटका कारण इन्डोनेसियाको अर्थतन्त्र ध्वस्त हुँदा आक्रोशित मानिसहरुले चिनियाँ मूलका सयौं व्यापारीको हत्या गरेका थिए। अहिले परिस्थिति फेरिएको छ। चिनियाँ सफ्टेवयर इन्जीनियर तथा उद्यमी चेङ तावले अहिले इन्डोनेसिया स्थित अग्लो बिल्डिङमा रहेको आफ्नो कार्यालयबाट चिनियाँहरुले चलाएको किराना पसल, रेस्टुरेन्ट र आफ्नै छोराको विद्यालय देख्न सक्छन्।
नेपालबाट विदेश गई उच्च शिक्षा हासिल गरेर विशेषज्ञ बनेका व्यक्तिहरु प्रायः त्यतै स्थापित हुने गर्छन्। पिएचडी सकेर वैज्ञानिक बनेका व्यक्तिहरुले विदेशमै काम गर्न थालेपछि उनीहरुको ज्ञानबाट नेपाल लाभान्वित बन्न सकेको छैन। अमेरिका अथवा युरोपबाट पिएचडी गरेर नेपाल फर्कनु भनेको जग हसाउनु हो भन्ने ठान्छन् नेपाली युवा।
एशियालाई यूरोपसँग जोड्ने यातायात तथा व्यापार सम्बन्ध विस्तारका लागि चीनको नेतृत्वमा अघि बढाइएको नयाँ ‘सिल्क रोड’ मा सहभागी हुन इटालीले शनिबार एक दस्ताबेजमा हस्ताक्षर गरेको छ। यद्यपि उक्त दस्तावेज ‘गैर–बाध्यकारी’ सहमति हो।
इजिप्टको मरुभुमीमा चिनियाँ उपस्थिति चीनको बढ्दो विश्वव्यापी प्रभावको चिनारी हो। सयौं वषैको एक्लोपन र कमजोरीपछि चीन पुनः उदय भईरहेको छ। इजिप्ट र अन्य ठाउँमा उद्योगहरु स्थापना गरेर चीनले भूराजनीतिक प्रभाव बढाइरहेको छ भने त्यहाँको पूँजी पनि हत्याईरहेछ। प्रत्यक्ष लगानीमार्फत् चीनले त्यहाँका सरकारमा पनि आफ्नो प्रभाव स्थापित गरिरहेछ।
चीनमा एक रसायन प्लान्टमा ठुलो शक्तिशाली बिस्फोट भएको छ। चिनिया सञ्चार माध्यमका अनुसार उक्त विस्फोटमा परी ४८ जनाको ज्यान गएको छ भने ६ सय ४० सय जना भन्दा धेरै घाइते भएका छन्।
सन् १९७८ मा चीनका नेता तङ स्याओपिङले आफ्नो देशको भाग्यमात्र परिवर्तन गरेनन्, बरू उनको दृष्टिकोणले संसारकै इतिहासको गतिमा परिवर्तन ल्यायो । बितेका चार दसकमा चीनले हासिल गरेका सफलताले चिनियाँ जनताको जीवनमा सकारात्मक परिवर्तन ल्यायो र चीनले संसारको भूराजनीतिमा पुनः केन्द्रीय स्थान हासिल ग-यो । यस्तो परिस्थितिमा तङको सुधार र खुलापन नीतिको चालिसौं वर्षगाँठ मनाउने एउटा तरिका हाम्रो समयका केही महत्वपूर्ण प्रश्नको उत्तर दिने प्रयास गर्ने हुनसक्छ । के प्राचीन गैर–पश्चिमा सम्भ्यताको पुनःउदय ध्वंसकारी होला ? अथवा यसले चीन र पश्चिमा विश्वबीच इमान्दार सहकार्यमा आधारित सम्बन्धको नयाँ अन्तर्राष्ट्रिय व्यवस्था स्थापना गर्छ? वास्तवमा यी दुई सम्भावनाभन्दा तेस्रो सम्भावना अझ प्रबल देखिन्छ ।
पहिला चीनमा विद्यमान पुरातनवादी सोच, र संकृतिलाई यसको दोष लगाउने गरिन्थ्यो। यो दोष लगाउनुको कारण भने समाजको तहगत व्यवस्थालाई प्रवद्र्धन गर्ने उक्त सस्कृतिले व्यक्तिगत पहल कदमीलाई खासै वास्ता गरेको अनुभव कम थियो।
अवश्य पनि, चीनको गतिको साँचो चिनियाँ कम्युनिष्ट पार्टीसँगै छ। पछिल्लो चार दशकमा चीनको आर्थिक वृद्धिदर अमेरिकाको भन्दा १० गुणा बढी थियो। अहिले पनि यो दर अमेरिकाको भन्दा दुईगुणा बढी छ । पार्टीले भारीमात्रामा जनताको समर्थन पाएको छ । र संसारभरी धेरैजसो ट्रम्पको अमेरिका पश्चगामीहुँदा चीनको गति भर्खर शुरु भइरहेको ठानछन्। त्यसैले पनि आशाहरुलाई पुट दिन चीनसँग प्रशस्त उपाय छन् ।