८ जेष्ठ २०८१ मंगलबार
image/svg+xml

१६ वर्षपछि मिलान च्याम्पियन्स लिगको सेमिफाइनलमा

इटालियन सिरी ‘ए’ प्रतिद्धन्द्धी नेपोलीलाई पराजित गर्दै एसी मिलान १६ वर्षपछि युइएफए च्याम्पियन्स लिगको सेमिफाइनलमा प्रवेश गरेको छ।

नेपोलीका खेलाडी लुटिए

लिभरपुलविरुद्धको खेलपछि घर फर्किने क्रममा नेपोलीका स्ट्राइकर आर्काडुइस मिलिकलाई लुटेराले बन्दुक देखाउँदै लुटेको इटालीको पुलिसले बिहीबार बताएको छ।

नेपोलीको लक्ष्य संकटमा

फिरोरेन्टिनालाई आइतबार ३–० को अप्रत्यासित नतिजा सुम्पिएसँगै नेपोलीको इटालियन सिरी ‘ए’ को उपाधि जित्ने लक्ष्य संकटमा परेको छ।

नेपोलीको सम्भावना कायम

साबिक विजेता युभेन्टस् क्रोटोनीसँग १–१ को बराबरीमा रोकिएको दिन बुधबार नेपोलीले युडिनेसीमाथि ४–२ को विजयी नतिजा निकाल्दै इटालियन सिरी ‘ए’ को उपाधि सम्भावना कायम राखेको छ।

नेपोलीको शीर्ष होड कायम

अमादोउ दिवाराले इन्जुरी समयमा गरेको गोलमा नेपोलीले आइतबार किइभो भेरोनालाई २–१ ले पराजित गर्दै इटालियन सिरी ‘ए’ मा शीर्षताको उपाधि होड कायम राखेको छ।

नेपोलीको अपराजित यात्रा टुंगियो

घरेलु मैदानमा शनिबार रोमालाई ४–२ को नतिजा सुम्पिएसँगै इटालियन सिरी ‘ए’ को शीर्ष टोली नेपोलीको १० खेलको अपराजित यात्रा टुङ्गिएको छ।

नेपोली पुनः शीर्षमा

नेपोली आइतबार एसपिएएललाई १–० ले पराजित गर्दैै इटालियन सिरी ‘ए’ को शीर्ष स्थानमा युभेन्ट्सलाई विस्थापन गर्दै फर्किन सफल भएको छ । यसअघि शनिबार एलेक्स सान्ड्रोको गोलप्रेरित साबिक विजेता युभेन्ट्स टोरिनोमाथि १–० को अवे जित हासिल गर्दै शीर्ष स्थानमा उक्लिएको थियो।

शीर्ष स्थानमा नेपोलीको पुनरागमन

स्ट्राइकर द्रिइस मार्टिन्सको दुई गोलप्रेरित नेपोली आइतबार बोलोग्नामाथि ३–१ को जित हासिल गर्दै इटालियन सिरी ‘ए’ को शीर्ष स्थानमा फर्किएको छ ।

रोकियो नेपोली

एट्लान्टालाई मंगलबार २–१ को नतिजा सुम्पिएसँगै इटालियन सिरी ‘ए’ को शीर्ष क्लब नेपोलीको इटालियन कप यात्रा क्वार्टरफाइनलबाटै पूर्णविराम लागेको छ ।

शीर्ष स्थानमा नेपोलीको पुनरागमन

सासौलोमाथि ३–१ को  विजय हासिल गर्दै नेपोली आइतबार इटालियन सिरी ‘ए’ को शीर्ष स्थानमा फर्किएको छ।  जितपछि नेपोलीले जारी सिजनमा अपराजित यात्रालाई ११औं खेल सम्म निरन्तरता दिएको छ । २२औं मिनेटमा एलानले गोल गर्दै नेपोलीलाई अग्रता दिलाएका थिए । सासौलोका स्टेफानो सेन्सीले रक्षापंक्तिमा गरेको गल्तीको फाइदा उठाउँदै एलानले बललाई पोस्टको दिशा दिएका थिए।

नेपोली फेरि शीर्षमा

नेपोलीले बुधबार जिनुवाको चुनौती ३–२ को नतिजामा समाप्त पार्दै इटालियन सिरी ‘ए’ को शीर्ष स्थानमा पुनरागमन जनाएको छ।  अघिल्लो दिन इन्टर मिलानले साम्पडोरियामाथि ३–२ को जित हासिल गर्दै शीर्ष स्थानमा कब्जा जमाएको थियो । तर बुधबार नेपोलीले द्रिइस मार्टिन्सको दुई गोल प्रेरणामा जिनुवामाथि ३–२ कै अन्तरमा जित हासिल गर्दै शीर्ष स्थानबाट इन्टरलाई विस्थापित गरेको छ । जिनुवा भ्रमणमा निस्केको नेपोलीको जितका लागि मार्टिन्सको दुई गोलमा विपक्षी खेलाडी इर्भिन जुकानोभिचको एउटा आत्मघाती गोल पनि थपिएको थियो।

नेपोलीको शतप्रतिशत नतिजा

दुई आत्मघाती गोल उपहारमा लुइस स्वारेजले अर्को गोल थपेपछि बार्सिलोनाले शनिबार स्पेनिस ला लिगामा सतप्रतिशत नतिजा निकाल्नेक्रममा जिरोनालाई ३–० ले हराएको छ ।

नेपोलीको समूह चरण सम्भावना बलियो

नेपोलीले प्लेअफको पहिलो लेगमा बुधबार ९ जनामा सीमित भएर खेलको अन्त्य गरेको निसमाथि २–० को नतिजा निकाल्दै च्याम्पियन्स लिगको समूह चरण पुग्ने सम्भावना बलियो बनाएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्