निगमको ओसाका उडान सातामा दुई दिनमात्रै
यही भदौ १२ गतेदेखि जापानको ओसाका सिधाउडान सुरु गरेको नेपाल वायुसेवा निगमले साताको दुई दिनमात्रै उडान भर्ने भएको छ ।
यही भदौ १२ गतेदेखि जापानको ओसाका सिधाउडान सुरु गरेको नेपाल वायुसेवा निगमले साताको दुई दिनमात्रै उडान भर्ने भएको छ ।
विसं २०६३ असार १३ गते मुगुको रारा विमानस्थलमा सफल परीक्षण उडान गरेर नेपालगञ्जदेखि नेपाल एयरलाइन्सको ट्वीनअटर विमानले हप्तामा नियमित दुुई उडान गर्दै आएको भए पनि गत वैशाखदेखि बिनाजानकारी उडान बन्द गर्दा यात्रु मर्कामा परेका छन्।
नेपाली उड्डयन क्षेत्रमा छिमेकी दुई देश भारत र चीनको सहयोग प्राप्त हुने भएको छ। नागरिक उड्डयन प्राधिकरणले आइतबार काठमाडौँमा पत्रकार सम्मेलन गर्दै भदौ ३ गतेदेखि ७ गतेसम्म काठमाडौंमा भएको आइकाओ सदस्य राष्ट्रका नागरिक उड्डयनका बरिष्ठ अधिकारीहरुको सम्मेलनमा भारत र चीनका अधिकारीहरुले नेपाल नागरिक उड्डयनलाई सहयोग गर्ने बताएका जानकारी दिएको हो।
नेपाल वायुसेवा निगमले जापानको ओसाका उडानको तयारी पूरा भएको जनाएको छ। वाइडबडी बिमान किनेर ल्याएको करिब १४ महिनापछि अगस्ट २९ बाट जापान उडाउने तयारी भएको निगमको भनाइ छ।
निजी क्षेत्रको वायुसेवा प्रदायक कम्पनी श्री एयरलाइन्सले अन्तरराष्ट्रिय उडानका लागि अनुमति (लाइसेन्स) पाएको छ।
संस्कृति पर्यटन तथा नागरिक उड्यन मन्त्री योगेश भट्टराईले युरोपेली युनियनको आकाशमा छिट्टै नेपाली विमानले उडान भर्ने विश्वास व्यक्त गरेका छन्।
सरकार विरोधी प्रदर्शनकारीले लगातार चौथो दिन पनि विमानस्थलभित्रै प्रदर्शन जारी राखेपछि हङकङको अन्तर्राष्ट्रिय विमानस्थलले सोमबार सबै उडान स्थगित गरेको छ ।
दाङ तुलसीपुर उपमहानगरपालिका–१२ स्थित टरिगाउँ विमानस्थलमा अब दैनिक दुईवटा जहाजले उडान भर्ने भएको छ। यसअघि एउटा जहाजले मात्रै उडान भर्दैै आएको उक्त विमानस्थलमा नेपाल एयरलाइन्सले अब दैनिक दुईवटा उडान भर्ने भएको हो।
ताप्लेजुङस्थित सुकेटार बिमानस्थलमा नेपाल एअर लाईन्सको नयाँ जहाजले परीक्षण उडान गरेको छ।
राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) को वाइडबडी जहाजबाट ३६ हजार रुपैयाँमै जापान यात्रा तय गर्न सकिने भएको छ।
जनकपुर विमानस्थलमा उडान गर्ने हवाईजहाजले फर्किंदाका लागि पनि हवाई इन्धन (एटिएफ) लिएर जानुपर्ने बाध्यता सकिएको छ।
२०१४ को समझदारीपछि चिनियाँ विमान धमाधम नेपाल उड्न थाले तर नेपालले चीनमा एउटै पनि नियमित उडान गर्न सकेको छैन।
नेपाल र चीनबीच शुक्रबार बेइजिङमा नयाँ हवाई सम्झौता भएको छ। संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सहसचिव सुरेश आचार्यको नेतृत्वमा बेइजिङ पुगेको नेपाली प्रतिनिधिमण्डलले चीनमा नेपाली जहाजले हवाई उडानको सुविधा पाउने गरी नयाँ सम्झौता गरेको हो।
भारतीय र आन्तरिक यात्रुलाई लक्षित गर्दै निजी वायुसेवा कम्पनी यती एयरलाइन्सले पोखराबाट तीन नयाँ गन्तव्यमा दैनिक उडान थाल्ने भएको छ। पोखराबाट भैरहवा, भरतपुर र माउन्टेन फ्लाइट सञ्चालन गर्ने यतीले जानकारी दिएको छ।
उत्तर कोरियाको राष्ट्रिय ध्वजाबाहक विमान सेवा एयर को¥योले अर्को सातादेखि प्योङयाङबाट मकाउमा पुनः सिधा हवाई सेवा सुरु गर्न लागेको छ। मकाउ नागरिक उड्डयनले करिब १५ वर्षपछि एयर को¥योलाई उडान अनुमति दिएको हो।