२० आश्विन २०८१ आइतबार
image/svg+xml

नेपाली उपभोक्तामा युरोपेली ब्रान्डको प्रभाव

लामो समयदेखि कपडा व्यवसायमा संलग्न रुपेश पाण्डेले पछिल्लो समय ब्रान्डेड कपडा ल्याएर बिक्री गर्दै आएका छन् । उनले काठमाडौं, ललितपुर, काभ्रेमा २३ अन्तर्राष्ट्रिय ब्रान्डेड कपडाका ३४ आउटलेट सञ्चालन गरेका छन् ।

युरोपेली संघ र बेलायतबीच नयाँ सम्झौता

बेलायत र युरोपेली संघको वार्ता टोलीबीच बेल्जियमको राजधानी ब्रसेल्समा हुन लागेको बैठकअघि युरोपेली संघबाट बेलायतको बहिर्गमनको विषयमा सहमति भएको हो।

युरोपेली संघ प्रमुखसँग भेट्दै बेलायती प्रधानमन्त्री

स्कटल्यान्डको अदालतका न्यायाधीशले संसद् निलम्बन गर्न बेलायती प्रधानमन्त्री जोनसनले महारानी एलिजाबेथलाई दिएको सल्लाह गलत भएको धारणा सार्वजनिक गरिसकेका छन् ।

जर्मनीको सम्भावना बलियो

नर्दन आयरल्यान्डमाथि २–० को जितसँगै जर्मनीले सोमबार युरोपेली छनोट २०२० मा प्रवेश गर्ने सम्भावना बलियो पारेको छ। समूह ‘सी’ अन्तर्गतको खेलमा शीर्ष स्थानमा नर्दन आयरल्यान्डमाथि जित हात पारेसँगै जर्मनी शीर्ष स्थानमा समेत फर्किएको छ। यसअघि गत साता सम्पन्न खेलमा जर्मनी नेदरल्यान्ड्ससँग ४–२ ले पराजित भएको थियो।

समयअगावै निर्वाचन गर्ने प्रधानमन्त्रीको प्रस्ताव अस्वीकृत

बेलायतमा समयअगावै आमनिर्वाचन गराउने प्रधानमन्त्री बोरिस जोनसनको प्रस्ताव अस्वीकृत भएको छ। सांसदहरुले सहमतिबिनाको युरोपेली संघबाट बेलायतको बहिर्गमन (ब्रेक्जिट) रोक्न सक्ने विधेयक पारित गरेपछि प्रधानमन्त्री जोनसनले संसद्मा आमनिर्वाचनसम्बन्धी प्रस्ताव पेश गरेका थिए। प्रधानमन्त्री जोनसनले आउँदो अक्टोबर १५ तारिखमा आमनिर्वाचन गराउने प्रस्ताव गरेका थिए।

ब्रेक्जिटबारे जनसन र म्याक्रोंबीच कुराकानी

म्याक्राेंले बेलायती प्रधानमन्त्रीसँगको भेटमा बेलायतको इयूबाट हुने बहिर्गमनका लागि अबको एक महिना ‘उपयोगी’ वार्ता गर्न आग्रह गरेका थिए

युरोपेली युनियन छोड्न प्रतिबद्ध छौं : प्रधानमन्त्री जोन्सन

बेलायतका नवनियुक्त प्रधानमन्त्री बोरिस जोन्सनले बिहीबार मन्त्रिपरिषद्को पहिलो बैठकमा युरोपेली संघबाट बेलायतको बहिर्गमन (ब्रेक्जिट) समेतका विषयमा छलफल गरिने बताएका छन्।

युरोपेली आयोगको अध्यक्षमा उर्सुला

जर्मनीका रक्षामन्त्री उर्सुला भन डर लियन युरोपेली आयोगको अध्यक्षमा निर्वाचित भएकी छन्। आयोगको अध्यक्षका लागि मंगलबार भएको मतदानमा उनी झिनो बहुमतका आधारमा निर्वाचित भएकी हुन्। जितसँगै ६० वर्षीया उर्सुला ब्रसेल्समा मुख्यालय रहेको युरोपेली आयोगको सर्वोच्च पदमा पुग्ने पहिलो महिला बनेकी छन्। युरोपेली संघमा आबद्ध २८ मुलुकका सरकार प्रमुखहरुले उनलाई समर्थन जनाएका थिए।

प्रधानमन्त्री मेको विधेयक रोकियो

युरोपेली संघबाट बाहिरिनेबारे बेलायती प्रधानमन्त्री थेरेसा मेले ल्याउन लागेको ब्रेक्जिट फिर्ता विधेयक जुन महिनाको सुरुवातसम्म प्रकाशन नहुने वा त्यसमा छलफल नहुने सरकारले बताएको छ।

‘फाइभ जी’ सेवाबारे हतारमा निर्णय नलिन अमेरिकाको आग्रह

संयुक्त राज्य अमेरिकाले युरोपेली संघअन्तर्गतका सदस्य राष्ट्रलाई चीनको ‘फाइभ जी’ सेवाबारे हतारमा निर्णय नलिन आग्रह गरेको छ।

युरोपेली संघले शर्तसहित ब्रेक्जिटका लागि समय दिने

युरोपेली संघबाट बेलायतको बहिर्गमन (ब्रेक्जिट) का लागि युरोपेली संघका नेताहरुले बेलायती प्रधानमन्त्री थेरेसा मेलाई दोस्रो पटक पनि समय दिने भएका छन्। ब्रेक्जिटबारे बेलायती संसद्मा सहमति जुट्न नसकेपछि प्रधानमन्त्री मेले युरोपेली संघलाई थप समय दिन आग्रह गरेबमोजिम स्थानीय समयअनुसार बुधबार साँझ पेरिसमा हुने आपतकाली शिखर बैठकपछि थप समय दिनेबार सहमति हुने बताइएको छ। बेलायती आग्रहलाई यसपटक भने युरोपेली संघले शर्तसहित मान्ने बताइएको छ। युरोपेली संघले बेलायती प्रधानमन्त्री मेसँग ब्रेक्जिटबारे कति समय र के के विषय हुन्छन् भनेर माग गर्ने बताइएको छ।

प्रक्रिया ढिला गर्न प्रधानमन्त्री मेलाई सांसदको दबाब

युरोपेली संघबाट बेलायतको बहिर्गमन (ब्रेक्जिट) प्रक्रियालाई ढिला गर्न प्रधानमन्त्री थेरेसा मेलाई बाध्य बनाउने खालको कानुन पारित गर्न बेलायती सांसदको एउटा समूहले प्रयास गर्ने भएको छ। अप्रिल १२ अघि कुनै सम्झौताबिनाको बहिर्गमन हुनसक्ने भन्दै चौतर्फी बहस चलिरहेका बेला बेलायती सांसदको एउटा समूहले प्रक्रिया ढिला गर्नेबारेको कानुन पारित गर्न प्रयास गर्न लागेको मंगलबार जानकारी दिएको छ।

ब्रेक्जिट प्रस्ताव तेस्रो पटक अस्वीकृत

युरोपेली संघ (इयू)बाट बेलायतको बर्हिगमन (ब्रेक्जिट)बारे प्रधानमन्त्री थेरेसा मेले अघि सारेको प्रस्ताव तेस्रो पटक पनि अस्वीकृत भएको छ। बेलायती संसद् हाउस अफ कमन्समा शुक्रबार अपराह्न भएको मतदानमा प्रधानमन्त्री मेको प्रस्ताव तेस्रो पटक अस्वीकृत भएको हो।

विकल्प रोज्न संसदमा मतदान

युरोपेली संघ (इयू)बाट बेलायतको बहिर्गमन ‘ब्रेक्जिट’ प्रक्रियालाई निकास दिनेबारे सोमबार बेलायतको तल्लो सदन ‘हाउस अफ कमन्स’मा मतदान भएको छ। ब्रेक्जिट प्रक्रियाको नियन्त्रण सदनको मातहत रहनेगरी सो मतदान भएको बिबिसीले उल्लेख गरेको छ।

ब्रेक्जिट प्रक्रिया तीन महिना लम्ब्याउन बेलायती प्रमको प्रस्ताव

युरोपेली संघबाट बेलायतको बहिर्गमन (ब्रेक्जिट)लाई तीन महिना ढिला गर्न प्रधानमन्त्री थेरेसा मेले बुधबार आग्रह गरेकी छन्। युरोपेली संघबाट बाहिरिनेबारे प्रधानमन्त्री मेले गरेको प्रस्ताव बेलायती संसद्बाट अस्वीकृत भएपछि उनले ब्रेक्जिटलाई तीन महिना लम्ब्याउन आग्रह गरेको समाचार एजेन्सी रोयटर्सले उल्लेख गरेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्