२३ आश्विन २०८१ बुधबार
image/svg+xml

काठमाडौँमा ‘अन्तर्राष्ट्रिय कला प्रदर्शनी’ हुने

अन्तर्राष्ट्रिय जलरङ समाज ९आइडब्लुएस० नेपालको आोजना तथा नेपाल ललितकला प्रज्ञा प्रतिष्ठान ९नाफा० को सहकार्यमा काठमाडौँमा १० दिने ‘अन्तर्राष्ट्रिय कला प्रदर्शनी’ हुने भएको छ।

वीरगन्ज नाका ६ घण्टा अवरुद्ध

भारतीय सवारी साधनसंग नेपाली सुरक्षाकर्मीले बिभिन्न बहानामा दुःख दिने र असुली गर्ने गरेको भन्दै सिमावर्ती शहर रक्सौलमा विरोध प्रदर्शन भएको छ। भारतीय सवारी साधन नेपाल प्रवेशमा ‘इन्ट्री’को नाममा र अन्य बहानामा नेपालतिर अनावश्यक झमेला गर्दै दुःखदिएको भन्दै भएको प्रदर्शनले करिब ६ घण्टा नाका अवरुद्ध रह्यो।

इन्डोनेसियामा हिंस्रक प्रदर्शन, संसद् भवन नै जलाइयो

इन्डोनेसियाको पश्चिम पपुवाको पूर्वी प्रान्तमा भएको प्रदर्शन हिंसात्मक बनेको छ। प्रदर्शनकै क्रममा प्रदर्शनकारीले एउटा स्थानीय संसद् भवन नै जलाइदिएका छन्। राज्यका राजधानी मानोक्वारीमा भएको हिंसात्मक प्रदर्शनका क्रममा प्रदर्शनकारीले दर्जनौं सवारीसाधन, व्यापारिक केन्द्र र रुखमा पनि आगो लगाएको अधिकारीहरुलाई उद्धृत गर्दै बिबिसीले जनाएको छ।

पुडासैनी र लामिछाने दुवैको पक्षमा प्रदर्शन

जिल्ला प्रहरी कार्यालय चितवनअघि शनिबार पनि बिहानैदेखि रवि लामिछानेका समर्थकहरू प्रदर्शनमा उत्रिए । विरोध प्रदर्शनमा उत्रिएका प्रदर्शनकर्ता र प्रहरी बीच पटक–पटक झडप भएको छ । प्रदर्शन कारटाउन प्रहरीले लाठी प्रहारसँगै अश्रुग्यास पनि प्रहार गरेको छ । बिहान करिब ११ बजेतिर प्रहरीलाई परीक्षाको ड्युटीमा छाडेर फर्कंदै गरेको जिल्ला प्रहरी कार्यालयको गाडीमा प्रदर्शनकारीले ढुंगा प्रहार गरेका थिए ।

समर्थककाे प्रदर्शनपछि पछाडिको गेटबाट अदालत लगियो रविलाई

प्रहरीले केही दिन अघि पत्रकार शालिकराम पुडासैनीको आत्महत्या प्रकरणमा संलग्न रहेको अशंका न्युज २४ टेलिभिजनका पत्रकार रवि लामिछाने, युवराज कँडेल, र ओखलढुङ्गाकी अस्मिता कार्कीलाई म्याद थप गर्न जिल्ला अदालत उपस्थित गराएको छ ।

चिनियाँ राष्ट्रपतिसँग प्रत्यक्ष संवाद गर्न ट्रम्पको सुझाव

हङकङमा बढ्दो राजनीतिक संकटबारे छलफल गर्न चिनियाँ राष्ट्रपति सी चिनफिङसँग ‘व्यक्तिगत बैठक’ गर्न अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सुझाव दिएका छन्।

हङकङ विमानस्थल सुचारु

प्रदर्शनकारीको प्रदर्शनका कारण दुई दिनसम्म अवरुद्ध हङकङ विमानस्थल बुधबारबाट सुचारु भएको छ। प्रशासनले अवरुद्ध विमानस्थल सुचारु गराउने प्रयास गर्दा मंगलबार राति विमानस्थलभित्रै प्रदर्शन गरिरहेको प्रदर्शनकारी र दंगा प्रहरीबीच झडपसमेत भएको थियो।

हङकङ विमानस्थल दोस्रो दिन पनि अवरुद्ध

हङकङको अन्तर्राष्ट्रिय विमानस्थल मंगलबार दोस्रो दिन पनि अवरुद्ध भएको छ। सरकार विरोधी प्रदर्शनकारीले विमानस्थलमै प्रदर्शन गरेर अवरोध सिर्जना गरेपछि पूर्व बेलायती औपनिवेशिक सहर हङकङको विमानस्थलमा मंगलबार कुनै उडान भएन।

आरक्षण कार्यान्वयनकाे माग गर्दै बालुवाटारमा प्रदर्शन

विभिन्न जनजातिसँग सम्बन्धित संघसंस्थाहरूले आरक्षणको कार्यान्वयन गर्न माग गर्दै मंगलबार बालुवाटारमा विरोध प्रदर्शन गरेका छन्।

हङकङमा विमानस्थल सुचारु गरे तनाव झन् बढ्ने प्रदर्शनकारीको चेतावनी

झण्डै दुई महिनादेखि हङकङमा प्रजातन्त्र समर्थक प्रदर्शनकारीहरूले प्रदर्शन गरिरहेका छन्। हङकङ सरकारले गएको जुनमा ल्याएको सुपुर्दगी विधेयकलाई लिएर सुरू भएको हङकङको प्रदर्शन र विरोध अझै साम्य हुन सकेको छैन ।

विमानस्थल हजारौं प्रदर्शनकारीले भरिएपछि सबै उडान स्थगित

सरकार विरोधी प्रदर्शनकारीले लगातार चौथो दिन पनि विमानस्थलभित्रै प्रदर्शन जारी राखेपछि हङकङको अन्तर्राष्ट्रिय विमानस्थलले सोमबार सबै उडान स्थगित गरेको छ ।

प्रहरीद्वारा प्रदर्शनकारीमाथि अश्रुग्यास प्रहार

हङकङमा शनिबार आयोजित सरकार विरोधी प्रदर्शनमा सहभागी प्रदर्शनकारीलाई तितरवितर पार्नका लागि प्रहरीले दर्जनौं सेल अश्रुग्यास प्रहार गरेको छ। प्रदर्शनकारीलाई प्रहरीले अश्रुग्यास प्रहार गरेर तितरवितर पारे पनि उनीहरु अर्कै ठाउँमा भेला भएर पुनः प्रदर्शन गरेका थिए। त्यसबेला फेरि प्रहरी र प्रदर्शनकारीबीच झडप भएको समाचार एजेन्सी रोयटर्सले उल्लेख गरेको छ।

नेपाल चिनाउँदै एनालग फोटोग्राफी

प्रदर्शनीमा प्राचीन बौद्ध स्तुपा, भक्तपुरको दरबार क्षेत्र र स्वयम्भुलगायत सम्पदाहरूको फोटोहरू राखिएका छन् । प्रदर्शनीमा समावेश फोटोहरूलाई नेपाली कागज, सिसा र स्टीलमा फ्रेमिङ गरिएको छ ।

भारतलाई शृंखला

ओपनर रोहित शर्माको उत्कृष्ट प्रदर्शनप्रेरित भारतले आइतबार वर्षाले प्रभावित बनेको दोस्रो ट्वान्टी–२० खेलमा वेस्ट इन्डिजलाई डकवर्थ लुइस पद्धतिमा २२ रनले हराएको छ।

क्यानभासमा मीनाको ‘हिरा’

राजधानीको होटल अन्नपूर्णमा विभिन्न चराहरूका चित्रकला प्रदर्शनी भएका छन्। चित्रकार मीरा डंगोलको ‘हिरा’ नामक एकल चित्रकला प्रदर्शनीमा लाटोकोसेरोको विभिन्न ३५ वटा चित्रहरू समावेश गरिएका थिए।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्