१ कार्तिक २०८१ बिहीबार
image/svg+xml

बैरागी काइँलालाई साहित्य सम्मान

साहित्यकार तीलविक्रम नेम्बाङ ‘बैरागी काइँला’ लाई यस वर्षको विपी–साहित्य सम्मान पुरस्कार प्रदान गरिएको छ। मंगलबार जननायक विपी कोइराला स्मृति ट्रष्टले राजधानीमा आयोजना गरेको कार्यक्रममा उनलाई एक लाख रुपैयाँसहितको सो सम्मान प्रदान गरिएको थियो।

नागरिकर्मी दङ्गाल सम्मानित

चौतारामा आयोजित विशेष समारोहबीच खानेपानीमन्त्री बीना मगरले ६८ औं जिल्लाको रुपमा सिन्धुपाल्चोकलाई खुला दिसामूक्त घोषणा गरेकी थिइन्।

राष्ट्रकविलाई मदन–शीला सम्मान

राष्ट्रकवि माधवप्रसाद घिमिरेलाई यस वर्षको मदन शिला स्रष्टा सम्मान प्रदान गरिने भएको छ। बुधबार बसेको मदन शिला प्रतिष्ठानको बैठकले राष्ट्रकवि घिमिरेलाई एक लाख रुपैयाँसहित सो सम्मान प्रदान गर्ने निर्णय गरेको थियो।

हिमाल आरोही निम्सलाई सशस्त्रको सम्मान

सर्वोच्च शिखर सगरमाथासहित विश्वमा रहेका आठ हजार मिटर भन्दा बढी उचाईका १४ वटा हिमालमध्ये ११ वटा हिमालहरुको तीन महिनाभित्र सफल आरोहण गरिसकेका निर्मल पुर्जा ‘निम्स’लाई सशस्त्र प्रहरी बल, नेपालले सम्मान गरेको छ।

मोती जयन्तीमा सात स्रष्टा सम्मानित

मोती जयन्तीको अवसरमा भैरहवामा स्रष्टा सम्मान गरिएको छ। नेपाली आँशुकवि मोतीराम भट्टको १५४ औं जन्मजयन्तीको अवसरमा भैरहवामा ७ जना स्रष्टा सम्मानित गरिएको हो।

पद्मश्री साहित्य पुरस्कार 'छुटेका अनुहार'लाई, साधना सम्मान पन्तलाई

२०७५ सालको पद्मश्री साहित्य पुरस्कार निबन्धकार रमेश सायनको संस्मरण ‘छुटेका अनुहार’लाई प्रदान गरिएको छ। खेमलाल हरिकला लामिछाने समाज कल्याण प्रतिष्ठानले पद्मश्री साधना सम्मान इतिहासविद् तथा संस्कृतज्ञ डा. महेशराज पन्तलाई अर्पण गर्ने निर्णय गरेको छ।

प्रितम सम्मानित

भारतीय रियालिटी शो ‘सारेगमप लिटिल च्याम्पस् २०१९’ का उपविजेता प्रितम आचार्य सम्मानित भएका छन्। सोमबार सुन्धारास्थित सिभिल मलले आयोजना गरेको कार्यक्रममा सिभिल मल व्यापार संघ र सिभिल मलमा रहेका विभिन्न स्टोरहरूले उनलाई सम्मान गर्दै उपहार प्रदान गरेका थिए।

सम्मानित हुँदै जनगायक शर्माले भनेः कलाकारले झुटको खेती गर्न हुँदैन

जनगायक जीवन शर्मालाई तनहुँमा सम्मान गरिएको छ। शनिबार प्रगतिशील लेखक संघ तनहुँले दमौलीमा आयोजना गरेको कार्यक्रममा शर्मालाई सम्मान गरिएको हो।

नागरिककर्मी चामलिङ सम्मानित

आदिबासी जनजाति पत्रकार महासंघ (फोनिज) प्रदेश १ महाधिवेशन उद्घाटनका अवसरमा नागरिककर्मी चामलिङलगायत विभिन्न जिल्लाका सातजनालाई सम्मान गरिएको हो।

दीक्षितको अन्त्येष्टीमा राष्ट्रिय सम्मान (भिडियाे)

वरिष्ठ पत्रकार एवं साहित्यकार स्वर्गीय मदनमणि दीक्षितको पशुपति आर्यघाटमा राष्ट्रिय सम्मानका साथ अन्त्येष्टी गरिएको छ।

दुई कलाकारलाई सम्मान

यस वर्षको आधुनिक कला सम्मान कलाकारहरू चिनीकाजी ताम्राकार र टेकवीर मुखियालाई प्रदान गरिने भएको छ। बिहीबार सोसाइटी अफ मोडर्न आर्टिष्ट (सोमा) ले प्रेस विज्ञप्तिमार्फत दुई कलाकारहरूलाई लैनसिंह वाङ्देलको स्मृतिमा स्थापना गरिएको ‘आधुनिक कला सम्मान–२०७६’ प्रदान गर्न लागेको जानकारी गराएको थियो।

सविना र गोविन्द सम्मानित

नेपाल अन्तर्राष्ट्रिय तेक्वान्दो महासंघले वर्षको उत्कृष्ट खेलाडीका रूपमा सविना श्रेष्ठ र गोविन्द खत्रीलाई सम्मानित गरेको छ।ललितपुरको मानभवनस्थित ललित पार्टी भेन्युमा महासंघले आफ्नो २२औं वार्षिकोत्सवको अवसरमा सशस्त्र प्रहरी बल (एपिएफ) का खेलाडी खत्री र गुल्मीकी सबिना श्रेष्ठलाई समान ३३ हजार रुपैयाँ नगद पुरस्कारसहित वर्षखेलाडी २०७५ बाट सम्मानित गरिएको थियो। खेलाडीसँगै समान १ प्रशिक्षक, जिल्ला संघ र इन्स्ट्रक्टरलाई सम्मान गरिएको नेपाल अन्तर्राष्ट्रिय तेक्वान्दो महासंघ अध्यक्ष अञ्जन धमलाले बताए।

क्यानभासमा नारी शक्तिको सम्मान

वर्षासँगै नेपालका अधिकांश क्षेत्रका कृषकहरूलाई धान रोख्ने चटारो सुरू भएको छ। ‘मुठी रोपेर मुरी उब्जाउने’ भनाईलाई अनुसार कृषकहरूका खेतमा हलगोरु जोत्न र बाउसे तथा रोपारहरू आत्मीय भएर धान रोपाइँ गर्न व्यस्त देखिने परिवेशको बयान पुल्चोकस्थित फ्रान्सेली कला प्रदर्शनीको भित्ताहरूमा झुन्डाइएका चित्रकलाले गरेका छन्।

पत्रकार, खेलाडी र प्रशिक्षकसहित ५० जना सम्मानित

खेलकुद क्षेत्रमा महत्व योगदान पुर्याउने दुई पत्रकारसहित खेलाडी र प्रशिक्षकलाई सम्मान गरिएको छ। युवा तथा खेलकुद मन्त्रालयले बुधबार पत्रकार कान्तिपुर टेलिभिजनका प्रदिप लेखी र राजधानी दैनिकका रामशुधन तिमल्सिनालाई सम्मान गरेको हो । सिहंदरबारमा आयोजित कार्यक्रममा युवा तथा खेलकुद मन्त्री जगतबहादुर विश्वकर्माले पत्रकार लेखी र तिमल्सिनासहित ५० जनालाई नगदसहित सम्मान गरे।

साहित्यिक स्रष्टा सम्मानित

आख्यानकार डा.ध्रुवचन्द्र गौतमले आफ्ना आमाबाबुका नाममा स्थापना गरेको दीप–गोविन्द स्मृति सम्मान कोषले गद्य लेखन र समालोचनामा सक्रिय स्रष्टाहरुलाई सम्मान गरेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्