२ कार्तिक २०८१ शुक्रबार
image/svg+xml

नागरिककर्मी ठाकुर सम्मानित

पत्रकारिताको माध्यमले समाजलाई उठाउन सहयोग गरेवापत मौलापुर नगरपालिकाले नागरिककर्मी मदन ठाकुरसहित चार संचारकर्मीलाई सम्मान गरेको छ।

प्रधानमन्त्रीको जन्मदिनमा क्रिकेटर सम्मानित

प्रधानमन्त्री केपी शर्मा ओलीका लागि शुक्रबारको दिन विशेष रहयो । खेलप्रेमी नेतृत्वका रुपमा आफूलाई स्थापित गरेका ओलीको शुक्रबार ६७औं जन्मदिन थियो ।खासगरी फुटबलमा विशेष चासो राख्ने प्रधानमन्त्री ओली पछिल्लो समय क्रिकेटसँग पनि नजिकिन थालेका छन् । चार दिनअघि विश्वकप छनोटलाई छानिएको नेपाली क्रिकेट टोलीलाईसम्मान गर्ने घोषणा गरेका ओलीले शुक्रबार टोलीका सबै सदस्यलाई जनही ३ लाख रुपैयाँसहित सम्मान गरेर जन्मदिन मनाए।

सरकारले आज नेपाली क्रिकेट टोलीलाई नगदसहित सम्मान गर्ने

सरकारले शुक्रबार (आज) विश्व क्रिकेट लिग डिभिजन २ मा छनोट हुदै उपविजेता बन्न सफल नेपाली क्रिकेट टोलीका सदस्यलाई नगदसहित सम्मान गर्ने भएको छ।

थापा र वैद्यलाई कृपा सम्मान

कृपा फाउन्डेसनले ‘कृपा संगीत रत्न सम्मान’ द्वारा वरिष्ठ गीतकार रत्नशमशेर थापा र वरिष्ठ गायक योगेश वैद्यलाई सम्मान गरेको छ । फाउन्डेसनका अध्यक्ष शिवकुमार लामिछाने, गायक प्रेमध्वज प्रधान, फाउन्डेसन संरक्षक बराह ज्वेलरी प्रमुख बिष्णुमाया लामिछाने, बराह ज्वेलरी धरान प्रमुख मानबहादुर विकले संयुक्त रूपमा दोसल्ला ओढाउँदै दुवैलाई सम्मान गरेका थिए।

जेष्ठ नागरिक सम्मानित

६८ औं प्रजातन्त्र दिवस एवम् नाइटिङ्गेल स्कुल कुपण्डोलको रजत जयन्तीका अवसरसमा सोमबार स्कुलले जेष्ठ नागरिकलाई सम्मान गरेको छ। विद्यालयको सामाजिक सेवा कार्यक्रमअन्तर्गत जेष्ठ नागरिकलाई सम्मान गरिएको प्रिन्सिपल रञ्जना प्रधानले जानकारी दिइन्।

खेलाडी सम्मानित

बनेपा नगरपालिका, मोर्डन कलेज र तेक्वान्दो (आइटिएफ) नेपालले शुक्रबार अन्तर्राष्ट्रिय पदकधारी खेलाडीहरुलाई सम्मान गरेको छ।

नागरिककर्मी घिमिरे सम्मानित

प्रथम मेयर कप क्रिक्रेट प्रतियोगितामा पत्रकारिता क्षेत्रमा महत्वपूर्ण योगदान पु¥याएबापत नागरिक दैनिकका संवाददाता निर्मल घिमिरे सम्मानित भएका छन् । गुलरियामा सञ्चालित प्रथम मेयर कपको शुक्रबार आयोजित समापनमा संवाददाता घिमिरे सम्मानित भएका हुन् ।

मैनाली सम्मानित

पत्रकार मोहन मैनाली विकास पत्रकारिता सम्मानबाट सम्मानित भएका छन् । विकास पत्रकार मञ्च (फोडेज)को दोस्रो वार्षिकोत्सवका अवसरमा बिहीबार एक कार्यक्रमबीच पत्रकार मैनालीलाई सम्मान गरिएको हो । उनलाई बरिष्ठ पत्रकार भारतदत्त कोइरालाले दोसल्ला ओढाएका थिए ।

सम्मान कार्यक्रममा हर्षित विश्वकै होचा खगेन्द्र (फोटो फिचर)

विश्वकै होचो व्यक्तिका रुपमा गिनिज बुकमा नाम लेखाउन सफल खगेन्द्र थापामगरलाई राजधानीमा सम्मान गरिएको छ।

लाङटाङ दूत सिलवाल सम्मानित

नेपाल पर्यटन व्यवसायी संघ (निट)ले लाङटाङ सद्भावना दूत अशोक सिलवाललाई सम्मान गरेको छ । निटले २५ हजार रुपैयाँ नगदसहित सिलवाललाई सम्मान गरेको हो। निटले बिहीबार राजधानीमा आयोजना गरेको एक कार्यक्रममा प्रधानमन्त्री शेरबहादुर देउवाले सिलवाललाई सम्मानपत्र र नगद राशि हस्तान्तरण गरेका थिए।

पदक जित्ने उसु खेलाडी सम्मानित

राष्ट्रियस्तरको उसु खेलमा पदक जित्ने म्याग्दीका चार खेलाडीलाई सम्मान गरिएको छ। जिल्ला उसु संघ म्याग्दीले सोमबार खेलकुद विकास समितिका एक कार्यक्रम गरी पश्चिमाञ्चल र राष्ट्रिय टोलीबाट सहभागी भई स्वर्ण र रजत पदक जित्ने खेलाडीलाई खादा, टीका लगाइदिनुका साथै र सम्मापत्रले सम्मान गरिएको हो।

साफा ‘बेस्ट प्रिजेन्टेड अवार्ड’बाट सम्मानित

दक्षिण एसियाली लेखा व्यवसायी महासंघले सन् २०१६ मा उत्कृष्ट वार्षिक प्रतिवेदन पेस गर्ने कम्पनीलाई विभिन्न पदकद्वारा सम्मान गरेको छ ।

कैलाश विकास बैंकलाई सम्मान

कैलाश विकास बैंकले उत्कृष्ट वार्षिक वित्तीय प्रतिवेदन सम्मान–२०१६ पुरस्कार पाएको छ । साउथ एसियन फेडेरेसन अफ अकाउन्टेस्ले बैंकलाई उक्त पुरस्कार दिएको हो ।

चेतन कार्की र कोमल वलीसहित ८ सम्मानित

एक लाख राशीको ११ औं बिजुलीमाया वनः श्रेष्ठ राष्ट्रिय सङ्गीत पुरस्कारबाट भाषा, संगीत, साहित्य, कला एवम् संस्कृतिविद् चेतन कार्की सम्मानित भएका छन्।

कोमल वलीसहित ८ सम्मानित

एक लाख राशीको ११ औं बिजुलीमायाँ वनः श्रेष्ठ राष्ट्रिय सङ्गीत पुरस्कारबाट भाषा, सङ्गीत, साहित्य, कला एवम् संस्कृतिविद चेतन कार्की सम्मानित भएका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्