‘हाई प्रोफाइल’लाई प्रमाण जुटेपछि पक्राउ गर्न पाउनुपर्ने प्रहरीको माग
‘हाई प्रोफाइल’ सहित थप सात जनालाई प्रमाण जुटेका बखत पक्राउ गर्न सकिने गरी अनुसन्धान प्रक्रिया जारी राख्न प्रहरीले माग गरेको छ।
‘हाई प्रोफाइल’ सहित थप सात जनालाई प्रमाण जुटेका बखत पक्राउ गर्न सकिने गरी अनुसन्धान प्रक्रिया जारी राख्न प्रहरीले माग गरेको छ।
यस्तै प्रहरी अनुसन्धानका क्रममा पूर्वगृहमन्त्री रामबहादुर थापा, पूर्वगृहसचिवहरू प्रेम राई र महेश्वर न्यौपाने, सांसदहरू आरजु राणा देउवा र मन्जु खाण, एमाले अध्यक्ष केपी ओलीका स्वकीय सचिव राजेश बज्राचार्यसहितका सातजनालाई संगठित अपराध ऐन २०७० को दफा २२ र मुलुकी फौजदारी कार्यविधि संहिता २०७४ को दफा ३५ बमोजिम प्रमाण खुलेका बखत पक्राउ गर्न सक्नेगरी सिफारिस गरेको छ।
नक्कली भुटानी शरणार्थी प्रकरणमा ‘हाई प्रोफाइल’लाई पनि हिरासतमा राखेर अनुसन्धान गरिरहेको नेपाल प्रहरीको तारिफ भइरहेको छ।
नक्कली भुटानी शरणार्थी बनाएर नेपाली नागरिकलाई अमेरिका पठाउने भन्दै ठगी गर्ने गिरोहमा संलग्न रहेको आरोपमा प्रहरीले पूर्वगृहमन्त्री रामबहादुर थापाका सुरक्षा सल्लाहकार इन्द्रजित राईलाई पक्राउ गरेको छ। मंगलबार बिहान जिल्ला प्रहरी परिसर ललितपुरको समन्वयमा जिल्ला प्रहरी परिसर काठमाडौंको प्रहरी टोलीले राईलाई पक्राउ गरेको हो। ललितपुरस्थित सुनकोठीबाट राई पक्राउ परेका हुन्।