१९ आश्विन २०८१ शनिबार
image/svg+xml

प्रदेश नं. १ को राजधानी इटहरी हुनुपर्ने माग राख्दै र्‍याली

प्रदेश नं. १ को राजधानी इटहरी हुनुपर्ने माग राखेर शनिबार इटहरीमा शान्ति र्‍याली प्रदर्शन गरिएको छ। दुई सातादेखि इटहरी तथा आसपासका प्राध्यापक, नागरिक समाजका अगुवा, सामाजिक संस्थाका अगुवा, राजनीतिक दलको नेतृत्वकर्ता, अधिकारकर्मी, स्थानीय निकायलगायतले इटहरीलाई राजधानी बनाउन विभिन्न खाले कार्यक्रम गदैं आएकोमा शान्ति र्‍याली निकालिएको हो।

तस्करले गैँडा मार्दा चितवनमा शोक र्‍याली

तस्करले दुर्लभ एकसिङ्गे गैँडा मारेको शोकमा चितवनको रत्ननगरस्थित सौराहामा झोपो बानेर शोक र्‍याली प्रदर्शन गरिएको छ।

डा.केसीको समर्थनमा भरतपुरका चिकित्सकहरुको र्‍याली र सभा

चिकित्सा शिक्षामा सुधारको माग राखेर काठमाडौंमा अनशन बसेका डा.गोविन्द केसीको मागको समर्थनमा सोमबार बिहान भरतपुरमा चिकितसकहरुले र्‍याली र सभा गरेका छन्। अनशन बसेको लामो समय हुँदा पनि सरकारले मागको सम्बन्धमा ठोस कदम नचालेको हुँदा आन्दोलनका कार्यक्रमहरु घोषणा गर्ने चेतवानी चिकित्सकहरुले दिए।

संविधान दिवसको अवसरमा निकाएलिएको र्‍यालीमा मोर्चाको हस्तक्षेप

संविधान दिवसको अवसरमा रौतहट सदरमुकाम गौरमा निकालिएको र्‍यालीमा मधेसी मोर्चाक कार्यकर्ताले हस्तक्षेप गरेका छन्। प्रमुख जिल्ला अधिकारी नरहरि बराल र जिल्ला प्रहरी प्रमुख डा. गणेश रेगमी सहभागी उक्त र्‍यालीमा मोर्चा कार्यकर्ताले हस्तक्षेप गरेका हुन्।

निर्वस्त्र साइकल र्‍याली

गत शनिवार अमेरिकी शहर फिलाडेल्पि्कयामा तीन हजार नग्न मानिसले एक साथ साइकल कुदाए। यति धेरै नांगा मानिस एकसाथ साइकल र्‍यालीमा सहभागी भएको देखेर फिलाडेल्पि्कयाका बासिन्दा चकित परेका थिए।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्