निगमको स्वचालित मूल्य प्रणालीमा ‘ब्रेक’
खाना पकाउने ग्याससहित सबै इन्धनको मूल्य बढाएपछि चौतर्फी आलोचना खेपेको नेपाल आयल निगमले मूल्यवृद्धि फिर्ता गरेको छ।
खाना पकाउने ग्याससहित सबै इन्धनको मूल्य बढाएपछि चौतर्फी आलोचना खेपेको नेपाल आयल निगमले मूल्यवृद्धि फिर्ता गरेको छ।
यो प्रणाली अनुसार साविकको खुद्रा बिक्री मूल्यमा पेट्रोल प्रतिलिटर ६ रूपैयाँ र डिजेल तथा मट्टितेल प्रतिलिटर ४ रूपैयाँ र ग्यास प्रति सिलिन्डर १० रूपैयाँ मूल्य घटाएको छ ।
नेपाल आयल निगमले पछिल्लोपटक निर्धारण गरेको इन्धनको मूल्यअनुसार उसलाई १५ दिनमा १ अर्ब ११ करोड रूपैयाँ नाफा छ। यसरी हेर्दा निगमले एक महिनामा करिब सवा २ अर्ब रूपैयाँ नाफा कमाउँछ।