जुम्लामा रक्तसञ्चार केन्द्रको स्थापना
पटक पटक यहाँका बिरामीले रगत नपाउँदा समस्या भोगिरहेको बेला कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लाले आफ्नै रक्तसञ्चार केन्द्र स्थापना गरेर सञ्चालनमा ल्याएको छ।
पटक पटक यहाँका बिरामीले रगत नपाउँदा समस्या भोगिरहेको बेला कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लाले आफ्नै रक्तसञ्चार केन्द्र स्थापना गरेर सञ्चालनमा ल्याएको छ।
जुम्लामा पछिल्लो समय प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना अन्तर्गत स्याउ सुपरजोन परियोजना प्रभावकारी बन्दै गएको छ।
उपराष्ट्रपति नन्दबहादुर पुनले जुम्ला कर्णाली प्रदेशको मेडिकल हब बन्ने बताएका छन्। उनले आर्थिक, सामाजिक, सास्कृतिक, पर्यटनका हिसावले सम्पन्न कर्णाली पछिल्लो समयमा स्वास्थ्यका क्षेत्रमा फड्को मार्दै गईरहेको बताए।
कर्णालीकै सुविधा सम्पन्न जुम्ला विमानस्थल स्तरउन्नतीको लागि बन्द भएको एक महिना बितिसक्दा पनि अहिलेसम्म खुल्न सकेको छैन्। कार्तिक ८ गतेदेखि विमानस्थल बन्द गरिएको थियो। मंसिर ८ गतेसम्म स्तरउन्नतीको जिम्मा पाएकोमा ९ गतेदेखि विमानस्थलमा जहाज अवतरण हुनुपर्ने भन्दै स्थानीयले आक्रोश पोखेका छन्।
चालू आर्थिक वर्षमा जुम्लाबाट झण्डै १७ करोड बराबरको स्याउ निर्यात भएको छ। गत भदौ महिनादेखि कार्तिकसम्म यहाँबाट १७ करोडको स्याउ निर्यात भएको हो। यो वर्ष भदौ १० गतेदेखि स्याउ टिप्न किसानलाई सुचित गरिएको थियो। जसले गर्दा गुणस्तरिय स्याउ उत्पादनमा टेवा पुगेको थियो।
जुम्लाको चन्दननाथ नगरपालिकाको गाडीमा आगजनी भएको छ। नगरपालिका भित्रको कम्पाउण्डमा पार्किङ गरेर राखेको गाडीमा आगजनी भएको जिल्ला प्रहरी कार्यालय जुम्लाले जनाएको छ।
गत जेठ २६ गते जुम्ला विमानस्थलमा अवतरणका क्रममा टायर पञ्चर भएर सन्तुलन गुमाउदा दुर्घटना भएको तारा एयरको जहाज आवश्यक मर्मत पछि विहिबार काठमाडाैंका लागि उडेको छ।
जुम्लामा पछिल्लो समयमा सयपत्री फुल लोप हुँदै गइरहेको छ। आयतित प्लाष्टिकको माला प्रचलनमा आएपछि यहाँको सयपत्री फुल लोप हुन थालेको हो।
जुम्ला विमानस्थलमा दुर्घटनाग्रस्त तारा एयरको जहाज उडाउनको लागि एक सातासम्म विमानस्थल खुल्ला गरिने भएको छ। विमानस्थलको स्तरउन्नती गर्नका लागि कार्तिक ८ गतेदेखि जुम्ला विमानस्थल बन्द गरिएको थियो।
चन्दननाथ नगरपालिका–५ का पुर्णसिंह कठायत जुम्ला प्रहरीको कामप्रति सन्तुष्ट छैनन्। उनी प्रहरीको काम मात्र होइन शैलीप्रति पनि रुष्ट छन्।
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लामा आईसीयू सेवा शुरु भएको छ। आईसीयू सेवा शुरु भएसँगै जटिल प्रकारका विरामीको उपचार जुम्लामै हुने भएको हो।
जुम्ला विमानस्थल सुरक्षा समितिको सिफारीसमा नेपाल नागरिक उड्ययन प्राधिकरण केन्द्रिय कार्यालयले गरेको अपरिपक्व निर्णयका कारण जुम्लाका हवाई यात्रुले सास्ती भोग्नु परेको छ।
जुम्ला तातोपानी गाउँपालिका ८ का स्थानीयले बिरामी लैजानको लागि समिट एयरको जहाज चार्टर गरेका छन्। तातोपानी ८ टोप्लाका जीतेन्द्र शाही एक्कासी बिरामी परेको र जुम्ला अस्पतालमा उपचार नभएपछि जहाज चार्टर गर्नु परेको बिरामीका आफन्त जनक शाहीले जानकारी दिए।
दुई सातादेखि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लामा मुटु रोगको उपचार गराइरहेकी रोल्पा थवाङकी जनसरी घर्तिलाई अस्पतालले रेफर गर्दा पनि जहाजले बोक्न मानेनन्।
संस्कृति पर्यटन तथा नागरिक उड्ययनमन्त्री रबिन्द्र अधिकारीले जुम्लामा ४० सिट क्षमताकाे जहाज अवतरण गराइने बताएका छन्।